© २०२३
बुटवल, कार्तिक
बुटबल उपमहानगरपालीका–१३ मा रहेको लक्ष्मी आमासमुह गुल्मेलीले तिहारमा देउसी भैलोबाट उठेको रकमलेजेष्ठनागरिक सम्मान गरेका छन् । टोलमा रहेका १ दर्जन बढि जेष्ठ नागरिकलाई सम्मान गरेका हुन । नेपाली मौलीक परम्परा जगर्ने गर्दै लक्ष्मी आमा समुह बेलबासले उक्त सम्मानगरेको ह।
सम्मान कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालीका वडा नम्बर १३ का अध्यक्ष नाराण बहादुर पुनले लामो समय देखि तराईमा बसोबास गरेपनी आमा समुहले आफनै गाउँले नेपाली मौलीकता कार्यक्रम गर्दै आएको बताए । अध्यक्ष पुनले आमाहरुले गरेको राम्रो कामको जगर्ने अन्य पुस्ताहरुले समेत सिक्नुु पर्ने बताएका थिए ।
मादल, डम्फो, खैजेडी, मजुरा जस्ता मौलीक बाजाको संरक्षण गर्दै नेपाली मगर भेषभुषामा सजिएर मौलीक नेपाल गीतमा उनीहरुले सास्कृतिक कार्यक्रम गर्दै आएका छन् । देउसी भैलो खेलेर जम्मा भएको रकमलाई रमाईलोमा खर्च गर्ने परिपाटीलाई अन्त्य गर्दै आमसमुहले जेष्ठ नागरिक सम्मानमा जोड दिएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सह महामन्त्री भिम बहादुर आलेले बोल्दै आफ्नो भेषभुसा को सरक्षण गर्न जरुरी रहेको बताएका थिए । बिगतमा समुहले मानब सेवा आश्रममा खाद्यान्न तथा तथा नगद बितरण, विभिन्न अपांगता भएका आश्रममा खाद्यान्न समेत वितरण गर्दै आएको अध्यक्ष तारा प्रसाद बुढाथोकी जानकारी दिईन । कार्यक्रमा पबित्रा आले,संरक्षक निर बहादुर आले लगायतले आ आफ्नो भनाई राखेका थिए ।