© २०२३
सैनामैना, २२ कात्तिक । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही–५ लाई नमूना बनाउने दाबी गरेका छन् । यसअघि तिलोत्तमा नगर प्रमुखमा रहेर ५ वर्ष काम गरेका घिमिरले उक्त नगरलाई मुलुकै नमुना बनाउन सफल भएका थिए । मँगलबार निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा घरदैलो गर्दै घिमिरेले भने–‘बिकास के हो रु मैलो तिलोत्तमाको नगरप्रमुख हुँदा नै चिनेको छु । रुपन्देही–५ मा पनि म विजयी भए भने त्यसैगरी बिकास गर्ने छु ।’
घिमिरेले एमाले नेतृत्वको स्थानीय सरकारले समेत सैनामैनामैनामा महत्वपूर्ण बिकास निर्माणका योजनाहरु सुरुवात गरेको दाबी गर्दै ती योजनाहरुलाई सफल बनाउनका लागि मंसिर ४ को निर्वाचनमा सुर्यमा मतदान गर्न आग्रह गरे । रुपन्देही–५ को आर्थिक समृद्धि र बिकास लागि व्यवस्थित र वृहत योजना तयार पारी अघि बढ्ने योजनामा रहेको बताउँदै घिमिरेले सो क्षेत्रलाई मुलुककै नमुना बनाउने दाबी गरेका छन् ।
विगतमा एमाले नेतृत्वको प्रदेश सरकार तथा स्थानीय सरकार हुँदा रुपन्देही–५ मा भौतिकपूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सिँचाई लगायतका विकासका काम देखिने गरि गरिएको र अझ सुधारका लागि योजनाबद्ध तरिकाले गरिने उनको भनाइछ । गठबन्धनको सरकारले जनतालाई ढाँट्ने कामबाहेक अरू केहीनगरेको उनको भनाई छ ।