ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

पाल्पा, २ माघ ।

तरकारीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै प्रशोधन केन्द्र स्थापना गरी उन्नत प्याकेजिङ गर्ने उद्देश्यले रुपन्देहीको कञ्चन गाउँपालिकामा तरकारीको मूल्य श्रृंखला परियोजना संचालन हुने भएको छ ।

कञ्चन गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल, र सेतो गुराँस बालविकास सेवा रुपन्देहीबिच तरकारीको मूल्य श्रृंखला विकासका लागि नवीनतम विकास परियोजना सुरु गर्न त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, हेफर नेपालका राष्ट्रिय निर्देशक डा.तिर्थराज रेग्मी, र सेतो गुराँस बालविकास सेवाकी कार्यबाहक अध्यक्ष उमा भण्डारीले हस्ताक्षर गरेका छन् । २६ महिनाको अवधि रहेको परियोजनाले तरकारी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र प्रशोधन केन्द्र स्थापना गर्दै उन्नत प्याकेजिङ र ब्रान्डिङ क्षमतासहित सञ्चालन गर्ने लक्ष्य राखेको छ । तरकारीको संकलन, प्रशोधन तथा बजारीकरण कञ्चन गाउँपालिकाभित्र रहेको कृषि सहकारीमार्फत संचालन हुनेछ ।

हेफर नेपालका राष्ट्रिय निर्देशक डा.तिर्थराज रेग्मीले परियोजना मार्फत तरकारी उत्पादन गर्ने किसानहरूको समूह गठन र सुदृढीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उल्लेख गरे । रेग्मीले गुणस्तरीय र वातावरणमैत्री उत्पादन सुनिश्चित गर्न दिगो र बजारमुखी उत्पादन विधिहरूमा जोड दिइने बताए । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँपालिकाभित्रका कृषकहरुको आम्दानी बृद्धि गराउन परियोजना संचालन गर्न लागिएको बताए ।

यो परियोजनाले कञ्चन गाउँपालिकामा दिगो कृषि अभ्यासहरू एकीकृत गर्दै उत्पादन वृद्धि र बलियो बजार जडानमार्फत तरकारी खेतीमा परिवर्तन ल्याउनेछ । किसानहरूले जलवायु स्मार्ट प्रविधि र बजारमुखी उत्पादन विधिहरू अपनाएर ताजा र प्रशोधित तरकारीको भरपर्दो आपूर्ति सुनिश्चित गर्न सक्षम हुनेछन् । प्रशोधन केन्द्रले मूल्य अभिवृद्धिका लागि केन्द्रको रूपमा कार्य गर्दै किसानलाई प्रतिफल र उपभोक्तालाई गुणस्तरीय उत्पादन प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?