© २०२३
नवलपरासी, १९ मंसिर ।
जिल्लामा किसोरीको प्रजनन् स्वास्थ्य समस्या चुनौतीपूर्ण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएको छ । विहाबारी बीस बर्ष पारी, नारा बनाई किशोर किशोरीको प्रजनन् स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएपनि कार्यक्रमहरू प्रभावकारी नहुँदा किशोरी प्रजनन् स्वास्थ्यको समस्या देखिएको हो ।
किशोरीहरू गर्भवती हुने संख्यामा वृद्धि हुँदै जाँदा प्रजनन् स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्याँकले देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किशोरी गर्भवती भएका छन् । एकातर्फ किशोरी अवस्थामै २० बर्ष मुनि नै गर्भवती हुन र अर्कोतिर प्रोटोकल अनुसार गर्भवती किसोरीहरूले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएका छ । चार जना गर्न किशोरी गर्भवती मध्ये प्रोटोकल अनुसार पहिलो पटक गर्भ जाँच गराउने संख्या २ सय ८२ रहेको छ । ४ पटक गर्भवती जाँच सेवा लिइने क्रम घट्दै गएको पनि देखाएको छ । जस्मा ४ पटक गर्भवती जाँच गराउने संख्या घटेर २ सय ४३ रहेको छ । यसमा स्वास्थ्य कार्यालयले गुणस्तरिय तथा प्रभावकारी सेवा सञ्चालन र सबै संस्थामा सूचिकृत नहुने प्रमुख समस्याको रूपमा पहिचान गरेको छ ।
त्यसैगरि समाधानका लागि पूर्वाधारको ब्यवस्थापन र दक्ष स्वास्थ्यकर्मीको उपलब्धता तथा अनुगमन गरी सुचिकृत गरिदिन सिफारिस गरिनुपर्ने उल्लेख गरिएको छ । यसको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य कार्यालय र पालिकाका स्वास्थ्य शाखाहरू हुनुपर्ने बताइएको छ । संघीय सरकारले नै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । तर संघीय सरकारले विभिन्न मापदण्ड जारी गरे पनि स्थानीय तह र प्रदेश सरकारका जिल्ला स्वास्थ्य कार्यालयहरूले सो क्षेत्रमा प्रभावकारी ढंगले काम नगर्दा किशोरी प्रजनन् स्वास्थ्य चुनौती बन्ने गरेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । सरकारले विभिन्न दातृ निकायलाई देखाउनका लागि कानुन, मापदण्ड बनाउने तर बनाएर थन्काउने कार्य मात्रै गरेको जस्तो देखिएको उनको आरोप थियो ।
स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोरकिशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो । जारी निर्देशिका अनुसार किशोरकिशोरी मैत्री सेवा सञ्चालन पूर्व विभिन्न मापदण्ड पुरा भएको भनि नगरपालिकाले प्रमाणित गर्नुपर्छ । जुन मापदण्ड अनुसार किशोरकिशोरीहरूको स्वास्थ्य सम्बन्धि जानकारी,समुदायको सहयोगबारे जानकारी हुनुपर्छ । त्यसैगरि सेवा प्रवाहको उपयुक्त प्याकेज,स्वास्थ्यकर्मीको दक्षता, उपयुतm स्वास्थ्य सस्थाको विशेषता, भेदभाव रहित समतामुलक सेवा, तथ्यांक र गुणस्तर सेवा, किशोर किशोरीको सहभागिताको आधारमा विभिन्न मापदण्ड भएपछि स्वास्थ्य शाखाले प्रमाणिकरण गर्नेछ ।
किशोरकिशोरी मैत्री सेवा अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य सेवा,परामर्श र प्रेषण सेवा,परिवार योजना वा नियोजन सेवा,परामर्श र प्रेषण सेवा कम्तीमा कण्डम, पिल्स, तीन महिने सुई, आकस्मिक गर्भ निरोधक साधन) को सेवा,पोषण सम्बन्धि जानकारी वार परामर्श सेवा, यौनजन्य संक्रमण तथा एचआईभी नियन्त्रण,रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनु पर्छ ।
त्यसैगरि हिँसाबाट बच्ने उपायबारे जानकारी वा परामर्श र प्रेषण सेवा, लागूपदार्थ दुब्र्यसनबाट बच्ने उपायको बारे जानकारी वा परामर्श र प्रेषण सेवा र मानसिक समस्या सम्बन्धि जानकारी वा परामर्श र प्रेषण सेवाहरू दिइएको हुनुपर्छ । यि सबै सेवाहरू भएको र आवश्यक पूर्वाधार र गोपनियताको हिसाबले पनि गोप्य र सुरक्षित स्थान हुनुपर्छ । यी सबै मापदण्ड र सेवा भए पछि सस्था प्रमाणिकरण हुन्छ । सस्थाहरू प्रत्येक तिन बर्षमा पुनः प्रमाणित गराउनु पर्ने हुन्छ । सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरूले प्रत्येक ६ महिनामा सस्थाको स्वःमुल्याँकन गरी प्रमाणिकरण गर्ने निकायलाई जानकारी गराउनु पर्छ । सरकारी स्वास्थ्य संस्था मात्रै नभई निजी स्वास्थ्य सस्थाहरूलाई पनि सो मापदण्ड अनुसारको सेवा प्रवाह गराउन समेत लगाउनु पर्ने निदेशिकामा उल्लेख गरिएको छ ।
त्यसै गरि प्रत्येक ६ महिनामा सेवा प्रवाह गर्ने स्वास्थ्य सस्थाले स्वःमुल्याँकनका लागि अनुसुचि ३ बमोजिम भौतिक पुर्वाधार र संरचनामा किशोरकिशोरीलाई सेवा प्रदान गर्दा अरूले देख्ने सुन्न नसक्ने गरी गोपनियताको कायम राख्ने ब्यवस्था,स्वच्छ वातावरण र विद्युत आपूर्ति रहेको, संस्थामा नियमित विद्युत आपुर्ति रहेको र सेवाग्राहीले पालो पर्खदा बस्नको लागि उपयुतm ब्यवस्था भएको हुनु पर्ने उल्लेख छ ।
औजार उपकरण र समाग्रिमा तौल तथा उचाई मापन गर्ने उपकरण उपलब्ध भएको,कण्डम राख्ने बाकस सबैको पहुँच हुने गरि राखिएको, स्तेथोस्कोप तथा बीपिीसेट भएको, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नेपाल सरकारले तोके बमोजिम औषधीको उपलब्धता भएको र सेवा प्रदायक स्वास्थ्यकर्मीहरूको नियमित उपस्थिती रहेको अवस्था अनुसार अंकभार तोकिएको छ ।
यसैगरि ब्यवस्थापन तर्फ उपलब्ध स्वास्थ्य सेवा निःशुल्क वा सहुलियत दरमा किशोरकिशोरीलाई प्रदान गर्ने गरेको, किशोरकिशोरीहरूले छिटोछरितो रूपमा सेवा पाउने ब्यवस्था भएको, नागरिक बडापत्रमा किशोरकिशोरी मैत्री सेवा र सेवा प्रप्त गर्ने लाग्ने समय र शुल्कबारे स्पष्ट उल्लेख भएको, किशोरकिशोरीलाई चाहिएको सेवा स्वास्थ्य संस्थामा उपलब्ध नभएमा प्रेषण गरिने स्वास्थ्य संस्थाको विवरण उपलब्ध भएको, संस्थामा गुनासो पेटिका रहेको, प्राप्त गुनासाहरूलाई नियमित रूपमा सम्बोधन गर्ने गरेको, स्वास्थ्य सस्थामा हुने बैठकहरूमा किशोरकिशोरीहरूको सहभागिता कम्तीमा ५० प्रतिसत बैठकमा हुने गरेको र माईन्युट गरेको, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका लागि स्थानीय तह वा स्वास्थ्य संस्थाले बजेट बिनियोजन गेको किशोर किशोरी मैत्र सेवा अंगिकृत लोगो देखिने गरि राखिएको आधारमा पनि अंकभार तोकि स्वःमूल्यांकन गर्नुपर्छ ।
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सामग्री र प्रोटोकलहरूको उपलब्धता अन्तर्गत किशोरकिशोरी स्वास्थ्य अधिकार सम्बन्धि ८ वटा पुस्तिकाहरू सेट किशोरकिशोरीको पहुँचमा भएको र किशोरकिशोरीले सहज तरिकाले पढन वा लैजान पाउने किशोरकिशोरी र यौनिकता,यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि शिक्षा सामग्रीहरूको उपलब्धता भएको समेत उल्लेख गरिएको छ । सेवा उपलब्धता, स्वास्थ्यकर्मीहरूको क्षमता र दक्षता, समुदायको सहयोग,तथ्याँक एवंगुयास्तर सुधार अंक समेत तोकिएर स्वःमूल्यांकन भर्नुपर्ने उल्लेख गरिएको छ । तत्पश्चात किशोरकिशोरीसँगको अन्तरवार्ता, ब्यवस्थापन समितिसँगको अन्तरवार्ता समेत लिइनु पर्ने रहेको छ ।