© २०२३
बुटवल, १९ मंसिर ।
निर्माणको मौसममा रूपन्देहीका सिमेन्ट उद्योगीहरूले एकाएक मूल्य बृद्धि गरेका छन् । आधारविना मूल्य बृद्धि गरिएको आरोप उपभोक्ताको छ । हप्तादिन अघि सिमेन्टको मूल्य प्रति बेरा (५० किलो) मा १ सय रूपैयाँ बढि बृद्धि भएको उपभोक्ताको भनाइ छ ।
अधिल्लो साता बजारमा सिमेन्टको मूल्य प्रतिबोरा ३ सय ९० मा बिक्री भैरहेको भएपनि दोस्रो साता भने उद्योगीहरूले एका एक प्रतिबोरामा १ सय मूल्य बढाएर बजार पठाएपछि सिमेन्ट उद्योगको बदमासी बाहिर आएको हो ।
सिमेन्ट उद्योगमा प्रयोग हुने कुनैपनि कच्चा पदार्थहरूकोे मूल्य बृद्धी नहुँदा सिमेन्ट उद्योगहरूले एकाधिकार गरेर मूल्य बढाएको निर्माण ब्यबसायीहरूको आरोप छ । निर्माण ब्यबसायीहरूले भने रूपन्देहीमा रहेका सिमेन्ट उद्योगले मनपरी मूल्य बृद्धी गरेर एका एक बोरामा एक सय बढी मूल्य बनाएको भन्दै तत्काल मूल्य समायोजन गर्न माग समेत गरेको छ ।
कोरोनाकालपछि निर्माण क्षेत्र सुस्त भैरहेको र केही समय यता निमार्णक्षेत्र बिस्तारै उकालो लाग्दै गर्दा सिमेन्ट उद्योगीहरूले मूल्य बढाउँदा त्यसको असर निमार्ण कार्यमा पर्ने निर्माण व्यवसायीको भनाइ छ । रूपन्देहीमा सिमेन्टको मूल्य बढाउनु पर्ने कारण खोज्नुपर्ने भन्दै मनपरी मूल्य बृद्धी गर्ने उद्योगीलाई सरकारले कारवाही गनुपर्ने माग समेत गरेका छन । पछील्लो समय एकाएक सिमन्टमा गरीएको मूल्य बृद्धीले निर्माणाधिन क्षेत्रमा हुन लागेका निमार्ण कार्यहरू प्रभाबित हुने देखीएको ब्यबसायीहरूले बताएका छन । रूपन्देहीमा रहेका सिमेन्ट उत्पादक कम्पनीहरू अर्घाखाँची सिमेन्ट उद्योग, सर्वोत्तम सिमेन्ट उद्योग, अम्बुजा सिमेन्ट उद्योग, पाल्पा सिमेन्ट, जगदम्बा सिमेन्ट उद्योग, सिद्धार्थ सिमेन्ट उद्योगका सन्चालकहरू मिलेर उद्योगमा पर्याप्त कच्चा पदार्थ हुँदाहुँदै सिमेन्टको मूल्य बृद्धीलाई कायम राख्न उत्पादन क्षमतालाई कम गरेर बजारमा सिमेन्टको अभाव देखाउन समेत उद्योगीहरू लागिरहेको पाईएको छ ।
एक साता अगाडि सिमेन्ट उद्योगहरूले प्रतिबोरा फेक्ट्री मूल्य ३ सय ५० रहेकोमा हाल आएर ५ सय ५० बनाएको एक ब्यबसायी बताउँछन । उनले भने–‘पिपिसी सीमेन्ट ३ सय ५० थियो बढेर अहिले ५ सय ५० मा आएको छ भने ओपिसी सिमेन्ट पहिला ४ सय ४० रहेकोमा अहिले बजारमा ६ सय ४० मा बिक्री भैरहेको छ ।’ सिमेन्ट उद्योगीले एकाएक मूल्य बृद्धीबारे सुक्ष्म अनुसन्धान भैरहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
उनले भने–‘बजारमा देशैभरीका सिमेन्ट उद्योगीहरू मिलेर कार्टेलिड्ड गरे भन्ने खालको कुरा आएको छ ।’ उनले यो विषयमा थपे–‘हामीले बुझ्दै छौं यदि त्यस्तो भएको पाईए कानून बमोजिम कारवाही हुन्छ ।’ बजारमा सिमेन्टको मूल्य बढेपछि पछिल्लो दिनमा निर्माणको काममा समेत सुस्तता आएको छ ।
यता रूपन्देहीमा रहेको अम्बुजा सिमेन्ट उद्योगका सञ्चालक ऋषिकेश अग्रवालले सिमेन्ट उद्योगले पर्याप्त मात्रामा किलिंकर नदिएको र मूल्य समेत बढाएको कारण सिमेन्ट उत्पादनमा समस्या भएको बताए । उनले भने–‘सिमेन्ट उद्योग बाट समस्या भएको होईन, क्लिन्कर उत्पादन हुने उद्योगबाट नै समस्या सृजना भएको हो, जसको कारण मूल्य बढेको हो । ’
नेपाल राष्ट्र बैंकको २०७८ सालको अध्ययनले सरकारी तथा निजी लगानीका उद्योगको तुलनामा विदेशी लगानीका उद्योगको नाफा धेरै रहेको देखाएको छ । उक्त अध्ययनले तीन वर्षमा सिमेन्टको माग दोब्बर हुने निष्कर्ष निकालेको थियो । तर, कोरोना, घरजग्गा कर्जामा कडाइ, आर्थिक मन्दी, सरकारी विकास निर्माणमा सुस्तताका कारण तत्काल सिमेन्टको खपत घटे पनि आगामी दिनमा माग बढ्दै जाने देखिएको छ । किनभने सरकारले पनि नेपालको व्यापार सन्तुलनका लागि प्रमुख वस्तुका रूपमा सिमेन्टलाई राखेको छ ।
नेपाल व्यापार एकीकृत रणनीति २०७९ निर्यातका उदीयमान वस्तुको सूचीमा सिमेन्टलाई पनि राखिएको छ भने सिमेन्ट उत्पादन वृद्धि र लगानी संरक्षणमा सरकारले जोड दिँदै आएको छ । निर्यात अनुदानको व्यवस्थासँगै नेपाली सिमेन्ट निर्यातसमेत हुन थालेको छ । नेपालमा ओपिसी, पिपिसी र पिएससी गरी तीन थरी सिमेन्ट उत्पादन हुन्छन् ।
ओपिसीमा ३३, ४३ र ५३ ग्रेड रहेका छन् ।