ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

उत्खननको अखडा बन्यो खजुरा खोला

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

नवलपरासी, २ फागुन ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलामा नदीजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासी हुँदै आएको छ ।

हरेक बर्ष खजुरा खोलाको नदीजन्य पदार्थमाथि चोरी निकासी गर्नेहरुको राईँदाईँ नै चल्ने गरेको छ । दिनहुँजसो उत्खननमा संलग्न ट्याक्टरहरु नगरपालिकाले नियन्त्रणमा लिदै आएको छ । यद्यपि प्रहरी प्रशासन र स्थानीय तहको आँखा छलेर रातारात अवैध उत्खनन् र डम्पिङ हुने गरेको छ । दिनदहाडै समेत चोरी निकासीमा संलग्न साधनहरु समातिने गरेका छन् ।

अहिले अनाधिकृत रुपमा डम्पिङ गरी राखिएका नदीजन्य पदार्थलाई नगरपालिकाले जफत अभियान नै चलाएको छ ।

नगरपालिकाले अवैध रुपमा डम्प गरी राखिएको १ सय ३ टिप टेक्टर, २ हाईवा र २४ टिप्पर ढुङ्गा जफत गरेको छ भने १ सय ९७ ट्रिप टेक्टर, ६ टिप्पर मिस्कट जफत गरिएको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिए । यद्यपि घनमिटरमा आधिकारिक स्टक प्रमाणित आइतवार मात्रै हुने नगरपालिकाले जनाएको छ ।

बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा खोला ठेक्का लगाएपनि आईईई प्रतिबेदनमा वन क्षेत्र देखिएकाले अन्तिम अवस्थामा नगरपालिकाले ठेक्का रद्ध गरेको थियो । वनले सहमति नदिएपछि ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ ।
ठेक्का लाग्न नसक्दा अवैध उत्खनन र चोरी निकासीले खजुरामा नदीजन्य पदार्थ नै रित्तिएको छ । बर्दघाट नगरापालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी प्रशासन र नगरप्रहरी अहोरात्र खटाईएको र अवैध डम्पिङ नियन्त्रणमा लिइएको जानकारी दिए ।

“ठेक्का पनि लागेन, खोला पनि रहेन भने जस्तो छ, प्रहरी प्रशासन नगर प्रहरी खटाएकै छौं, चौबीसै घण्टा खोलामै कुर्न पनि सम्भव भएन सक्दो नियन्त्रण गरेका छौ”–श्रेष्ठले भने ।

डम्पिङ जफत गरिएका नदीजन्य पदार्थको खरिद बिल, स्टक बिल समेत नरहेकाले वैधता नदेखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए । नगरपालिकाले ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना बापतको राजश्व काटेर मात्रै पठाउने गर्दछ । प्रहरीले ट्याक्टर समाएबापत जरिवानाको कुल रकमको भ्याट कटाएर २५ प्रतिशत प्रोत्साहन रकम दिइने गरिएको अधिकृत खनालले जानकारी दिए ।

दिनदहाडै खजुरा खोलामा चोरी निकासी हुँदा प्रहरी प्रशासन र सरोकारवाला निकायको भूमिकाप्रति स्थानीयले आशङ्का ब्यक्त गर्न थालेका छ्न । यता प्रहरी प्रशासन या स्थानीय तहले ट्याक्टर नियन्त्रणमा लिएपनि राजनीतिक नेतृत्वबाट वा अन्य विभिन्न तहबाट समेत दबाब हुने गरेको आम नागरिकले सजिलै आंकलन गर्ने गरेका छ्न् ।

केही समयअघि मात्रै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले खजुरा खोलाको स्थलगत अवलोकन गरेका थिए । स्थलगत अवलोकनका क्रममा नदीजन्य पदार्थको ठुलै परिमाणमा चोरी निकासी भएको देखिएको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव “रुदल” ले बताए ।

“जताततै नदीजन्य पदार्थ चोरी हुने गरेको छ तर अर्को कुरा राज्यको नीति पनि स्पष्ट छैन।बन क्षेत्र पर्यो भनेर चुरेले सहमति दिंदैन अनि ठेक्का लाग्दैन, ठेक्का नलाग्दा व्यापक चोरी हुन्छ, अनि के अर्थयता मिस्कट ढुङ्गा गिटी बालुवाको अभावमा बिकास निर्माणका काम गर्न पनि कठिनाई छ, राज्यले एउटा मापदण्ड बनाउन जरुरी छ”–प्रमुख यादवले भने । स्थानीय खोला नाला विविध कारणले ठेक्का लाउन नपाइने अर्कातिर कुनै पूर्वाधारको काम गर्नु पर्दा कच्चा पदार्थ कहाँबाट ल्याउने भन्ने अवस्था देखिएको जिसस प्रमुख यादवको भनाइ छ ।

बर्दघाट नगरपालिकाको वडा नम्बर ५, १४ र १६ नम्बर वडाबाट चोरीनिकासी हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि पनि अवैध डम्पिङ पटक पटक जफत गर्दै आएको छ तर चोरी निकासी नियन्त्रण भने हुन सकेको छैन । प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायले नियन्त्रणको जिम्मेवारी सम्बन्धित पालिकाको मात्रै हुने बताइरहँदा सबै निकायको समन्वय बिना एक्लै पालिकाले मात्रै कति नियन्त्रण र संरक्षण गर्न सक्छ भन्नेमा प्रश्न चिन्ह खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?