© २०२३
नवलपरासी, ०४ मंसिर ।
जिल्लाको सिमावर्ति सुस्ता गाउँपालिका भरि नारायणी (गण्डकी) नदीबाट ढुंगा र बालुवा चोरी गरि केराबारीमा लुकाई छिपाई राख्ने गरेको पाइएको छ । गाउँपालिकाकै मिलोमतोमा उक्त चोरी गरि लुकाएर राख्ने तथा विगतमा बैधानिक निकासी गरि स्टकको नाउँमा ती ढुंगा र बालुवा विक्री वितरण गर्ने गरिएको हो ।
अवैध चोरी निकासी रोक्ने निकाय प्रहरीको भएको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्रतिकृया दिएका छन् । चोरी निकासी भईरहेको छ,तर त्यो रोक्ने र कानुनी दायरामा ल्याउने कार्य प्रहरीको भएको बताउँदै उनले प्रहरी नै आफ्नो जिम्मेवारीमा चुकेको आरोप लगाए ।
राती भरी नदीबाट टेक्टरले बालुवा ढुंगा चोर्ने र बिक्री गर्ने गरेका छन्, सुस्ता ३ नर्सहीका एक स्थानीयले भने, यसमा गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिले समेत मौन स्वीकृति दिएका छन् । प्रहरीले समेत लाईन खाने गरेको छ । त्यो भएर नर्सहीको गाउँमा ठाउँ ठाउँमा अबैध बालुवा तथा ढुंगा भण्डारण गरेको देख्न सकिन्छ । नियमन गर्ने निकायको मिलोमतोमा गण्डक नदीबाट चोरी तस्करी गर्ने गरिएको उनको भनाई थियो । नर्सही गाउँको पश्चिम तर्फ रहेको बालुवा खानी क्षेत्रबाट पनि बेला बखत चोरी हुने गरेको तर अहिले सबै भन्दा बढि नदीमा गर्ने गरेको दाबी उनको थियो । चोरी तस्करी गरि राखिएका ति समाग्रि पछि टिपरमा राखेर भैरहवासम्म पु¥याउने गरिएको छ ।
नर्सहीको केराबारीमा जहाँ तही त्यस्ता अवैध भण्डारण हेर्न देख्न पाईन्छ । खुलेयाम चोरी तस्करी हुँदा यहाँका प्रहरी प्रशासन समेत मौन बसेकोमा उनीहरूको संलग्नता रहेको त्यसै पुष्टि हुन्छ, उनले थपे, होईन भन्ने तस्करहरू सरकार भन्दा माथि कसरी हुन्छन् । सर्वसाधारणले घरको प्रयोजनलाई ल्याउँदा प्रहरीले रोक्ने छेक्ने गर्छ, उनले प्रश्न गर्दै भने, गाउँपालिकाले वातावरणिय बहानाबाजी गर्दै अनुमति नदिईने तर जहाँ तही गरिएको अबैध भण्डारण कस्को हो ? के गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी यो क्षेत्रमा आउँदा आँखा बन्द गरेर आउँछन ? हेर्न सक्दैनन ? लाखौंको बालुवा र ढुंगा गाउँपालिका र प्रहरीको मिलोमतोबारे जिल्ला समन्वय समिति र जिल्ला स्थित सुरक्षा निकायलाई समेत जानकारी गराउँदा पनि नसुने जस्तो गरेको आरोप उनको थियो ।
अवैध चोरी निकासी रोक्ने निकाय प्रहरीको भएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्रतिकृया दिएका छन् । चोरी निकासी भई रहेका छन्,तर त्यो रोक्ने र कानुनी दायरामा ल्याउने कार्य प्रहरीको भएको बताउँदै उनले प्रहरी नै आफ्नो जिम्मेवारीमा चुकेको उनले दाबी गरे ।
यता इलाका प्रहरीले नदी जन्य पदार्थको निकासी र नियमन गर्ने कार्य स्थानिय तह(सरकार)हरूको भएको बताएका थिए । खोलाजन्य समाग्रिबाट राजस्व उठाउने जिम्मेवारी स्थानिय तहको भएको र त्यसको संरक्षण,नियमन,रोकथाममा गाउपालिकाले जिम्मेवारीबोध गरि गर्नु पर्ने तर्क प्रहरीको छ । एकले आर्कालाई आरोप प्रत्यारोप लगाउने भए पनि गाउपालिका र प्रहरी दुबै निकाय तस्करहरूसँग कमिसन खाने गर्दा रोक्नका लागि सामुहहिक प्रयास गर्नु भन्दा एक आर्कालाई दोष देखाउने बहानाबाजी मात्रै गरेका छन् ।
पैसो सबैलाई चाहिएको छ, आर्का एक स्थानियले भने,जनप्रतिनिधिलाई नोट र चुनावमा भोट चाहिएकै हुन्छ,त्यसका लागि तस्करी गर्ने व्यक्ति नै विभिन्न दलका कार्यकर्ता रहेका छन् । तिनै कार्यकर्ताको संरक्षण जनप्रतिनिधिले गरिदिन्छन् । प्रहरीलाई पनि जनतामा माथि कानुनको धाक देखाउने तर तस्करसँग मिलेर साझेदारी गर्ने गरेका छन् । यसबारे जिल्ला तहबाट पनि नियमित अनुगमन आवश्यक रहेको उनको भनाई थियो । यता खोला तस्करीबारे छिट्टै अनुगमन गरिने भनाई जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका छन् ।
त्यो छिट्टै अनुगमनको समय कहिले आउला भन्ने हेर्न बाकी नै रहेको छ । सरकार र राज्य बलियो बनाउनु पर्छ भन्ने मान्यता लोकसेवाका लागि लोक सेवा आयोग पास गरेर आउने लोकसेवकहरू पनि तस्करकै सेवक बनेको देखिन्छ,जनप्रतिनिधि पनि तस्करकै प्रतिनिधि जस्तो चाल देखाउदै आएका छन् । सोझा साझा जनता हेरेर बस्ने बाहेक अरू कुनै विकल्प नभएकोले पनि जनतामा नैराश्यता छाएको छ । ‘जस्को हातमा लठ्ठि उसैको भैसी’ भन्ने उख्खान चरितार्थ हुने गरेको गण्डक क्षेत्रको तस्करी हेर्दा बुझ्न सकिन्छ ।