© २०२३
मेक्सवेल्थ इन्भेस्टमेन्ट प्रालिको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा अध्यक्ष नारायण प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै शेयर धनीलाई धेरै भन्दा धेरै मुनाफा दिने लक्ष्य लिएको बताए । उनले कम्पनी शेयर खरिद बिक्रि घर जग्गाको कारोवार लगायतका लगानी गर्न मिल्ने क्षेत्रमा लगानी गरेको जानकारी दिए । संचालक नेत्र गहिरे, बबिता भण्डारी, पारसणी ज्ञवाली, मिलन अधिकारी, शिबराज अधिकारी, कविता थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०७४ पुस ५ गते विधिवत रूपमा संचालन भएको उक्त कम्पनीमा ४० जना शेयर सदस्य रहेका छन् ।