© २०२३
नवलपरासी, ३० मंसिर ।
प्राचिन कोलनगर (पण्डितपुर) मा भई रहेको उत्खननले राजधानीमा पाईने आधार र प्रमाणहरू फेला पर्दै गएको उत्खनन् टोलीले जानकारी गराएको छ । राजाधानी क्षेत्रको विभिन्न तीन स्थानमा उत्खनन गर्दा उतm सामग्री सहितको प्रमाण भेटिएको हो ।
भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) पनि नभेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन् गर्दै आएको टोलीले भूभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको जानकारी गराएका थिए । प्राचिन सिल्कन माटाका भाडा, मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरू र खम्बाहरू गाडिएका अवशेष (पोष्टहोल) हरू फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउँदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्रको सिमा बारिह पनि होल गरि पुरातात्विक बस्तुबारे अनुसन्धान भईरहेको टोली प्रमुख ज्ञवालीले बताएका थिए । राजधानी क्षेत्र वरिपरी रहेका दह जस्तो (कुलो) बाहिर पुरातात्विक खोज भई रहेको छ, उनले भने, यसले अहिलेसम्म पहिचानमा आएको क्षेत्र बाहिर पनि केही पुरातात्विक आधार भेटिन्छ कि भनि पत्ता लगाउन कुलो बाहिर खोजी भइरहेको छ ।
उनका अनुसार पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा उत्खनन् गर्न थालिएपछि पूर्वाधार भेटिन थालेको छ, यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नुपर्नेछ । बुद्धको मावली भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै अन्य देशी विदेशीहरूले समेत चाँसो ब्यतm गर्दै आएका छन् । विगत दुई दशक देखि नियमित रूपमा उत्खनन, जिओफिजिक्स(भूभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसन्धान भइरहेको छ । कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ ।
भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महŒवपूर्ण स्थान हो । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह, ब्याग्रपथ, ब्याग्रपुर, बघौरतप्पा, राजधानी रामग्राम, कोलनगर हँुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भइसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी