© २०२३
कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रूपन्देहीका उपाध्यक्ष रामुदेव गौतमले बुटवलमा फिक्स प्राईजको सप खोलेका छन् । काठमाण्डौ र पोखरामा यस्तो प्रकृतिको सप खोलिएको र रूपन्देहीमा पहिलो पटक सस्तो मुल्यको सप खोलिएको हो । बुटवलको विपी चोकमा रहेको एभरेष्ट बैंक भएको भवनमा खोलिएको सपमा राखिएका सबै सामानहरू रु. ९९, रु. १ सय ९९ र २ सय ९९ रूपैयाँ मात्रका छन् । किचन, गिफ्ट तथा होटलको लागि चाहिने किचनका सबै सामानहरू राखिएको सप दिलिप कुमार कण्डलिया र रामुदेव गौतमले संयुक्त रूपमा खोलेका हुन । विभिन्न १ हजार भन्दा बढि सामानहरू राखिएको उक्त सपमा करिव २ करोड रूपैयाँको लगानी गरिएको छ भने २० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । खासगरी किचनको लागि चाहिने सम्पूर्ण आईटमहरू र गिफ्टको लागि सस्तो र एक मात्रै स्थान भएको सञ्चालक रामुदेव गौतमले जानकारी दिए ।