© २०२३
बुटवल, ०३ माघ ।
चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रूपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रूपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरूलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुबिधालाई बिशेष ध्यानमा राखिँदै आएको बताइएको छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरू नेपालमा पनि बिक्रि वितरण गर्दै आईरहेको छ । नेटा एक्स क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ पध् ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० पध् मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० ल् टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । lvtab kh छिटो २० मिनेटको चार्जमा ३०% बाट ८०% सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८०+ किमि दायरा छ र योribti का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारंटी छ ।
ल्भ्त्ब् ह् एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ । ribti का अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १,८०,००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुबिधाहरूले नेटा एक्स लाई एक बहुपरकारी र पर्यावरणमैत्री को रूपमा आकर्षक विकल्प बनाउँछ ।