ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

लुम्बिनी प्रादेशिक अस्पतालको वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा सरसफाई

१२ फाल्गुन २०८१, सोमबार
१२ फाल्गुन २०८१, सोमबार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औँ स्थापना दिवसको अवसरमा सोमबार अस्पताल परिसरमा सरसफाई तथा बिरामीलाई सफलफुल वितरण सम्पन्न भएको छ ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागितामा सरसफाई गर्नुका साथै अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । यही फागुन ११५ गते मूल समारोहका बीच आयोजना हुने वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।

सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्थानीय दिवसलाई भव्य र सभ्य बनाउनका लागि गरिएका रचनात्मक क्रियाकलापले समाजमा सकारत्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले नियमित जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरु सामाजिक क्रियाकलाप तथा अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुँदा सिर्जनात्मक नेतृत्व क्षमता तथा भूमिकाको बिकास हुने अपेक्षा व्यक्त गरे ।

स्थापना दिवसका अवसरमा मँगलबार विहान दौड प्रतियोगिता अयोजना गरिएको छ । स्वास्थ्यका लागि दौड भन्ने मूल नारासहित बुटवलको योगीकुटीदेखि अस्पताल परिसरसम्म दौड प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सहभागिता रहने छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, रक्तदान कार्यक्रम, गजल प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।

स्थापनाको अवसरमा आयोजित मूल समारोहका दिन अस्पतालमा २५ वर्ष बढी समय सेवा गरेकाहरुलाई दीर्घसेवा पदकसहित सम्मान गरिने, अनिवार्य अवकास भएकाहरु तथा उत्कृष्ट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिने प्रमुख प्रशासकीय केसीले जानकारी दिए । अस्पतालको गतिविधि तथा सेवाहरु बारे तयार पारिएको स्मारिका समेत विमोचन गर्ने कार्यक्रम रहेको छ ।

मूल समारोहलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले समुद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । वार्षिक साढे ३ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालमा ८५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?