© २०२३
लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीले शनिबार चित्रकला तथा मूर्तिकला प्रदर्शनी–२०७५ एवम् कार्यपत्र प्रस्तुत तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा रूपन्देही र यस क्षेत्र आसपासमा रहेर चित्रकला र मूर्तिकलामा लामो समयदेखि लागिरहेका २४ जना चित्रकार र मूर्तिकारहरूका सिर्जनाहरू प्रदर्शन गरिएको थियो भने वरिष्ठ कलाकार मन गोल्डीले रूपन्देही क्षेत्रमा कलाको विकास र कलाकारहरूको सङ्क्षिप्त विवरण विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा वाङ्मयका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कला क्षेत्रको विकास, संरक्षण र संवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको बताए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा वरिष्ठ कलाकार नर्बु लामा, ऋषि आजाद, कलाधर अर्याल, राजेन्द्रकुमार आचार्य, दीपक ज्ञवाली, कृष्ण प्रसाद कोइराला, नारद गौतम, सुन्दर वासी, कविराज पौडेल, गङ्गा अभिलाषी लगायतले वोलेका थिए । कार्यक्रममा २४ जना चित्रकार तथा मूर्तिकारहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । मूर्तिकार यमबहादुर थापाले मूर्तिकला र सुमित्रा रानाले चित्रकलाको संयोजकको रूपमा भूमिका निर्वाह गरेका थिए ।