© २०२३
रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १ करोड ३० लाख ६० हजार ५ सय ६८ रुपैंया नगद लाभाँश वितरण गर्ने भएको छ ।
उक्त बोनश शेयर नेपाल राष्ट्र बैंकवाट स्वीकृति प्राप्त भै आगामी बार्षिक साधारण सभावाट पारित भएपश्चात वितरण हुनेछ ।
चुक्ता पूँजी रु. १ अर्ब ३७ करोड ८६ लाख १५ हजार ४ सय रुपैयाँको १८ प्रतिशतले हुन आउने रकम रु. २४ करोड ८१ लाख ५० हजार ८ सय बराबरको बोनस शेयर वितरण गरिने बंैकले जनाएको छ । बैंकले आषाढ मसान्त सम्ममा रु. १४ अर्ब ५३ करोड ९९ लाख निक्षेप संकलन गरेको छ भने रु. १२ अर्व ३८ करोड ७४ लाख कर्जा लगानी गरेको छ । आषाढ मसान्तमा बैंकको चुक्ता पूँजी रु. १ अर्ब ३७ करोड ८६ लाख १५ हजार रहेको छ भने प्रस्तावित १८ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. १ अर्ब ६२ करोड ६७ लाख ६६ हजार पुग्ने प्रमुख कार्यकारी अधिकृत प्रकास पौडेलले जनाएका छन् । बैंकले हाल ३४ वटा शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर मार्फत १ लाख ९० हजार सेवाग्राही लाई सेवा प्रदान गरिरहेको छ भने निकट भविष्यमा रुपन्देही जिल्लामा थप ५ वटा नयाँ शाखा कार्यालय खोल्ने तयारीमा बैंक रहेको छ । १० जिल्ला कार्यक्षेत्र रहेको यस विकास बैंकले रुपन्देही, गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लाका अधिकांश स्थानीय तहमा वित्तीय पहुँच पु¥याएको छ ।