ट्रेंडिंग:

>> सुन चाँदीको मूल्य आज पनि ओरालो >> मौद्रिक नीति र यसका उद्देश्यहरू >> देवदहमा राष्ट्रपति रनिङ्ग सिल्ड तयारी पुरा >> जनताको संवृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्न आग्रह >> थाईल्यान्डमा नेटा नम्बर वान >> एमाले–काँग्रेसको संयुक्त सरकारपछि देशको अर्थतन्त्र लयमाः योगेश भट्टराई >> खोई त नेपालीपन, नेपाली मन ? >> बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु >> निर्माण व्यवसायीलाई आश्वस्त बनाउ >> चिनी उद्योगले तौलमा ठग्दै किसान >> कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित >> इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने >> माैसम पूर्वानुमान : आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो >> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ

कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

पर्वत, ०३ माघ ।
निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु.एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्ती र बजेट विनियोजन नभएका कारण अलपत्र बनेको थियो ।

उक्त खण्डको मार्ग बिस्तार र स्तरोन्नतिका लागि २०७३ साल असार २२ मा सम्झौता भई २०७५ साल जेठ २१ गते सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएकामा गत वर्षमात्र मार्ग खुलाउने कार्य पूरा भएको थियो । कालोपत्रका लागि बजेट सुनिश्चित नहुँदा काम हुनसकेको थिएन । सांसद पदम गिरीले फलेवास–अर्मादी सडक खण्डको काम सुरु हुने बताए ।

यसअघि उक्त खण्डका लागि नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ विनियोजन भएको थियो । उक्त बजेटले फलेवास नगरपालिका–६ ढिकबाट कुश्मा नगरपालिका–४ अर्मादीसम्मको १४ किलोमिटर ट्र्याक खोलेको थियो । त्यसबाहेक अन्य काम भने हुनसकेको थिएन । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्षमात्र खुलाइएको भए पनि सवारीसाधन सहज रूपमा चल्न सक्ने अवस्था छैन ।कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर पिपुल गौतमका अनुसार मन्त्रालयबाट बजेट सुनिश्चित भएसँगै अब उक्त खण्डको काम ठेक्का प्रक्रियामा जाने बताए ।
कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसअन्तर्गत सेतीवेणीबाट फलेवाससम्मको भाग कालोपत्र भइसकेको छ भने मालढुङ्गाबाट बेनीसम्मको १३ किलोमिटर खण्डको काम पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गरिरहेको छ ।

अब बाँकी रहेको फलेवास–अर्मादी खण्ड १४ किलोमिटर सडक पूरा भएमा पर्वत खण्ड पूरै सम्पन्न हुने इन्जिनियर गौतमले बताए । यो सडकले पर्वतको उत्तर–दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको लाइफ लाइनको रूपमा हेरिँदै आइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?