ट्रेंडिंग:

>> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने >> रवि लामिछानेको थुनछेक बहस जारी, छुटने वा नछुटने निर्णय हुने >> वाइल्डलाइफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई >> अध्यादेशबाट निजी क्षेत्र उत्साहित >> विपक्षी दल एकजुट, हिउँदे अधिवेशन माग >> नेपाल बैंकले लाभांश वितरण नगर्ने >> एनआइसी एसिया बैंकको लाभांश वितरण नगर्ने घोषणा >> बुद्धपद्यमको पुर्व बिद्यार्थी मंचमा लम्साल  >> सुन–चाँदी दुवैको भाउ बढ्यो >> बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ >> मुलुक बनाउने हो भने आफैबाट गरौं सुधार >> बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता >> लायन्स सयपत्रीद्वारा मेन्भिन जोन डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम >> सरावलमा युवाहरूको थारु संस्कृति र परम्परागत सामग्री जर्गेनाको प्रयास >> सम्झनामा पार्कको निर्माण >> स्थानीय तहका कृषिका कार्यक्रम वितरणमुखी >> लुम्बिनी प्रदेशमा मन्त्रालय मर्ज र पुनर्गठनले बजेट कार्यान्वयनमा अन्यौलता >> जोखिमकै माझ भूकम्प सुरक्षा दिवस >> गफमा भन्दा पर्यटन नीतिमा स्पष्ट हुन सुझाव >> नन्दन तालको संरक्षणः कुरा सधै हुन्छ, काम कहिले बढ्ला ? >> हरित बसपार्कको निर्माण सुस्त >> सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ प्रधानमन्त्री ओलीले गर्ने >> आज यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना >> मणिमुकुन्दलाई प्रथम मेयर कप खुला भलिबलको उपाधि
लुम्बिनीमा माघ पर्व उत्सव

मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार
लमही, २ माघ।
लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो।
थारु, मगर, नेवारलगायत समुदायका सांस्कृतिक झल्को दिने झाँकी र परम्परागत परिकारहरूको प्रस्तुति कार्यक्रममा गरिएको थियो। थारु समुदायका ढिक्री, खरिया, बरिया, फुलौरीजस्ता परम्परागत परिकारहरू पस्केर सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गरिएको थियो।
मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रम उद्घाटन गर्दै मौलिक कला र संस्कृतिको संरक्षणसहित त्यसलाई आयआर्जनसँग जोड्ने योजनाबारे जानकारी दिए। उनले भने, “माघे संक्रान्ति तथा माघ साझा पर्व हो। यसले लुम्बिनी प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र एकता कायम गर्न मद्दत गरेको छ। मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्नु आवश्यक छ। यी संस्कृतिलाई पर्वमा मात्रै सीमित राख्ने होइन, अन्य समयमा पनि संरक्षण र प्रबर्द्धन गर्न जरुरी छ।”
प्रदेश सरकारले थारु र मगर समुदायको कला तथा संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सीप हस्तान्तरण गर्ने योजना बनाएको बताइयो। मुख्यमन्त्री आचार्यले थप भने, “हाम्रो कला र संस्कृतिलाई जोगाउँदै समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ। यसका लागि होमस्टे सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ। आर्थिक सशक्तिकरण नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न सकिँदैन।”
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्रदेशको विविधता प्रचारप्रसारमा जोड दिँदै, मौलिक पर्वहरूको सम्मान र प्रबर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको मुख्यमन्त्रीले उल्लेख गरे।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। सभामुख तुलाराम घर्तीमगरले माघ पर्वले मौलिक कला र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र यसले पहिचानको संरक्षणमा टेवा पु¥याउने बताए।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले समुदायमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताउनुभयो। प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला र संस्कृतिको सम्बर्द्धन सबैको साझा मुद्दा भएको उल्लेख गरे  ।
प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बद्र्धन सबैको साझा मुद्धा बनेको बताइन । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गर्नु भएको थियो । प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै प्रदेशभर आज सार्वजनिक विदा समेत दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?