ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

माटोमा हराउँदै उर्वरा शक्ति

५ मंसिर २०८१, बुधबार
५ मंसिर २०८१, बुधबार

कपिलवस्तु, ०५ मंसिर ।
रासायनिक मलको बढ्दो प्रयोग र प्राङ्गारिक पदार्थ घट्न थाले सँगै माटोको उर्वराशक्ति घट्न थालेको छ । जिल्लाको बिजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाको ५ वटा वडामा गरिएको माटोको नमुना परिक्षणमा सो तथ्य भेटिएको हो । दुवै पालिका सँगको समन्वयमा सेचेन करुणा नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको नेपाल एकिकृत बिकास परियोजना दुई अन्र्तगत ती पालिकामा १ सय ७४ वटा माटोको नमुना परिक्षण गरिएको थियो । बाँकेको खजुरा स्थित माटो तथा मल परिक्षण प्रयोगशालाका कार्यालय प्रमुख कोमल शाही सहितको ४ सदस्यीय प्राबिधिक टोलीले दुवै पालिकाको माटो परिक्षण गरेको हो । माटोको अम्लीय, लवण तथा क्षारिय अवस्था पत्ता लगाउने, माटोमा नाइट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थको अवस्था निर्धारण गर्ने र माटोमा बालि अनुसारको मलको मात्र सिफारिस गर्न सहयोग प¥र्याउने उद्देश्यले माटो परिक्षण गरिएको हो ।

जिल्लाको बिजयनगर गाउँपालिकाको वडा नम्बर १, २ र ७ को १ सय २२ वटा माटोको नमुना परिक्षणका क्रममा पिएचको मात्रा तठस्थ, फास्फोरस धेरै, नाईट्रोजन र पोटास थोरै तथा प्राङ्गारिक पदार्थ एकदमै थोरै भेटिएको छ । त्यसैगरि यशोधरा गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ५२ वटा माटोको परिक्षण गर्दा पिएचको मात्रा तठस्थ क्षारिय, फास्फोरस धेरै, नाईट्रोजन थोरै, पोटास मध्यम तथा प्राङ्गारिक पदार्थ एकदमै थोरै भेटिएको छ । माटोमा ६ दशमलव ५ भन्दा कम पिएच भेटिए त्यसलाई अम्लिय, ६ दशमलव ५ देखी ७ पिएच सम्म तटस्थ र ७ पिएच भन्दा बढि भए क्षारिय मान्ने गरिएको हुन्छ ।

माटोमा क्षारियपना भेटिए जिप्सन प्रयोग गर्नु पर्ने भए पनि सो को मात्रा सिफारिस नभएकाले कम्पोष्ठ, गोबरमल प्रयोग गर्नु कृषि प्राबिधिक बताउँछन । दुवै पालिकामा गरिएको माटो परिक्षणका क्रममा प्राङ्गारिक पदार्थ एकदमै थारै भेटिएको सेचेन करुणाका कपिलवस्तु फिल्ड अफिसका प्रमुख हुमलाल अधिकारीले जानकारी दिए । उनले माटोमा कम्पोष्ट मलको प्रयोग घट्दा उत्पादकत्व घटेको बताए ।

दुवै पालिकामा गरिएको माटो परिक्षणको क्रममा माटोमा प्राङ्गारिक पदार्थ ३ प्रतिशत भन्दा धेरै कम भेटिएको सेचेन करुणाका खाद्य सुरक्षा तथा आर्थिक बिकास कार्यक्रमका कार्यक्रम प्रबन्धक प्रदिप न्यौपानेले जानकारी दिए । दुवै पालिकामा किसानहरू युरिया, डिएपी जस्ता रासायनिक मलमा बढि निर्भर भै रासायनिक मलको प्रयोग बढाउदा माटोमा प्राङ्गारिक पदार्थ धेरै न्यून भेटिएको उनले अनुभव सुनाए । माटोमा प्राङ्गारिक पदार्थ कम हुुँदा बाली उत्पादन कम हुने, माटोको पानी सोस्न सक्ने क्षमता घट्ने तथा मित्रजिव वा ब्याक्टेरिया नष्ट हुने गर्दछन । जस्का कारण माटोको उर्वराशक्ति क्षिण हुन पुग्दछ । माटोमा प्राङ्गारिक पदार्थ बढाउन बढि भन्दा बढि कम्पोष्ट मलको प्रयोग, गोबर मल, घैचा, हरियो मल र प्राङ्गारिक मल प्रयोग बढाउन आवश्यक रहेको न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?