ट्रेंडिंग:

>> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान >> बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुभारम्भ

बुटवलमा रोजगार मेला

१८ असार २०७५, सोमबार
१८ असार २०७५, सोमबार

बुटवल, १७ असार ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ र रोजगार सुचना केन्द्र श्रम कार्यालय बुटवलको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघको आतिथ्यमा आजदेखि बुटवलमा रोजगार मेला सुरु भएको छ ।
रोजगारदाता र कामको खोजिमा रहेका युवाहरुबीच सम्पर्क बिकास गरी रोजगारी प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजना गरीएको मेलामा यस क्षेत्रका उद्योगी र रोजगारका लागि इच्छुक युवाहरुले फारम भरी आफनो उद्योग व्यवसायका लागि आवश्यक जनशक्ति उपलब्ध हुने र सीप भएका युवाले रोजगारको अवसर पाउने बिश्वास गरीएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा दुई दिनसम्म चल्ने मेलाको आज एक कार्यक्रमका बीच प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरीले उदघाटन गर्नुभयो ।
त्यसअवसरमा बोल्दै मन्त्रि गिरीले परम्परागत शैलिको उद्योग व्यापार र सीपले अहिलेको बजारलाई थेग्न नसक्ने भएकाले उद्योगलाई प्रबिधि र जनशक्तिलाई सीपयुक्त बनाई बैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै कामको वातावरण बनाउनु पहिलो आवश्यकता भएको बताए । उनले प्रदेश नम्वर ५मा रहेका राजापुरको चामल उद्योग, बुटवलको धागो कारखाना र नवलपरासीको चिनि उद्योगलाई राम्रो संग चलाएर सरकार आफैले पनि रोजगारीका अवसरको निरन्तरता र नयाँको खोजी गर्नु पर्ने बताए । मन्त्रि गिरीले यस क्षेत्रमा पर्यटनमा लगानी बढाउन उद्योगी व्यवसायीलाई र त्यसका क्षेत्रमा आवश्यक सीप लिएर दक्ष बन्न श्रमिक मजदुरहरुलाई आग्रह गरे ।
प्रदेश महासंघका अध्यक्ष गुणनिधि तिवारीले साना तिना सीपमुलक तालिम मात्र नभएर उद्योगका लागि चाहिने जनशक्ति तयार गर्न प्राबिधिक बिश्व बिद्यालय खोल्न ढिलाई गर्न नहुने बताउनु भयो ।महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले प्रदेश नम्वर ५ पर्यटन, उद्योग र कृषिका क्षेत्रमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले समृद्ध प्रदेश बनाउन आवश्यक नीति नियम बनाई लगानीको वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले उद्योगि र श्रमिकबीचको सम्वन्ध जति सुदृढ हुन सक्यो त्यत्ति नै उद्योगि र मजदुरले लाभ लिन सक्ने बताउर्दै परम्परागत शैलिमा दुबैले परिवर्तन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्साद न्यौपाने, नवलपरासीका अध्यक्ष केशव भण्डारी, तिलोत्तमाका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, प्रदेशका उपाध्यक्ष दिपक पौडेल, बुटवलका कार्यकारी सचिव सञ्जय ज्ञवाली, उद्योगि बिदुर ढुगांना, जिफण्टका प्देश उपाध्यक्ष डोलराज पौडेल, श्रम कार्यालयका प्रतिनिधि प्रकाश घिमिरे लगायतले बोलेका थिए . 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%