© २०२३
पाणिनी गाउपालिकाले बा“दरले नोक्सान नगर्ने र सर्वसाधारणलाई आम्दानी हुने तेजपात खेतीको बिस्तार गरेको छ । आगामी वर्ष विरुवा उत्पादन गर्न पालिकाले २८ लाख रुपैया“ यस वर्षको गाउ“सभाबाट बजेट विनियोजन गरेको छ । वडा नं. २ ले पनि एक लाख छुटाएको छ । यतिबेला वन र खरबारीमा धमाधम विरुवा रोप्ने काम भैरहेको छ ।
बा“दरबाट बाली जोगाउन मुस्किल परेपछि यसको विकल्प खोजिएको हो । तेजपातका रुखमा बा“दर बसेपनि बोक्रा र पात नोक्सान गर्दैन । अन्नखेती नै गर्नुपर्छ भन्ने छैन, एक पटक रोपेको तेजपातले वर्षौसम्म आम्दानी दिइरहने वन अधिकृत दीपक ज्ञवालीले बताए । बोक्रा र पात बेचेर वर्षमा दुई÷लाख आम्दानी भित्रिए रोजगारीको लागि विदेश कोही धाउनुपर्दैन ।’ पालिकाको आठ वटै वडामा नर्सरी स्थापना गरिएको छ । हरेक नर्सरीमा आठ हजार विरुवा उत्पादन गरि रोप्न थालिएको उनले बताए । गत वर्ष ४० हजार विरुवा पोखराथोक र पणेनाको सामुदायिक वनमा रोपिएको थियो । यस वर्ष दुई लाख विरुवा बा“झा खाली खेतबारी र खरबारीमा धमाधम रोप्ने काम भैरहेको उनले बताए । तेजपात खेतीको भविष्य उज्ज्वल छ, उनले भने । नांगो वन र नीजि जग्गामा व्यावसायी खेती गर्न कृषक उत्साहित छन । उत्पादन धेरै भएपछि भारतमा समेत निर्यात गर्न सकिन्छ ।
यस क्षेत्रमा पहिले देखि छिटफुट तेजपातका रुख छन । अन्नबाली जस्तै खेती गर्न यसको फाइदा, माग, बजारीकरण र भविष्यबारे प्रशिक्षण नै दिएर व्यवसायीक खेतीतर्फ आकर्षित गरिएको हो । खिदिम, पोखराथोक, पणेना, धातीवाङ र मैदानमा छिटफुट रुपमा केही कृषकले बिmक्री गरेर आम्दानी नै लिएका छन, पाणिनी क्षेत्रमा तेजपात खेतीको प्रचुर संभावना छ, उनले भने ।
पालिकाले एक घर दुई सय तेजपातका बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । जसमा ५० बिरुवा जोगाएमा तीन वर्षपछि एक घरमा वर्षमा दुई देखि तीन लाख रुपैया“ आम्दानी भित्रिने र सिंगो पालिकामा एक अर्ब रुपैया“ भित्राउने योजनाका साथ अभियान शुरु गरिएको पालिका अध्यक्ष अच्युत गौतमले दावी गरे । राष्ट्रिय वृक्षरोपण दिवसको दिन वडा २ को पातालेपानी वनमा अध्यक्ष गौतम, उपाध्यक्ष लक्ष्मी गौतम र वन अधिकृत ज्ञवालीले तीन सय सर्वसाधारणको उपस्थितिमा २१ सय विरुवा रोपेर अभियान शुरु गरेपछि सबै वडाका सर्वसाधारण आफनो वन र खरबारीमा तेजपातका विरुवा रोप्न भ्याइनभ्याई छ ।
‘तीन वर्षमा हरेक घरमा पात र बोक्रा बेचेर वर्षमा दुई÷तीन लाख रुपैया“ निरन्तर आम्दानी गर्ने गरी काम गरेका छौं,’ गौतमले भने, ‘हाम्रो एउटै अभियान छ, तेजपातबाट पाणिनी सम्बृद्ध बनाउने लक्ष्य छ ।’ खेतबारीमा पाक्नै लागेको अन्नबाली बा“दरले सखाप पारिदिएर सताएको बेला वैकल्पिक र मनग्य आम्दानी हुने तेजपात खेती अघि सारिएको उनले बताए । पुरुष वैदेशिक रोजगारीमा भएकाले अधिकांश घरमा महिला छन । बिरुवा रोप्न महिला सक्रिय छन । आफनो बारीमा तेजपात खेती गरेर स्वरोजगार बनेर महिला उद्यमी बनाइने उपाध्यक्ष गौतमले बताइन । खिदिमकी मुना गौतम पाक्दै गरेका मकै जोगाउन दिनभर बारीमा चौकीदारी गिर्छन । तरपनि ठूलो बा“दरको ठूलो समुहबाट छिनभरमै सबै मकैका घु“घा खाइदिन्छ । पाणिनी गाउ“पालिका र जिल्ला वन कार्यालयले तेजपातका खेती अभियान शुरु गरेपछि उनी हर्षित छिन । बा“दरको हैरानीले बसाई सराई गर्ने उनको सोच बदलिएको छ । ‘घरमा चार वटा बोट छन, पा“च हजार आम्दानी हुन्छ,’ उनले भनिन, ‘बोक्रा र पात बिक्री हुन्छ । बा“दरले नोक्सान गर्दैन । अब यही बसेर दस रोपनी बारी र ख¥यानमा विरुवा रोपेर आम्दानी गर्छु ।’ यसको पात प्रतिकिलो ५० र बोक्रा एक सय रुपैया“मा बिक्री हुन्छ । रोपेको तीन वर्षमा पात बिक्री गर्न सकिन्छ । मुना जस्तै धेरै सर्वसाधारण खुसी छन ।
ख¥यान, सामुदायिक वन र बारीमा तेजपातका विरुवा रोप्न थालिएको छ । पणेनाका खुमानन्द पोखरेलले वन कार्यालयको लगानीमा २५ हजार विरुवा उत्पादन गरे । पा“च सय आफनै जग्गामा रोपे । बारी छेउमा आम्दानी दिने ४० रुख छन । वर्षमा एक लाख आम्दानी हुने उनले बताए । ‘धेरै दुःख गर्न नपर्ने, पात र बोक्रा बेचे पैसा आउ“छ,’ उनले भने, ‘तेजपातको जंगलै बनाए झनै फाइदा हुन्छ । भविष्य राम्रो छ ।’ अन्न उत्पादन हुने बारीमा यही खेती गरे आम्दानी सजिलै भित्रिने उनले बताए । पालिका र वन कार्यालयको विरुवा रोप्ने अभियानले केही वर्ष भित्रमा तेजपातको पकेट क्षेत्रको रुपमा चिनिने र आम्दानी हुने उनले बताए । ‘असिनाले पात झार्दैन, रोगकिरा पनि लाग्दैन,’ रामबहादुर घर्तीले भने, ‘आम्दानी लिने सजिलो उपाय हो । अन्नबाली र तरकारी असिनाले सखापै पारिदिन्छ । जंगल र खरबारीमै यसको रुख मौलाउ“छ ।’