ट्रेंडिंग:

>> सर्वोच्च अदालतको फैसलामा न्यायाधीशहरूको मर्यादाक्रम निर्धारणका लागि सुझाव >> ओलीले सहकारी रकम हिनामिनाका दोषीलाई छुट नदिनुपर्ने कुरा स्पष्ट >> ओलीको प्रतिवेदनमा प्रचण्डको सत्ता प्रवृत्तिबारे टिप्पणी, “सत्तालिप्साको कुरुप तस्वीर” >> रुसले युक्रेनबाट प्रहार भएका ८ शक्तिशाली मिसाइल खसालेको दाबी >> आलोचनाबाट समाज परिवर्तनको चक्र >> पाकिस्तानको बलुचिस्तान प्रान्तमा विस्फोट, ४ को मृत्यु, ३२ घाइते >> अष्ट्रेलिया लगातार दोस्रो पटक विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा >> भक्तपुरमा कुकुरलाई जोगाउन खोज्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते >> आर्सनल ब्राइटनसँग १-१ बराबरीमा रोकिए >> एमाले केन्द्रीय कमिटी बैठक सुरु, ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै >> समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ >> मोदीको नेपाल भ्रमणलाई लिएर अनिश्चितता, ओलीले मोदीलाई एक महिनामा तिनपटक निम्तो पठाए >> काठमाडौंको धोबीखोलामा कार दुर्घटना >> सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर >> सकियो माओवादी स्थायी समिति बैठक, यी एजेन्डा तय >> प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित >> सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फको बहस जारी >> क्लाइम्बिङ स्पोर्टस् एशोसिएशन बागमती र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन >> ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट >> मोडल अफ लुम्बिनी बनिन् गाहा >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> लायन्स सयपत्रीको १३ औं चार्टर नाइट >> नेपालमा विकास र रोजगारीका संभावनाहरू >> किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ >> भैरहवा र पोखरापछि निजगढको चिन्ता >> शाइन रेसुंगा बैंकको १६ औं साधारणसभा अध्यक्षमा पुनः पौडेल निर्वाचित >> प्राविधिक जनशक्ति नहुँदा बीउको गुणस्तरमा प्रश्नै प्रश्न ? >> विद्यालयको लालपूर्जामा व्यक्तिका घर >> एमाले केन्द्रीय समिति बैठक बस्दै, प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिइने >> १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा >> सोमबार विभिन्न स्थानमा वर्षाको सम्भावना >> प्रथम मगर साहित्य महोत्सवको निरन्तरताका लागि छुट्टै कोष >> सकियो बर्दघाट महोत्सव >> प्रविधिमैत्री शिक्षामा जोड >> लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते >> कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ? >> विभागिय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र गुजरात स्टेट विजयी >> डेढ सय जनालाई न्यानो कपडा वितरण >> मोडल अफ लुम्बिनी सिजन–२ सम्पन्न >> २०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौं : मन्त्री खड्का >> दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने >> विशाल र सामनालाई दौडको उपाधि >> तिलोत्तमा उद्योग बाणिज्य संघ र भलाई कोषबिच सम्झौता >> कालिकामा खाना महोत्सवः विद्यार्थीले पकाए अभिभावकले खाए >> छत्रकोटमा जिपलाइन >> नन्दनतालको संरक्षणमा पाल्हीनन्दन पहल >> भारतबाट आउने दुधका कारण नेपाली दूधउत्पादक किसान मर्कामा >> म र मेरी आमा >> आम्दानीको बाटो दालचिनी >> गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ?

दुई प्रदेश जोड्दै कालीगण्डकीमा पुल

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

गुल्मी, १९ पुस ।
लामो समयपछि कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण सम्पन्न भएसँगै दुईवटा प्रदेशका नागरिकहरूलाई निकै सहज बनेको छ । लुम्बिनी प्रदेश अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश अन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।
लामो समयको अन्तरालपछि कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि दुइ वटै प्रदेश वारीपारी बस्ने नागरिकहरूको वर्षौैदेखिको सपना पुरा भएको छ । पक्की पुल नहुँदा दुरीले नजिकै भएपनि कालीगण्डकी नदीले छोटो दुरी पनि घण्टौं टाढा बनाएको थियो । जसका कारण नजिकैका छिमेकीहरू पनि वारीपारी आखाँले हेराहेर गरेपनि ठूलो नदीको उर्लदो बहाव र सुस्याहटका कारण तत्कालै भेटघाट गर्न असम्भब थियो ।
त्यही असम्भब कुरालाई प्रबिधिको विकाससँगै कालीगण्डकी माथि पक्की पुल बनेपछि यतिबेला सम्भब बनेको छ । अहिले दुईवटै प्रदेशका नागरिकहरूमा भिन्नै उत्साह र खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताएका छन । १२६ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको उक्त कुल १४ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । पुलमा डबललेन सवारी साधनहरू सहित दुबै साईडमा मान्छे हिँड्न मिल्ने गरि निर्माण गरिएको छ । सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौं बीच गत आठ वर्ष अघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मी मार्फत रोकिएको काम शुरु भएको थियो ।
पछि सडक डिभिजन कार्यालय पाल्पा मार्फत कार्यन्वय हुनेगरी पुल निर्माणको काम सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिएका छन । उनले पुल निर्माणको काम सम्पन्न भएपनि बजेट अभाबका कारण सडक डिभिजन कार्यालय पाल्पावाट निर्माण व्यवसायीलाई अझै तीन करोड ८५ लाख रूपैंया भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद डा. चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताएका छन । उनले आयातका लागि मात्रै पक्की पुल नबनेको प्रष्ट पार्दै निर्यातका लागि पनि अब नागरिकहरू उत्पादनसँग जोडिनु पर्नेमा जोड दिएका छन ।
कालीगण्डकी कोरिडोरले भारत र चिनलाई जोड्ने भएकोले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्रि निर्यात गर्न थप सहज पुग्ने भन्दै सांसद डाक्टर भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीबासीले लिनुपर्ने बताए । कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दुरी समेत समेत घटेको छ । पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतीसँग जोडनका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङ बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?