© २०२३
कपिलवस्तु मदिरा व्यवसायी संघले अबैध मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह गरेको छ । मदिराको अबैध कारोबारले दर्ता गरी व्यवसाय संचालन गर्दै आएका व्यवसायी मर्कामा परेको ठहर गर्दै मदिराको व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीलाई करको दायरामा आउन अपिल गरेको हो । संघको बुद्धभूमि नगरपालिका गोरुसिंगेमा सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै संघलाई पारदर्शी रूपमा अगाडि बढाउन अभियान चलाउने निर्णय समेत गरेको जिल्ला अध्यक्ष धनिराम पौडेल (घनश्याम) ले जानकारी दिए । मदिराको अबैध कारोबारमा कमी ल्याउन प्रशासनसँग समन्वय गरी अभियानलाई तिब्र पारिने समेत उनले जनाए ।
यसैगरी मदिरा संघको बैठकले साधारण सभा र अधिवेशनको मिति तय गरेको छ । संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन आगामी मंसिर २२ गते गरिने निर्णय पारित गरेको अध्यक्ष पौडेलले बताए । अधिवेशनलाई सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गरी कामको जिम्मेवारी समेत बाँडफाँड गरिएको उनले जनाएका छन् ।