© २०२३
बाथरुम, सेनेटरी तथा भान्छा(किचेन) मा प्रयोग हुने सामग्रीको उत्पादन गर्दै आएको अन्तर्राष्ट्रिय ब्राण्ड वेनकार्डोको बिक्री कक्ष भैरहवामा सञ्चालनमा आएको छ ।
वालिङ्ग चैतन्य सप्लायर्स सिद्धार्थनगर –९ ले वेनकार्डो कम्पनिबाट उत्पादित बाथरुम तथा किचेनका सामग्रीहरुको बिक्री बितरणको जिम्मेवारी लिएको छ ।
वालिङ्ग चैतन्यले भैरहवामा ब्यवस्थित बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । नारायणगढ पश्चिम वेनकार्डोको सामान बिक्री हुने यो नै एकमात्र बिक्री कक्ष रहेको वालिङ्ग चैतन्यका प्रबन्ध निर्देशक कृष्ण अर्यालले जानकारी दिए । वेनकार्डो चिनिया कम्पनि हो । अहिले यसको हंगकंग र भारतमा समेत प्लान्ट रहेका छन् । बाथरुम, किचेन सामग्री संगै टायल मार्बल समेत वेनकार्डोले उपलब्ध गराउदै आएको छ । बिश्वस्तरका गुणस्तरीय सामान उत्पादन गर्दै आएको यो कम्पनिका सामान नेपाल भित्रिएको ५ बर्ष अघि हो । गुणस्तरीय, अन्य भन्दा बढी टिक्ने र लामो समय सम्म वारेन्टी र ग्यारेन्टीको ब्यबस्था रहेकाले उपभोक्ताहरुको रोजाई बन्दै गएको र भैरहवा तथा पश्चिम क्षेत्रका उपभोक्ताले समेत वेनकार्डोका सामान मन पराउने प्रबन्ध निर्देशक अर्यालले बताए । वेनकार्डोका बाथरुम सामानमा बाथटब, सिसाको सावर रुम, कमोट, वेसिन, पेडस्टल वेसिन, वाल हंग वेसिन, बिभिन्न किसीमका धारा रहेका छन् । अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाएको कम्पनि भएकाले सामानहरु पनि गुणस्तरीय र बढी टिकाउ हुने खालका मात्र नभई यसको मुल्य पनि नेपालमा बिक्री हुदै आएका अन्य कम्पनिका बाथरुम सेनेटरी भन्दा कमनै रहेको अर्यालले जानकारी दिए । बाथरुम तथा भान्छाका धाराहरु भाचिए या टुटेफुटे), वेसिनहरु प्रयोग गर्ने क्रममा चर्किएको देखिएमा ७ बर्ष सम्म रिप्लेसमेन्ट (निशुल्क अर्को परिबर्तन गदिर्ने), किचनको सिन्क बिग्रीएमा २५ बर्ष सम्म रिप्लेसमेन्ट हुने लगायतका धेरै सुबिधा कम्पनिले उपलब्ध गराएको र उपभोक्तको गुणस्तरीय सामान प्रयोग गर्न पाउन भनि आफुहरु सदैब सचेत रहेको वेनकार्डोको पश्चिम क्षेत्र प्रतिनिधी किरण ज्ञवालीले बताए ।वेनकार्डोका सामानको बजार मुल्यहरुमा किचन सिन्क १५ सय देखि १५ हजार सम्मका, बाथरुम सिसा सावरको ८० हजार सम्म, धाराहरुको ४ सय देखि ३५ हजार सम्मका रहेका छन् । वालिङ्ग चैतन्य सप्लायर्सले वेनकार्डो बिक्री कक्ष सञ्चालनको अबसर तथा नजिकिदै आएको पर्ब दशै, तिहार र छठपर्बको अबसरमा वेनकार्डोका हरेक सामान खरिदमा १० प्रतिशत छुटको ब्यबस्था गरेको प्रबन्ध निर्देशक कृष्ण अर्यालले बताए ।