ट्रेंडिंग:

>> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि

रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, २ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब सुप्रिम सहकारी ठगीको मुद्दाको प्रतिवादका लागि रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले बिहीबार नै अभियोगपत्र दायर गर्ने तयारी गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले सार्वजनिक बिदा भए पनि हिजो र आज अभियोगपत्रलाई अन्तिम रूप दिने काममा लागिरहेको बताए। अब जतिसक्दो छिटो दर्ता गर्ने उनको भनाइ छ। मंगलबार र बुधबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा भएकाले बिहीबार दर्ता गर्न सकिने उनको भनाइ छ। ढिलोमा शुक्रबार पुग्न सक्ने उनले नेपालखबरसँग बताए।

रूपन्देही अदातलमा अभियोग पत्र दर्ता भएपछि रवि अब त्यहीँ हाजिर हुनुपर्नेछ। उनलाई काठमाडौँ जिल्ला अदालतले पनि रूपन्देहीमा आफैँ उपस्थित हुने मौका दिएको छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा पनि अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कास्की सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा नजाने आदेश भएमा प्रहरीको जिम्मा लगाइदिन माग गरेको थियो। तर अदालतले उनलाई रिहा गर्ने आदेश दियो। अदालतको आदेशपछि रविलाई काठमाडौँ प्रहरी परिसरमा हाजिर हुने कागज गराएर कास्की प्रहरीले बिहीबार रिहा गरेको थियो।

त्यसको ४ दिनपछि आइतबार मात्र रवि काठमाडौँ अदालतमा हाजिर भएका थिए। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा उनीविरुद्ध ५ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरेर मुद्दा दर्ता भएको छ। अदालतले बुधबार उनलाई कास्की अदालतले भन्दा ५ लाख कम अर्थात् ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतले माग गरेको धरौटी तत्कालै बुझाएर उनी रिहा भइसकेका छन्।

इलाका प्रहरी कार्यालय, बुटवल, रूपन्देहीले सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान सकेर गत बिहीबार नै प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाइसकेको छ। त्यसको एक सातापछि मात्रै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

त्यहाँ रविविरुद्ध २ करोड १० लाख बढी बिगो कायम गर्न प्रहरीले राय दिएको थियो। त्यसमा बिगो केही थपघट हुने देखिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ।

सुप्रिम सहकारीमा पहिल्यै २८ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। अहिले थप १४ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न लागिएको हो। नेपाल प्रहरीका पूर्वडीआईजी एवं रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि दोस्रो चरणको मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। उनलाई पनि रविलाई जति नै बिगो कायम गर्ने तयारी छ।

सुप्रिम सहकारीको १ अर्ब १२ करोड रूपैयाँ संगठित तवरले ठगी गर्ने गिरोहमा रवि सामेल रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। त्यहाँ पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न लागिएको छ।

सम्पत्ति शुद्धीकरणमा भने कास्की अदालतमै मुद्दा दायर भइसकेकाले अन्यत्र नचलाइने भएको छ।

रविसमेत मुछिएको सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्। अब बुटवलमा सकिएपछि चितवनमा मुद्दा दर्ता गर्ने र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?