© २०२३
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकास कुमार श्रेष्ठले सन २०३० सम्ममा नेपाल मध्ये विकसित मुलुकको सूचिमा रहने बताएका छन् ।
अहिले नेपाल संसारको ४८ अल्प विकसित मुलुक मध्येको एक देश हो । केही सूचांक लक्ष्य अनुसार प्रगति नहँुदा नेपाल अल्प विकसित मुलुकमा खुम्चनु परेको उनले बताए । प्रतिव्यक्ति आय, रोजगारी लगायतका समस्याहरूले गर्दा लक्ष्य अनुसार प्रगति नभएको उनको भनाई छ ।
प्रदेश नं. ५ पाँच वर्षको अवधीमा समृद्धिको वाटोमा अघि वढ्ने बताउँदै उनले शुन्यवाट शुरु गर्दा केही असहजता आएको बताए । सनिवार बुटवलमा भएको रोटरी क्लब अफ बुटवलको १२२५ औ नियमित बैठकमा उनले भने– शुन्यवाट काम शुरु गर्नु परेको छ त्यसकारणपनि सुस्त गतिमा छ, अवको ५ वर्षमा प्रदेशको मुहार फेर्न सकिन्छ ।’
प्रदेश सरकार गठन भएको छ महिना वढि भएपनि पूर्ण रूपमा काममा जान नसकिएको उनले बताए । ‘आन्तरिक व्यवस्थापन मै समय खर्च गुर्न परेको छ, योजना निर्माण पनि गरिरहेका छौ ।’ उनले भने– उनले छिट्टै प्रदेशको विस्तृत स्थीतिपत्र सार्वजनिक गर्ने बताए ।
संघीय सरकारले दिएको लिमिटेशनमा काम गर्नु पर्ने भएकाले पनि आफ्नै अगाडीको समस्या निराकरण गर्ने योजना वनाउन नसकिएको उनले बताए । उनले भने– सिद्धवावा क्षेत्रको पहिरो नियन्त्रण व्यवस्थापन संघिय सरकारको क्षेत्राधिकारमा छ । त्यो हामीले गर्छु भनेर पनि भएन । प्रदेश सरकारले विकल्प सडकको रूपमा वजेट बिनियोजन गरेको छ ट्रयाक पनि खुलिसकेको छ ।’
संघियता कार्यान्वयनको चरणमा रहेकाले अव त्यसको वेफाईदाको पाटो केलाउनु व्यर्थ हुने भन्दै अयोगका उपाध्यक्ष श्रेष्ठले संघियतामा राजश्व बढ्दो रहेछ भनेर पछुताउनुको कुनै अर्थ नुहुने बताए । उनले भने– संघियता खर्चालु रहेछ भन्ने कुरा संघियता लागु गर्नु अघि सोच्नु पर्दथ्यो । तिन तहको सरकार वनि सक्यो यसले गति ल्याई सक्यो, अब संघियता यस्तो उस्तो भन्नुको अर्थ छैन ।’ संघियताको मोडल तलबाट माथि हुनु पर्ने तर केन्द्रबाट तल लादिए जस्तो भएको बताउदै उनले नेपालमा जुन मोडलमा संघियता लागु गर्न खोजिएको थियो त्यो नभएको बताए । जिल्लाको कल्पना समेत नगरिएको संघियतामा अहिले जिल्ला अस्थीत्वमा रहनुले खर्च बढेको उनले बताए ।
तीन तहको सरकार चलाउदा खर्च वढ्नु स्वभाविक भएको बताउदै त्यसको मार जनतामा पार्न नहुनेमार सरकार सचेत रहेको उनले बताए । उनले पटके कर नलिन प्रदेश सरकारले स्थानिय तहलाई अनुरोध गरेको जानकारी गराउँदै नियमन गर्ने संरचना नहुदा केही समस्या थपिएको उनको भनाई छ । उनले सामाजिक संघ संस्था संग सहकार्य गरेर मात्र प्रदेशको संवृद्धि हासिल हुने बताउँदै रोटरीसंग पनि सहकार्य गरेर जान सकिने बताए । रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले प्रदेश सरकारसंग सामाजिक सेवामा सहकार्य गर्न चाहेको बताउँदै निति योजना र कार्यक्रममा सधै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।
बैठकमा पूर्व अध्यक्षहरू निर्मल लाकौल, अजयमान श्रेष्ठ, आमोद सिंमंगैडा, निवर्तमान अध्यक्ष राजेन्द्र लम्साल, रोटरीयनहरू जेपि कडेल, टिकाराम न्यौपाने, वसन्तबावु श्रेष्ठ राजेन्द्र जिसी लगायतले आयोगको काम कर्तव्य र अधिकार र समसामयिक विषयमा जिज्ञासा राख्नुको साथै सुझाव समेत पेश गरेका थिए । सो अवसरमा अगष्ठ महिनामा सत प्रतिशत वैठकमा उपस्थित हुने दुई दर्जन भन्दा वढि रोटरीयनहरूलाई सम्मान गरिएको थियो ।