ट्रेंडिंग:

>> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि >> आध्यात्मिक ध्यान केन्द्र निर्माण गर्ने उद्देश्यले सैनामैना श्रीमदभागवत सुरु

अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

काठमाडौँ ।

काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्ति रवि लामिछानेलाई अहिले नै निर्दोष छन् भन्न नसकिने भन्दै ६० लाख रुपैयाँ धरौटी लिई तारेखमा छाड्न आदेश गरेको छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सहकारी ठगीमा रविको संलग्नताबारे उपलब्ध प्रमाणहरूको विवेचना गर्दै  उनी ‘अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी’ तत्काल ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश जारी गरेको हो।

रविले अनुसन्धान अधिकारी र अदालतसमक्षको बयानमा कसुरमा संलग्नता इन्कार गरे पनि उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएको आदेशमा उल्लेख छ।

उनलाई धरौटी तोक्दा लिइएका आधारहरूमा एउटा उनका विरूद्ध दर्ता भएको किटानी जाहेरी दर्खास्तलाई लिइएको छ।

यस्तै उनी गोर्खा नेटवर्क मिडिया प्रालिको प्रबन्ध निर्देशक रहेको र त्यस कम्पनीले आफू सदस्य नै नभएको स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएको देखिएको र त्यो ऋण गैरकानुनी रहेको अदालतले भनेको छ।

उनले गोर्खा मिडियाबाट सेयर खरिद गरी नलिएको, आफूलाई स्वेट सेयर (पसिनावापत) प्राप्त भएको र उक्त कम्पनीबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरी गएको भने पनि अदालतले उनको जिकिर अस्वीकार गरेको छ।

स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको खातामा आएको रकमका बारेमा आफूलाई केही थाहा नभएको, स्वर्णलक्ष्मी सहकारी संस्थाबाट आफूले कुनै रकम लिएखाएको नहुँदा निर्दोष छु भनी बयान गरेको देखिए तापनि उनी कारोबारमा प्रत्यक्ष संलग्न देखिएको पनि अदालतले भनेको छ।

आदेशमा रविले गोर्खा मिडियाको बिक्रीमा रहेको १ लाख ८० हजार थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन दिएको, उक्त निवेदन मागबमोजिम नै उक्त सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर लिएको देखिएको पनि उल्लेख गरिएको छ।

उनले स्वेच्छापूर्वक सेयर खरिद गरेर लिएको र कम्पनीको सेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखिएको कारण पनि उनी यस प्रकरणमा संलग्न छैनन् भन्न नमिल्ने तर्क अदालतले गरेको छ।

अझ गोरखा मिडियामा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुअघि नै रविसमेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको तथ्य पनि आदेशमा उल्लेख गरिएको छ। र, उनी प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी सहकारी संस्थाको सदस्य नरहेको गोरखा मिडियाको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखिएको पनि औँल्याइएको छ।

आदेशमा लेखिएअनुसार, रवि र जीबीको नाममा ऋण खाता खोली ४६ लाख ९८ हजार, फोर ह्विलर लोन, ४६ लाख ४८ हजार इको सेभेन सिटर भ्यान लोन लिएको, रविकै हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रूपैयाँ स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको पाइएको छ।

आदेशमा अगाडि लेखिएको छ, ‘गोर्खा मिडियाको खाताबाट रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकोले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००/- (साठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नू। साथै फरार रहेका प्रतिवादीहरूको हकमा यसै अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएपछि बयानका लागि पेस गर्नू।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?