ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

स्वास्थ्य क्षेत्रमा सुधारमा लुम्बिनी प्रदेश

१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

पाल्पा, १७ कात्तिक ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशले क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई प्रदेश सरकारले दिने २ लाख सहयोग रकम सम्बन्धी जिल्लामै पाउने व्यवस्था गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालय धाउनु पर्ने बाध्यता हटाई स्वास्थ्य कार्यालयबाट जिल्लामै सेवा दिन थालिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले प्रदेशभरीका सरकारी अस्पताल र प्रयोगशालाहरूमा रक्त परीक्षण, एक्सरे र भिडियो एक्सरे लगायतमा सेवामा लाग्ने शुल्कमा दरमा एकरुपता गर्ने लागिएको जानकारी दिए । बिस्तारै निजी स्वास्थ्य संस्थाले लिने परिक्षण शुल्कहरूमा पनि एउटै दररेट लागु गर्ने तयारी सरकारको रहेको मन्त्री सारुले बताए ।

मन्त्री सारुले मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा १९ बुँदे कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य बिमालाई प्रोत्साहित गर्न प्रदेशका १३ अस्पताल, १२ स्वास्थ्य कार्यालय र १३ आयुर्वेद स्वास्थ्य संस्थाहरूमा कार्यरत २ हजार ६४ जना कर्मचारी र परिवारका सदस्यहरूको स्वास्थ्य बिमा गरिएको बताए ।

यस अवधिमा कोभिड १९ बाट मृत्यु भएका दाङका ५१ र पाल्पाको १५ परिवारलाई प्रति परिवार एक लाख सहयोग उपलब्ध गराइएको छ । सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले नीजि क्लिनिक तथा अस्पतालमा सरकारी स्वास्थ्य संस्थाको नाम र पद राखेर विज्ञापन गरी र त्यहाँ बढी समय दिने कार्यलाई निरुसाहित गर्न सरकारी चिकित्सकको नाम राखेर विज्ञापन गर्न नपाउने व्यवस्थालाई कडाईका साथ लागु गरेको छ । बिरामीको अत्यधिक चाप हुने अस्पतालहरूमा डिजिटल प्रविधिबाट टिकट लिने, टोकन प्रणाली र बीमा काउन्टर सेवा सञ्चालन गरिएको छ । मातृ शिशु सम्बन्धी सुचकांक न्यून रहेका जिल्ला अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीका अस्पतालहरूमा सेवा सुदृढिकरणको प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?