ट्रेंडिंग:

>> रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा >> अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्दार, ७८ शव निकालियो >> बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड >> सर्वोच्च अदालतद्धारा निकुञ्ज र संरक्षित क्षेत्र भित्र पूर्वाधार निर्माणको कानुन खारेज  >> अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व >> प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाई >> सानिमा बैंकले ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा >> बिपक्षी दलको पत्रकार सम्मेलन स्थगित >> हमास इजरायल बिचको युद्दबिराम पछि दुवै देशमा जनस्तरबाट स्वागत >> सुन चाँदीको मूल्य आज पनि उकालो >> मौद्रिक नीति र यसका उद्देश्यहरू >> देवदहमा राष्ट्रपति रनिङ्ग सिल्डको तयारी पुरा >> जनताको संवृद्धिका लागि वनको दीगो व्यवस्थापन गर्न आग्रह >> थाईल्यान्डमा नेटा नम्बर वान >> एमाले–काँग्रेसको संयुक्त सरकारपछि देशको अर्थतन्त्र लयमाः योगेश भट्टराई >> खोई त नेपालीपन, नेपाली मन ? >> बाणगंगामा दुई मोटरसाईकल ठोक्किंदा दुई जनाको मृत्यु >> निर्माण व्यवसायीलाई आश्वस्त बनाउ >> चिनी उद्योगले किसानलाई तौलमा ठग्दै >> कालीगण्डकी लोकमार्गः फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित >> इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने >> माैसम पूर्वानुमान : आज यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> पेट्रोल, डिजेल र मटीतेलको भाउ बढ्यो >> सकियो ३ दिने खाना महोत्सव तथा माघी संक्रान्ती मेला >> मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा >> रवि अब रूपन्देही आउनुपर्ने, सुप्रिम सहकारीको मुद्दा भोलि नै दर्ता गर्ने तयारी >> तेस्रो न्यु होराईजन छात्रा भलिबलमा सेमीफाईनल समिकरण पुरा >> आयोजक फर्साटिकरलाई उपाधि >> इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह सुरू >> टुडेकर्मी चौधरीलाई थारु कल्याणकारिणी सभा मलेसियाको सम्मान >> मौलिक संस्कृतिलाई आयआर्जनसँग जोड्ने योजना – मुख्यमन्त्री >> तरकारीको मूल्य श्रृंखला विकासका लागि त्रिपक्षीय सम्झौता >> कर्णालीको मह प्रवद्र्धन गर्न प्रदर्शनी मेला >> अदालतले भन्यो– रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए >> समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने >> बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथी रविका समर्थकद्वारा अदालतमै हातपात >> कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त >> निर्माण व्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री >> रबिकाे थुनछेक बहस सकियाे, केही बेरमा नै आदेश आउने >> अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू >> अल नासरमा नवीकरण हुदैँ रोनाल्डो , प्रति सिजन २१० मिलियन डलर >> नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता खिच्ने >> भेनेजुएलाका पाँच देशमा कूटनीतिक भवनमा आक्रमण, छानबिन गर्न माग >> अभद्र व्यवहारको उजुरीमा आशिका तामाङ पक्राउ >> समाजवादी मोर्चाको बैठक सुरू >> दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ >> विवाहको उमेर १८ वर्षमा झार्ने संसदीय उपसमितिको सुझाव >> दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित >> प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको कर्मक्युर होटल उद्घाटन >> विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने

देवदहमा राष्ट्रपति रनिङ्ग सिल्डको तयारी पुरा

३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

बुटवल ।  

रूपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ ।

माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए । “पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।“ प्रवक्ता डुम्रेले भने, “बिहीबार  औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं । “प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए ।

प्रधानाध्यापक ढुङ्गानाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको स्वास्थ्य बिमा समेत गरिएको बताए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि देवदह नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ९ लाख रूपैयाँ विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दावी छ ।

प्रतियोगितामा देवदहका २७ विद्यालयका एक हजार ततिन सय ४० इभेन्टको लागि चार सय ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । भलिबल र कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए ।

रनिङ शिल्डको उद्घाटन र समापन सत्र विद्यालय प्राङ्गणमा हुने र खेलकुदका इभेन्टहरू पानबारी खेलमैदानमा हुने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?