ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

खेतबारीमा माटोको उत्पादकत्व घट्दो

२४ माघ २०८१, बिहीबार
२४ माघ २०८१, बिहीबार

बुटवल, २४ माघ ।
जग्गाको माटो परिक्षण गर्दा प्रांगारिक पदार्थ कम र क्षारियपना बढ्दो क्रम देखिएको छ । बुटवल र आसपासका क्षेत्रमा व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा क्षारियपन अधिक र प्रांगारिक पदार्थको मात्रा न्यून भएको पाइएको हो । माटोमा अर्गानिक मलको प्रयोग अति कम, नाइट्रोजन कम, फसफोरस बढी र पोटास मध्ययम रहेको माटो तथा मल परिक्षण प्रयोशाला खजुरा, बाँकेले जनाएको छ ।बुटवलका अधिकांस नमुनामा माटोमा प्रांगारिक पदार्थको कमी देखिएको बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जि.सी.को भनाइ छ । अधिकृत जि.सी.का अनुसार अधिकांस नमुनामा प्रांगारिक पदार्थको मात्रा कम छ, माटो सुधार गर्न प्रांगारिक पदार्थ बढाउन जरुरी रहेको छ । अधिकृत जि.सी.ले भने—माटोमा प्रांगारिक पदार्थको मात्रा बृद्धि गर्नको लागि एकीकृत कृषि पद्दतिमा जोड दिनु आवश्यक छ ।

बुटवल उधोग वाणिज्य संघको आयोजनामा संचालन भएको बुटवल औधोगिक मेला २०८१ मा मिति २०८१।९।५,६ र ७ गते बुटवल उपमहानगरको समन्वय र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेको सहजिकरणमा उक्त मेलामा ३ दिन निःशुल्क माटो जाँच शिविर संचालन भएको थियोे । उक्त अबधिभर जम्मा २१९ वटा माटोको नमुना जाँच भएका मध्ये नगर क्षेत्र भित्रका २१२ वटा माटोको नमुना जाँच भएको थियो । माटो परिक्षणका क्रममा माटोमा क्षारीयपन बढ्दो, पोटास मध्ययम, फस्फोरस बढी, नाईट्रोजनको मात्रा कम पाईएको अधिकृत जि.सी.ले बताए । जि.सी.ले भने—घर घरमा गोठेमल, कम्पोष्ट मल बनाउनुका साथै पशुमूत्र सकंलन,घरायसि कुहिने फोहरको उचित व्यवस्थापन गरी कम्पोष्टमल निर्माण साथै प्रयोगमा जोड दिनु पर्ने उनले वताए ।दीर्घकालीन रूपमा प्रांगारिक पदार्थ बढाउने कृषि पद्दतिहरू जस्तै बाली चक्र, अन्तरबाली, कोशेबाली, हरीयो मल बालीको जमिन मुनिको भागलाई माटो मिलाउने, छाता बालीलाई प्रवद्र्धन गर्नुपर्ने माटो विज्ञहरूको भनाई छ ।

बिज्ञहरूका अनुसार प्रांगारिक पदार्थले माटोलाई मलिलो र बुरबुराउदो बनाउछ । साथै यसले नाइट्रोजन, फोसफोरस र पोटासलाई सहजरूपमा बिरुवालाई उपलब्ध गराउन मद्दत गर्दछ । कृषि विज्ञ टंकप्रसाद रिजालका अनुसार प्रांगारिक पदार्थले कृषि उत्पादनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ । पानीको अभावले गर्दा माटो सुख्खा, कडा हुनुको साथै माटोको उत्पादकत्व पनि ह्रास हुँदै गइरहको छ । रिजालले भने—दीगो कृषि बिकास र माटो व्यवस्थापनका अभ्यासहरूले हरित गृह उत्र्सजनमा कमी र जैविक कार्वन व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ ।माटोको अवस्था हेरेर कुनैपनि किसानले खेतवारीको अम्लिय, क्षारिय र प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस र पोटास तथा माटोको पि.एच.को जानकारी लिएर मात्र उत्पादन क्षेत्रमा हात हाल्नु पर्ने कुरामा विज्ञहरूको जोड रहेको छ । सबैकुरा गर्दापनि सोचे अनुरूपको उत्पादन नहुनु माटोको खरावी हुन सक्छ जस्का लागि माटो परिक्षण आवश्यक छ । यहि अवस्था रहेमा केहि बर्षमा उत्पादन सुन्य हुने अवस्था आउन सक्ने तर्फ विज्ञहरूले सजग गराएका छन् ।

बुटवल उपमहानगरका अनुसार नियमित रूपमा ३ बर्ष देखि नै माटो जाँच हुदै आईरहेको छ । वर्षेर्नि माटो जाँच भैरहेको छ । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवल क्षेत्रको भौगोलिक अवस्था हेर्दा बुटवल १ देखि १९ वडासम्म प्रतिनिधित्वका रूपमा नमुना संकलन गरि माटो परिक्षण गरिएको थियो । नियमितरूपमा गरीने माटो जाँच कार्यले कृषि वाली उत्पादक कृषकको लागी अति महत्वपूर्ण कार्य भएको र भावि कार्यक्रम निर्माणमा सहज हुने बताए ।
पि.एच.मान ७.५भन्दा बढि,६.५ भन्दा कम देखिनु वाली उत्पादनका हिसावले राम्रो मानिदैन । यो मात्रा ६.५ देखि ७.५ सम्मलाई नर्मल रूपमा लिन सकिन्छ । क्षारीयपन बढ्दो क्रम देखिएकाले खेतबारीमा गोठेमल, कम्पोष्ट मल, हरियो मल, (ढैचा सनही,मुगं) जिप्सन राख्नु पर्ने विज्ञहरूको सल्लाह छ ।रूपन्देही र पाल्पा, कपिलवस्तु, नवलपरासी लगाएतका जिल्ला तथा स्थानिय पालिकाबाट बुटवलमा लाग्ने कृषि मेलामा माटो परिक्षणका लागि किसानहरूले आफ्नो खेतवारीको माटो परिक्षण गराउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?