ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

पण्डितपुरमा ‘लोपोन्मुख कोलवृक्ष’

दुई सातादेखि उक्त राजधानी क्षेत्रमा उत्खनन् कार्य भइरहँदा भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन् गर्दै आएको टोलीले भूभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको जानकारी गराएको थियो ।
२५ मंसिर २०८१, मंगलवार
२५ मंसिर २०८१, मंगलवार

नवलपरासी, २५ मंसिर ।
प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर (पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष फेला परेको छ । कोलवृक्षले नै कोलिय गणराज्यको नामाकरण भएको र उक्त गणराज्यको राजधानी क्षेत्रमा दुर्लभ मानिने कोलवृक्ष कुलोमा रहेको झाडीमा भेटिएको हो ।
स्थानीयले समान्य झाडी भन्दै काट्दै फाल्दै गरेको तर अहिले कोलवृक्ष नै रहेको पहिचानमा आएको स्थानीयले देखाए । यहाँका स्थानीयबासीलाई यो झाडीबारे जानकारी नै थिएन्, त्यही भएर विगत बर्षदेखि नै उक्त झाडी काट्दै पाल्दै आउने गरेका थिए । अहिले ती राजधानी क्षेत्रमा पुरातत्व विभागले उत्खनन् समेत गरिरहेको छ । उत्खनन्को क्रममा सो स्थानको पहिचय गराउँदा कोलवृक्षको समेत परिचयात्मक कार्य गर्दा त्यस्ता झाडीदार रुखहरू कुलो किनारमा भएको देखाए पछि ती क्षेत्रका कोलवृक्ष संरक्षण गर्नुपर्ने स्थानीयले महशुस गरेका छन् । रुखको आधा भाग काट्दा समेत बचेका भाग देखाउदै एक स्थानीयले यसको महत्वबारे थाहा थिएन्,धेरै यस्तै झाडीदार कोलवृक्षका विरुवा र रुखहरू काटेर पालिसकेका छन् । बचेका बाकी कोलवृक्ष अब बचाएर संरक्षण गरि राख्नु पर्ने नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताएका छन् । उनले पुरातात्विक बस्तुसँगै यो कोलवृक्षको पनि संरक्षण उत्तिकै आवश्यक रहेकोले संरक्षण गर्न स्थानियसँग आग्रह गरेका थिए ।

गत दुई सातादेखि उक्त राजधानी क्षेत्रमा उत्खनन कार्य भई रहदा भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भूभौतिक सर्वेक्षण अनुसारको पूर्वाधार भेटिन थालेको जानकारी गराएको थिए । पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भूभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पूर्वाधार भेटिन थालेको छ,यद्यपी यसको बिस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन् गर्दा इटको पर्खाल भेटिएको देखाउँदै उनले अझै ती पर्खाल मुनि केही छ ।

बुद्धको मावली भएको उक्त स्थानको खोज अनुसंधानका लागि स्थानियको मागसँगै अन्य देशी विदेशीहरूले समेत चाँसो ब्यक्त गर्दै आएका छन् । विगत दुई दशकदेखि नियमित रूपमा उत्खनन, जिओफिजिक्स (भूभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसन्धान भई रहेको छ । कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिइने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचारप्रसार हुन सकेको छैन । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया, पालन गर्ने प्रजावति गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुँदा संसारका बौद्धमार्गीका लागि एक महत्वपूर्ण स्थान हो ।

कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठूलो योगदान हुनुपर्छ । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह, ब्याग्रपथ, ब्याग्रपुर, बघौरतप्पा, राजधानी रामग्राम, कोलनगर हुँदै अहिले स्थानीयले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुँदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसन्धान तथा भूभौतिक सर्वेक्षणले देखाएको छ ।

बुद्ध जन्मनु पूर्वकालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण (कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पूर्व ६ सय पुराना प्राचिन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविद्हरूको अनुमान छ । यस गणराज्यको सीमा उत्तरमा चुरे पहाड, पूर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो । त्यसमध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको वन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो  लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।

महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो ।

सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?