© २०२३
साधना सांस्कृतिक कला केन्द्र बुटवलको आयोजनामा भएको मिस तीज अफ स्कुल–२०१८’ उपाधि ३ जनाले जीतेका छन् । उमेरअनुसार तीन तहमा सम्पन्न प्रतियोगितामा मिनि प्रतियोगीतर्फको उपाधि एरिका गुरुङ, लिटिलतर्फ प्रमिशा खत्री र टिनतर्फको अस्मिता थापाले जितेका छन् । उपाधिसँगै उनीहरूले नगद ३५ हजार,अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।
त्यसैगरी मिनि प्रतियोगीतर्फ सुभेच्छा गौतम, लिटिलतर्फ आयुशी श्रेष्ठ र टिनतर्फ प्रियंका थापा फ्रस्ट रनरको उपाधि प्राप्त गरे भने भने क्रमशः ओशिन श्रेष्ठ, लविषा गुरुङ र एलिना शाहीले सेकण्ड रनर अपको उपाधि प्राप्त गरेका छन् । फ्रस्ट रनर अप र सेकण्ड रनर अपहरूले क्रमशः नगद २० हजार र १० हजारका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त प्रतियोगिताकी संयोजक प्रियंका थापाले जानकारी गराइन् ।
शुक्रबार सम्पन्न प्रतियेगिताको ग्राण्ड फिनाले कलाकेन्द्रका प्रमुख अनु रजकको अध्यक्षता र सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष अनु रजकले छात्रा विद्यार्थीहरूलाई नारीहरूको महान पर्व हरितालिका तीजको विशेषता र महŒवबारे जानकारी गराउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेकोे बताए ।
त्यसैगरी प्रमुख अतिथि रानाले महिलाहरूको महŒवपूर्ण पर्वले अधिकारसँगै समानताका लागि महŒवपूर्ण भूमिका खेल्ने बताउँदै सभ्य र संस्कृतियुक्त तवर मनाउन प्रेरित गर्ने कार्यक्रम गर्नुपर्ने बताइन् । प्रतियोगितामा ४ वर्षदेखि १६ वर्षसम्मका १२ विद्यालयका ३५ जना छात्राहरूको सहभागिता रहेको थियो । प्रतियोगीहरूलाई प्रतियोगिता अवधीमा प्रशिक्षक अनुप सक्सेनाले प्रशिक्षण गरेका थिए । पूर्व मिस नेपाल उषा खड्गीले प्रमुख निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् भने यम पुन, सुन्दर गुरुङ, भगवती पाण्डे, विकास श्रेष्ठ र राजन अधिकारी निर्णायक रहेका थिए ।