ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

चिनी उद्योगले किसानलाई तौलमा ठग्दै

तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, एक किसानले रसिद देखाउँदै भने ।
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

नवलपरासी, ०३ माघ ।

जिल्लास्थित चिनी उद्योगहरूले उखु किसानको उखु खरिद गर्दा घटतौल (कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ ।

तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रूपमा तौल घट्न थालेपछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो ।

उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउँदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४, ठूलोखैरेटवाका मुराली यादवले बताए ।

जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौं, कृषक यादवले भने, नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आएपछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउँदै भने, यसमा अनुसन्धान गर्न आवश्यक छ ।

तौल केन्द्रबाट उखु तौल गरि त्यही उद्योगको मिलगेटमा पु¥याउदा दुई क्वीन्टल उखु कसरी बढी भयो ? यसमा सिधै घटतौल गरि किसानलाई ठग्ने काम भइरहेको छ । घटतौलबारे आफूले उद्योगमा कुरा उठाउँदा गोपाल सापकोटा लगायतले आफूलाई अपमानजनक भाषा प्रयोग गर्दै दुब्र्यवहार समेत गरेको बताए ।

अहिले गाउँमा अन्य किसानलाई जानकारी गराउँदै तौल केन्द्रको काँटामा तालाबन्दी गरेपछि घटी भएको रकम भुक्तानी दिन्छौं, भनेर खबर पठाएका छन् । तर यसको जनता सहितको सहभागितामा छानविन गरि प्रशासनिक र कानुनी कारवाही गर्नुपर्ने हाम्रो माग रहेको उनले सुनाएका थिए । पुस १ गते तौल गर्दा उखुको तौल ३१ क्वीन्टल थिाये ।

तर अर्को उखु पुस ३ गते मिलगेटमा पु¥याउदा तौल बढेर ४३ क्वीन्टल भएको देखियो । दुई क्वीन्टल उखु कम देखिएको छ । यस्ले गर्दा तौल केन्द्रमा कम तौल गरि उद्योगका कर्मचारीले ठगि गर्दै आएका छन । यसरी तौलको अनुपात हेर्ने हो भन्ने ५ प्रतिशत अर्थात १ सय क्वीन्टलमा ५ क्वीन्टल उखु घटि हुन सक्छ ।

उद्योगले करिब ३ लाख क्वीन्टलसम्म उखु खरिद गरि क्रसिगँ गरि सकेका छन् । यसरी १ लाख क्वीन्टलमा ५ हजार क्वीन्टल उखु हुन्छ । ३ लाख क्वीन्टलको हिसाब गर्ने हो भन्ने १५ हजार क्वीन्टल उखु घटतौल हुन्छ । त्यसको मूल्य प्रति क्वीन्टल ५ सय ८० रुपियाको दरले ८७ लाख रुपिया हुन आउछ ।

उखु किसानलाई ठगि गर्ने उद्योगका कर्मचारी तथा सञ्चालकलाई कारवाही गरिनु पर्ने स्थानीय निवास यादवले बताए । यस क्षेत्रका उखु किसानलाई बर्षेनी कुनै न कुनै बहानामा ठगि हुँदै आएको छ । किसानको पक्षमा बोलिदिईने प्रशासन देखी नेताहरू पनि मौन रहेको उनको भनाई थियो ।

बागमती मात्रै नभई लुम्बिनी चिनी उद्योगमा पनि प्रत्येक टेक्टरमा दुईदेखि ३ क्वीन्टलसम्म घटतौल गरि ठगि हुने गरेको आरोप किसानहरूको रहेको छ । तौल मेसिनमा कमजारी छ, कि तौल गर्ने कर्मचारीले गठि गर्दै छन् । त्यसको अनुसन्धान आवश्यक रहेको किसानहरूले बताएका छन् ।

त्यसैगरि इन्द्रा सुगर मिल गंगापुरमा पनि घटतौल गरि भुक्तानी ढिलो गर्दै आएको दुखेसो किसानहरूले गर्दै आएका छन् । इन्द्रा सुगर मिलले पनि ३ लाख क्वीनटल उखु क्रसिगँ गरि सकेको जानकारी गराएको थियो । तर उखुको भुक्तानी एक तिहाई मात्र दिइएको छ । चिनी भन्ने सबै विक्रि गरि सकेको छ । कुल १७ करोड ४० लाखको उखु खरिद गरेको भए पनि भुक्तानी भन्ने ५ करोड भन्दा कम दिइएको किसानहरूले बताएका छन् ।

यसरी मासिक १२ करोड रकमको मासिक ब्याज मात्रै १० लाख बचाउने गरेका छन् । किसान कराउँदै गरुन, उद्योगीलाई लाभै लाभ छ । लाभको केही लाभांस प्रशासन र नेताहरूमा खर्च गर्न पर्दा पनि नाफा हुने यादवको भनाइ थियो ।

यता लुम्बिनी चिनी उद्योगको घटतौलबारे जिज्ञासा राख्दा उद्योगका सिओ केशवराज अचार्यले कुनै पनि तौल मेसिनमा समस्या नभएको दाबी गरेका थिए । मेसिनमा कमजोरीबारे आफूलाई नापतौल कार्यालयका तिलक सरले फोन सम्पर्क गरेर जानकारी लिइएको सुनाएका थिए । घटतौल प्रोपोगण्डा मात्रै भई रहेको उनको भनाइ थियो ।

यस बारे उखु उत्पादक संघ नवलपरासीका अध्यक्ष उमेश यादवले चिनी मिलहरूले बेला बेला बदमासी गर्दै आएको बताउँछन् । घटतौल गरेको बारे आफूलाई जानकारी नआएको र त्यसबारे बुझ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?