ट्रेंडिंग:

>> दक्षिण कोरियाः राष्ट्रपति बिरूद्दकाे महाभियोग पारित भएपछि प्रधानमन्त्री हान अब काब राष्ट्रपति >> अब विद्यालय तहको शिक्षा सीपयुक्त बनाउन जरूरी भइसक्याेः उपप्रधानमन्त्री सिंह >> आयोजक खस्यौली रेडको विजयी शुरुवात >> पाेखरालाई ६ विकेटले हराउँदै काठमाण्डाैकाे प्लेअफ सम्भावना बलियाे >> पत्रकार महासंघ निर्वाचनः यस्तो आयो लुम्बिनीका १२ जिल्लाको परिणाम >> जिलिको जिक्कर एक्स रुपन्देहीमा लन्च >> स्व.प्रसन्न श्रेष्ठको स्मृतिमा प्रथम खस्यौली फुटसल शुरु >> नेवाः दय् दबू बुटवलमा नया नेतृत्व >> गुरुको समीपमा >> बुटवल तिनाउ पुलको डिभाइडरमा बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा दम्पत्तीसहित ३ को मृत्यु >> प्रतापपुरमा आधारभूत तह ‘पूर्ण निःशुल्क’ >> पत्रकार महासंघ रुपन्देहीमा चौतारी र युनियनको संयुक्त प्यानल विजयी, अध्यक्षमा दिनेश पाण्डे >> प्रदेश सरकारमा कर्मचारी अभावः लुम्बिनीमा आधा कर्मचारी कामचलाउ >> गुल्मीमा गाडी दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरासहित ५ जना घाइते >> त्रिभुवन विमानस्थलमा निर्माण कार्यको समय परिवर्तन, ८ घन्टा मात्र बन्द रहने >> नेपालको विद्युत् प्रणाली सुदृढ, नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा >> पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने >> बसिर अहमदको अर्धशतकमा विराटनगरको शानदार जित >> राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री >> राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि नयाँ राजदूतको नियुक्ति >> प्रधानमन्त्री ओली भारत भ्रमणको आन्तरिक तयारीमा >> घुस लिएको आरोप पुष्टि भएपछि चीनका पूर्व फुटबल प्रशिक्षक जेल चलान >> माओवादीको बैठक पुस २१ गतेका लागि सर्यो >> अल्लु अर्जुन पक्राउ प्रकरणः आरोप प्रमाणित भएमा जान सक्छन ५ बर्ष जेल >> अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे >> ब्यवस्था परिवर्तन भएसँगै बिकास पनि बढेको छः उपप्रधानमन्त्री सिंह >> अण्डाको मूल्य वृद्धि: नयाँ दर लागू >> श्रीलङ्कामा नेपाली राजदूतको लागि नियुक्ति सिफारिस, उजुरीको अवसर >> नेकपा माओवादीको स्थायी कमिटी बैठक सुरू >> मुग्लिन–पोखरा सडकको कोत्रे खण्ड ५ दिन अवरुद्ध, यातायात बन्द हुने >> वायुसेवा सञ्चालक संघको निर्णय: खुम्बु क्षेत्रमा हेलिकप्टर उडान निरन्तरता दिने >> ट्रम्पको परफ्युम विज्ञापनमा बाइडेनकी श्रीमतीको तस्बिर !! >> एउटा यस्ताे जापानी वाइन, जाे युनेस्कोमा सम्पदामा छ सुचिकृत >> जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने >> क्रिकेटका लिजेन्ड ब्रायन लारा काठमाडाैंमा >> सुनको मुल्य १ हजार बढीले घटयो >> नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोः प्रधानमन्त्री >> कर्णाली याक्सले दिएकाे १२९ रनको लक्ष्य पछयाउँदै लुम्बिनी >> सामुदायिक वन समूह समस्यामा, तीन तहका सरकारबीच समन्वयको अभाब  >> बेलायतमा हाडा नाता बिहेवारी बढे पछि प्रतिबन्ध लगाउन माग >> एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका बापत १५०० शैक्षिक सामग्रीको वितरण गर्ने पक्का >> सडक निर्माणमा ढिलासुस्ती नगर >> रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पूजा >> एउटै नगरमा २७ सडक >> नेपाल पत्रकार महासङ्घको चुनाव आज >> माैसम पूर्वानुमान : काठमाडौँ उपत्यका र तराईमा हुस्सुको सम्भावना >> एनपीएल : लुम्बिनीविरुद्ध कर्णाली र विराटनगरविरुद्ध चितवन प्रतिस्पर्धामा >> कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै >> पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष ढकाल निरविरोध सदस्यमा घर्ती अध्यक्षमा ३ जनाको उम्मेद्बारी >> प्रसाइलाइ धरौंटीमा रिहा गर्न अदालतको आदेश

कता गैरहेको छ, शिक्षामा भएको लगानी ?

२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

हो, पहुँचलाई धेरै किसिमले हेर्न सकिन्छ । एउटा हो– शारीरिक पहुँच । स्कूल÷क्याम्पस कति टाढा छ, केटाकेटीले कति हिंड्नुपर्छ भन्ने हुन्छ । अहिले आएर नेपालमा कुनैपनि प्राथमिक स्कुल आफ्नो घरदैलोबाट आधा घण्टाभन्दा टाढा छैन । अर्को आर्थिक पहुँचको कुरा छ । अभिभावकले आफ्ना केटाकेटीलाई गतिलो स्कूलमा पढाउन सक्छन् कि सक्दैनन ? सैद्धान्तिक रूपमा माध्यमिक स्तरसम्म अहिले निःशुल्क छ । प्राथमिक तहको लागि किताब पनि किन्नु पर्दैन । तर, थुप्रै प्रकारका स्कूलहरू छन्, जब श्रीलंकामा निजी स्कूल नै छैनन् । नेपालमा प्राथमिक, माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयहरू पनि नीजि, सामुदायिक र सरकारी छन् । कुनै स्कूलमा स्वीमिङ, हर्स राइडिङ, कम्प्युटर, प्लेग्राउन्ड, ब्याडमिन्टन कोर्ट छ भने कुनै स्कुलको छाना नै छैन । पाठ्यक्रम, शिक्षण विधि र स्कूलको वातावरण पनि यस्तो फरक फरक स्थितिमा निजी या सरकारी, कसको कस्तो खालको शिक्षण संस्थामा पहुँच छ भन्ने पनि सवाल उठ्छ । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन ।

मनोवैज्ञानिक पहुँचः
मनोवैज्ञानिक कुरा त झन् आधारभूत नै भयो । किताबमा विवाह–पञ्चमी, राम–नवमीको कुरा छ भने हिन्दू–संस्कृतिमा हुर्केका विद्यार्थीले त त्यसलाई राम्रोसँग बुझ्छन् । तर, गैर–हिन्दु संस्कृतिमा हुर्केका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा त्यो कुरा बुझ्न सजिलो हुँदैन । कामी, दमाईं र सार्कीका छोराछोरीले कक्षा कोठाभन्दा बाहिर बसेर शिक्षकले पढाएको सुन्नुपर्ने, धारोमा सँगै पानी खान नपाउने, छोइयो भने पिटाइ खानुपर्ने हुन्छ । यो मनोवैज्ञानिक पहुँचको कुरा हो । मनोवैज्ञानिक पहुँच पनि हाम्रो शिक्षा प्रणालीमा एक समान छैन । नेपालमा सार्वजनिक स्कुलमा माध्यमिक तहसम्म तीनवटा भाषामा पढाइन्छ । कक्षा १ देखि नेपाली, अङ्ग्रेजी र निम्न–माध्यमिक तह (६, ७ र ८ कक्षा) मा ५० नम्बरको संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ । २०४७ सालको राष्ट्रिय शिक्षा आयोगले ५० नम्बरको संस्कृतलाई निम्न–माध्यमिक तहमा अनिवार्य बनाइदियो । नेपाली र अङ्ग्रेजी अनिवार्य त्यसै छ । तर, नेपालकै अरू राष्ट्रिय भाषाहरू सबै ऐच्छिक समूह छन् । एसएलसीमा २२ वटा भाषामध्ये ’भाषा समूह’ मा परेका कुनै एक भाषा पढ्न पाउँछन् । तर, ती सबै भाषाहरूलाई ग्रीक, ल्याटिन, हिब्रु, अरबी, रसियन, चिनियाँ, जर्मन, फ्रेन्च, स्पेनिस, फारसीसँग मिसाइदिएको छ । सत्ताइस लाख नेपालीले बोल्ने मैथिली भाषालाई स्पेनिससँग मिसाइदिएको छ । चार हजार पाँचसय माध्यमिक स्कूलहरूमध्ये ६–७ वटा स्कूलमा मात्रै मैथिली भाषा पढाइन्छ । त्यस्तै नेपाल भाषा (नेवारी) ५–६ वटा स्कुलमा ऐच्छिक विषयका रूपमा पढाइन्छ । तर, नेपाली र अङ्ग्रेजी दुवै भाषा कक्षा १ देखि स्नातकसम्म १५ वर्ष अनिवार्य छ । ६ देखि ८ सेमेस्टरसम्म पढ्यो भने संसारका कुनैपनि भाषामा दक्ष बन्न सकिन्छ । लेख्न, पढ्न, बोल्न र बुझ्नका लागि आठ सेमेस्टरसम्ममा निपुर्ण बनाउन सकिन्छ । यसको ज्वलन्त प्रमाण भनेको भृकुटीमण्डपस्थित त्रिविविकै विश्वभाषा क्याम्पस छ । तर, नेपालमा १५ वर्षसम्मका लागि नेपाली र अङ्ग्रेजी भाषालाई अनिवार्य गरिएको छ । यसमा भएको आर्थिक लगानी र समयको लगानी कति उत्पादक भइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । अनगिन्ती विद्यार्थी अङ्ग्रेजी र नेपालीमा फेल हुन्छन् । पास हुनेहरूको भाषा हेर्ने हो भने पनि एसएलसी पास गर्दासम्म उनीहरूको न नेपाली भाषामा दखल हुन्छ, न अङ्ग्रेजी भाषामा दक्षता हुन्छ । त्यसैले धेरै वर्ष भाषा पढाइयो भने धेरै सिकिन्छ भन्ने हाम्रो सोचाई अन्धविश्वास मात्र सावित भइरहेको छ । जति धेरै लामो पढ्यो, त्यति राम्ररी भाषा सिकिन्छ भन्ने धारणा अन्धविश्वास मात्र हो ।

भाषा एउटा सीप होः
भाषा पनि एउटा सीप नै हो । कुनैपनि सीप सिक्न धेरै वर्ष आवश्यक छैन । यदि उपयुक्त तरिकाले भाषा पढाउने हो भने २–३ वर्षमा बुझ्न, बोल्न, पढ्न, लेख्न जान्ने बनाउन सकिन्छ । ७ वर्षसम्म साइकल सिक्नु र ७ घण्टा सिक्नु बराबर नै हो । १५ वर्ष ड्राइभिङ सिक्नु र १५ घण्टा सही तरिकाले सिक्नु बराबर नै हो । जुन पाठहरू सिक्नुपर्ने हो एकपटक सिकेपछि पुग्छ र त्यसपछि प्रोत्साहन (रिइन्फोर्समेन्ट) र सुधार तथा शुद्धि (मेडिएसन) मात्र आवश्यक छ भन्ने कुरा विख्यात साइकोलिङ्गुइस्ट रोबर्ट एम गेनको निक्र्योल छ । त्यसपछि अभ्यास मात्र जरुरत हुन्छ । तर, भाषा सिकाउने हाम्रो पाठ्यक्रम र शिक्षण विधिमा त्यो सोचाइ छैन, चाहे त्यो नेपाली होस् वा अङ्ग्रेजी होस् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन ।

पाठ्यक्रम र पूर्वाग्रहः
पाठ्यक्रम भनेको पनि राज्यसत्ता र शक्ति संरचनासँग सम्बन्धित प्रश्न हो । राज्यले आफ्ना निर्णयहरू लाद्न खोज्छ । सत्ता–शक्तिमा रहेका सीमित व्यक्तिहरूले ‘पाठ्यक्रम’ बनाउने क्रममा विद्यार्थीलाई यही पढ्नुपर्छ, यसरी नै पढाउनुपर्छ, यही किताब पढ्नुपर्छ, यही भाषा पढ्नुपर्छ भन्ने अधिकार आफ्नो हातमा लिइराखेका हुन्छन् । त्यसकारण सत्ता–शक्तिमा रहेकाहरूले अरूमाथि प्रभाव, प्रभुत्व र आधिपत्य जमाइराखेका छन् । आफ्नो संस्कृति र आफ्नो ‘मूल्य–मान्यता’ वा ‘रुचि’ लाद्न खोजिरहेका हुन्छन् । नेपालीलाई राष्ट्रभाषा भनेर १५ वर्षसम्म अनिवार्य गरिएको छ । अङ्ग्रेजीलाई अन्तर्राष्ट्रिय भाषा १५ वर्षसम्म अनिवार्य गरियो । यसरी हाम्रो राष्ट्रको ठूलो लगानी कता गइरहेछ, कसैलाई अत्तोपत्तो छैन । विद्यार्थीलाई दिने कुरा भनेको सीपहरू हुन्, भाषिक सीपहरू हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?