ट्रेंडिंग:

>> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित

लुम्बिनी प्रदेशस्तरीय स्ट्रेन्थलिफ्टीङ प्रतियोगिताको तयारी

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

बुटवल, १९ कात्तिक ।
अन्तराष्ट्रियस्तरमा छोटो समयमा पहिचान बनाउन सफल भएको स्ट्रेन्थ लिफ्टीङ खेल र खेलाडीको विकास अघि बढेको छ । लुम्बिनी प्रदेश स्ट्रेन्थलिफ्टीङ संघको प्रथम बैठक तथा छलफलले खेलाडीहरुलाई संगठित गर्दै प्रदेशस्तरको प्रतियोगिता गर्ने तयारी गरेको छ । नेपाल स्ट्रेन्थलिफ्टीङ महासंघका महासचिव जीवन गिरीले बैठकको औपचारिक रुपमा उद्घाटन गर्दै खेल र खेलाडीहरुको विकासमा सरकार उदासिन देखिएको दुखेसो गरे । नीजि क्षेत्रको लगानीमा फिटनेश तथा जिमका खेलाडीहरु उत्पादन भएको भन्दै अब सरकारको थप सहयोग जरुरी रहेको बताए । अन्तराष्ट्रियस्तरमा छोटो समयमा पहिचान बनाएको स्ट्रेन्थलिफ्टीङ खेल र खेलाडीहरु संगठित गर्ने अभियानमा आफु लागेको उनले बताए । खेलबारे ज्ञान दिने, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा स्ट्रेन्थलिफ्टीङको संगठनात्मक बिस्तार र कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । क्रिकिस्तानमा सम्पन्न विश्व च्याम्पियनमा सहभागी भएर आफुले मेडल जित्दा निक्कै गौरव लागेको बताउदै उनले यो खेलबाट अन्तराष्ट्रियस्तर सम्भावना रहेको दाबी गरे ।
लुम्बिनी प्रदेश स्ट्रेन्थलिफ्टीङ संघका अध्यक्ष नवराज डुम्रेले सुर्खेतमा हुने १० औ राष्ट्रिय खेलकुद २०८१ लाइ लक्षित गरि देशभर प्रतियोगिता गर्न जरुरी रहेको बताए । फागुनको दोस्रो हप्ता प्रदेशस्तरको प्रतियोगिता गर्ने उनले बताए । नेपालसहित भुटान, भारत, बंगलादेश गरि चारदेश सहभागी हुने गरि अन्तराष्ट्रिय प्रतियोगिता समेत गर्ने निर्णय भएको उनले बताए । बुद्ध जन्मभुमिसंगै खेललाई प्रचार गर्ने रुपमा कपिलबस्तुमा अन्तराष्ट्रिय खेल प्रतियोगिता गने उनले बताए ।
नेपाल स्ट्रेन्थलिफ्टीङ महासंघका सदस्य बिजेन्द्रमान श्रेष्ठले यो महंगो खेल भएको बताए । लगानी धेरै हुने तर सरकारबाट लगानी न्युन हुदा सोचेजस्तो विकास हुन नसकेको दुखेसो गरे । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलोपटक पर्न सफल रहेको यो खेल विकासमा आफुहरु अघि बढेको बताए । आईरन गेम मानिने यो खेलका विधाहरु रहेको उनले बताए ।
बडि वेट, मास्टर, पुरुष र महिला गरि विभिन्न क्याटोगरिमा प्रतियोगिता हुदै आएको उनले बताए । अहिलेसम्म २ राष्ट्रिय, १ प्रदेश, १ जिल्ला गरि प्रतियोगिता सम्पन्न भएको तथा सिक्किम, क्रिक्रिस्तान, भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जित्न सफल भएको उनले बताए । रुपन्देहीमा ४० र प्रदेशभरि १ सय बढि फिटनेश र जिम सेन्टर तथा लुम्बिनी प्रदेशमा ३ सय खेलाडीहरु रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission