© २०२३
क्वालीटि नुडल्स ईण्डष्ट्रिज प्रा.ली.ले “ रोमियो” र “ज्याकपट”चाउचार बजारमा ल्याएको छ । “रोमियो” ७० ग्राम उपभोक्ता मूल्य प्रतिपिस १५ रुपैयाँ र “ज्याकपट” ५५ ग्राम उपभोक्ता मूल्य रु. १० तोकिएको छ । ‘आवश्यक पर्ने सम्पूर्ण ¥यापरहरु हामी आफै प्रिण्ट गर्दछौं । सम्भवतः कुनै पनि नूडल्सको ¥यापरको नेपालमा नै प्रिण्ट गरिने यो नै पहिलो हो ।’ प्रालिका संचालक श्याम काबराले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
३३ वर्ष अघि बिस्कुट फेक्ट्रीबाट सुरुवात गरेकोमा प्रालि थिन आरारोट, गाई छाप ग्लुकोज बिस्कुट जस्ता बिस्कुटहरु उत्पादन गरी सञ्चालन गरिएको फ्याक्ट्री समय सापेक्षित क्रमसः टेस्टी टेस्टी, बनबन, बटर क्रेकर, मर्निङ टच, डाइजेस्टिभ जस्ता उच्चस्तरीय बिस्कुट ल्याई कम्पनीलाई स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ । प्रालिले चकलेट, वेफर्स र स्न्याक्सहरु बजारमा ल्याएको छ । त्यसमध्ये चोकोकिड्स, डबल डक र हट्के झट्केजस्ता उत्पादनहरु उपभोक्ताहरुले रुचाएका ब्राण्डहरु हुन् ।
यस काबरा ग्रुपले देखेको एउटा सपना थियो– क्वालिटी नूडल्स । जुन आज आएर साकार भएको छ । प्रालिले सम्पूर्ण उपभोक्ता, थोक तथा खुद्रा व्यापारी, डिलर तथा सम्पूर्ण शुभचिन्तकहरुमा आभार प्रकट गरेको छ ।
चाउचाउको मरमसला नेपाल लगायत सिङ्गापुर तथा भारतबाट आयात गरिने बताइएको छ । उद्योगमा दक्ष– अर्धदक्ष गरी करिब तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।