© २०२३
एक्सन कन्स्ट्रक्सन ईक्युमेन्ट लिमिटेड(एसिइ) को उत्पादनको शुक्रबार रूपन्देहीमा लन्चिङ्ग गरिएको छ । एसिइको नयाँ उत्पादन भ्याकु लोडर ए एक्स १२४ मोडल लन्च भएको हो । कम्पनीले आफ्नो उत्पादनको लन्चिङ नेपालमै पहिलोपटक रूपन्देहीबाट गरेको हो । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले शुक्रबारबाटै ४१ वटा देशमा पठाएको छ ।
प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उत्पादनको लन्च गर्दै विकास निर्माणमा प्रविधिको प्रयोग जरुरी देखिएको बताए । उनले प्रदेश सरकारले लिएको लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए । कम्पनीले सस्तो र राम्रो सेवा दिनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा एसिइका ईन्टरनेशनल मार्केटिङ्ग प्रमुख अजय मल्लिक, नेपालका लागि आधिकारीक विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशकद्वय टंकप्रसाद पाण्डे र मोहन चापागाई, एसिइका प्रोडक्ट म्यानेजर अनुप मिश्राले नया उत्पादनका विशेषताहरूका बारेमा जानकारी दिएका थिए । नयाँ लन्च गरिएको भ्याकु टु व्हीलर ड्राईभ र फोर व्हीलर ड्राईभ अप्सनमा उपलब्ध रहेको प्रोडक्ट म्यानेजर मिश्रले बताए । जसको १.१ क्युबिक मिटर बाई ०.२४ क्युबिक मिटर क्षमता रहेको छ ।