© २०२३
रामग्राम नगरपालिकाले अत्याधिक वृद्धि गरेको करको विरुद्धमा गठित संघर्ष समितिले किसान माथि लगाईएको करखारेजी रभ्रष्टाचारको छानविनको माग गर्दै नगरपालिका कार्यालयमा प्रदर्शन गरेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसारसंघर्ष समितिको आह्वानमा प्रदर्शन गरिएको हो ।सोमवारनै संघर्ष समितिले आयोजना गरेको सर्वपक्षिय अन्तरकृया कार्यक्रममा बोल्ने बतmाहरूले समान्य तरिकाले ज्ञापनपत्र दिईने, चेतावनी पत्र दिदा पनि नगरपालिकाले वेवास्ता गरेको हुदा प्रदर्शन गर्ने सुझाव दिएका थिए । जनताले नै निर्वाचित गरेको जनप्रतिनिधि अहंकारबस जनताको आवाजलाई दबाउने कार्य गरेको आरोप लगाउदै बुधवारनगरपािलकाका विभिन्न वडाबाट आएका जनता रराजनीतिक दलका कार्यकर्ताद्धारा परासीको सिनेमा हल चोकबाट बुद्धचोक हुँदै नगरपालिका कार्यालय पुगेरनगरपालिकाको कार्यालय भित्र प्रदर्शन गरेका थिए । कार्यालय अगाडी पुगेको भिडलाई प्रहरीले कार्यालयको ढोकामा छेकेको थियो । प्रहरीले छेकेपछि सोही स्थानमा कोणसभा गरेका थिए ।
नगरपालिकाका मेयरनरेन्द्र कुमारगुप्ता लगायत जनप्रतिनिधिले जनता माथि करथुपारेरआफू करोडको गाडी खरिद गर्ने, विलासीता सुविधा प्रयोग गर्ने रवार्ड सदस्यलाई समेत तलबसुविधा बाँडेको विरोध गरेका थिए । सरकारी गाडीलाई रातो प्लेट लेखाएरआफ्नो निजी बाहन जस्तो उपयोग गर्दै आएको ति गाडी तत्काल सेतो प्लेट लगाउन चेतावनी दिएका थिए । उतm कार्य नगरिए गाडी नियन्त्रणमा लिइने समेत चेताएका थिए । जनतालाई चाईनासंग फण्ड ल्याउने भ्रम छर्दै नगरपालिकाको कोषबाट खर्च गर्दै पर्यटक भएरचिन भ्रमण गर्ने कार्यको पनि निन्दा गरिएको थिए । करघटाइएको भ्रम छर्ने तरकरअसुली अहिले पनि भई रहेको प्रति आक्रोस पोखेका थिए ।
जनता रकिसानबाट करउठाउने रमोजमस्तीमा लाग्ने हुँदा त्यसको भण्डाफोरगर्ने गरिजनप्रदर्शन गरिएको संघर्ष समितिका संयोजक अमिरुल्लाह मियाले बताए । अब जनताको आँखामा धुलो हालेरजनतालाई गुमराह गर्दै आएका जनप्रतिनिधिहरूलाई जनताको बिचमा नाँगो पार्नुको विकल्प नभएको उनले चेतावनी दिए । बेलामा आफ्नो कार्यशैलीमा सुधारनल्याए कार्यालय बाहिरगरिने छ, उनले भने, अहिले हामीले प्रदर्शन गर्दै सुध्रिने मौका दिएका छौ । एक बर्षसम्म केही बोलेनौ, उनले थपे, तरअब मेयरगुप्ता सहित जनप्रतिनिधिको कुकृत्य असह्य हुदै गयो, त्यो भएरविरोधमा उत्रिएको उनले बताएका थिए । पहिला समान्य रूपमा ज्ञापनपत्र बुझाएरकिसान माथि लगाइएको करफिर्ता गर्न रब्यवसायी माथि लगाइएको अत्याधिक करघटाउनका लागि प्रजिअ रजिससलाई समेत ज्ञापनपत्र बुझाएका थियो । तरत्यस प्रति वेवास्ता गरिए पछि बाध्य भएरप्रदर्शन गर्न परेको समितिका सह समयोजक रामाज्ञा पाण्डेले जनाए ।
कोणसभामा नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय,संघिय समाजबादी फोरमका केन्द्रिय सदस्य मुन्ना गुप्ता,राप्रपाका जिल्ला प्रवतmा सन्तोष पाण्डे,पुर्व सभासद चिनक कुर्मी लगायतका नेताहरूले कोणसभामा बोल्दै करवृद्धिको विरोध गरेका थिए ।