© २०२३
सोमबारका लागी निर्धारित कपिलवस्तु निर्माण व्यवसायी संघको पाँचौ शाखा अधिबेशनमा अध्यक्ष पदमा दुई जनाले उम्मेदबारी दिएका छन । आगामी अध्यक्षका लागी हालका अध्यक्ष चन्द्रशेखर श्रेष्ठ र महासचिव गुन्जन कुमार गुप्ताले प्यानल सहितको उम्मेदबारी दर्ता गराएका हुन । प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद खनाल र सुनिल कुमार गुप्ता, द्वितिय उपाध्यक्षमा नारायण प्रसाद अर्याल र अच्युत अर्याल तथा महासचिव पदमा सरोज अर्याल र आजाद अहमद दर्जीले उम्मेदवारी दिएका छन ।
संघको सचिवमा अनन्त कुमार खड्का र रितेश बहादुर थापा, कोषाध्यक्षप दमा अजय शर्मा, अशोक कुमार गुप्त र मन्दिप सिंह तथा सह कोषाध्यक्षमा नगेन्द्र सिंह र सर्वेश कुमार पाण्डेय उम्मेदबार बनेका हुन । ६ सदस्य पदका लागी दुबै प्यानलका शुनिल कुमार शुक्ला, चेतनारायण भण्डारी, रमेश कुमार मिश्रा, मो. युनिस फकिर, गम्मा रैदास, धर्मेन्द्र कुमार शुक्ला, प्रमोद पोख्रेल, अर्जुन अधिकारी, कमल टण्डन, अब्दुल गफ्फार दर्जी र मो. ईरफान रजा मुसलमानले उम्मेदबारी दिएका छन् । महिला सदस्य पदमा उकल उम्मेदबारी दिएकी नालिन गौतम भुसाल निर्विरोध निर्वाचित भएको निर्वाचन समिती संयोजक अधिवक्ता अमित कुमार श्रीवास्तबले जानकारी दिए । संघको निर्वाचनमा कुल १ सय ६२ निर्माण व्यवसायीहरू मतदाता रहेका छन ।