ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

राहदानी बनाउन दुई दिनमा पालो !

७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार

गुल्मी, ०७ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीहरूको चाँप बढेको छ । दशै/तिहारको समयमा अधिकांस मानिसहरू चाडबाड मनाउनका लागि घरमा आउने र त्यही मौका छोपेर सरकारी कार्यालयमा पुगेर आफ्नो कामकाज समेत फत्ते गरेर फर्कने भएका कारण यो समयमा जिल्ला प्रशासन कार्यालयमा यसरी सेवाग्राहीहरूको चाप बढेको हो ।

गत सातादेखि जिल्ला प्रशासन कार्यालयमा यसरी सेवाग्राहीहरूको भीड बढेपछि सेवादिने सेवा प्रदायक कार्यालयलाई पनि सेवाग्राहीहरूको चापलाई व्यवस्थापन गर्न थप समस्या परेको छ । कार्यालयमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति भएपछि कार्यालयले राती नौ वजेसम्म सेवा प्रवाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन ।

कार्यालयमा यसरी सेवाग्राहीहरूको चाप बढेपछि प्रशासन कार्यालयले टोकन प्रणाली मार्फत पछिल्लो दिनको टोकन समेत अघिल्लो दिनमा नै बितरण गर्न थालेको छ । गाउँगाउँवाट गाडी भाडामा लिएर ठूलो समूहमा एकैपटक सेवा लिन आउन थालेपछि कार्यालयमा नागरिकता बनाउनका लागि दुई दिनसम्म पालो पर्खनु पर्ने बाध्यता बनेको छ ।

सेवाग्राहीहरू आफ्नो पालो लगाउनका लागि अघिल्लो दिनमा नै सदरमुकाम तम्घास आएर बासबस्ने र बिहानै पाँच बजेदेखि नै लाईनमा बस्ने गर्दछन । लाईनमा बस्दै गर्दा कतिपयहरूको लाईन कार्यालयको गेट बाहिरसम्म पुग्ने गर्दछ । पहिलो पटक कार्यालयमा आउने मानिसहरू कार्यालय परिशरमा देखिने मानिसहरूको बाक्लो उपस्थितिका कारण कुनै विवाह तथा उत्सवहरू भन्दा कम भीड देखिँदैन ।
चाडवाड शुरु हुनु अघि सामान्य मात्रमा सेवा ग्राहीहरूको उपस्थिति हुने जिल्ला प्रशासन कार्यालय गुल्मीमा आजभोली सयौं मानिसहरू नागरिकता, राहदानी र अन्य सिफारिसकालागि विहानैदेखि दिनहुँ लाईनमा देखिन्छन् । कार्यालय समय शुरु हुनु अगाडि उनीहरू आफ्नो पालो चाँडै लगाएर काम सकायर घर फर्कने आशमा हातमा नागरिकताको सिफारिस बोकेर घण्टौसम्म लाईनमा बसेर पालो पर्खिरहेका हुन्छन् ।

दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक तीन सय ५० भन्दा बढी नागरिकता बनाउने र राहदानीको फाराम भर्ने गरिन्छ । त्यसका अतिरिक्त राष्ट्रिय परिचपत्रमा पनि उत्तिकै चाँप हुनेगर्दछ । “दशै र तिहारले गर्दा होला यसपटक दैनिक दुइ भन्दा बढी नागरिकता वितरण हुने गरेको छ, कार्यालयमा सेवाग्राहीहरूको चाँपका कारण जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति लगायतका कार्यालयबाट समेत कर्मचारी थप गरेर सेवा प्रदान गर्दै आइरहेका छौं”, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

नागरिकता फाँटका कर्मचारी युवराज बस्नेतले यस पटक विगतमा भन्दा नागरिकता र राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने आउनेहरूको संख्या धेरै भएको बताए । त्यसैगरि प्रशाशन कार्यालयमा नागरिकताको प्रतिलिपि लिने र अभिलेख प्रमाणित गर्न आउने मानिसहरूको संख्या पनि यो पटक विगतमा भन्दा धेरै छ । दशै तिहार अगाडि दैनिक दश देखि १५ जनाले नागरिकताको प्रतिलिपि लिने गर्दथे भने हाल दैनिक सरदर ६० भन्दा बढीले प्रतिलिपि बनाएर जाने गरेको बताईएको छ ।

कतिपय मानिसहरू भने दुई दिनसम्म बसेर पालो पर्खेर पनि आफ्नो काम फत्ते गरेर फर्कने गरेका छन् । सरकारी कार्यालयहरू मध्ये सवै भन्दा वढी भीडभाड आजभोली जिल्ला प्रशासन कार्यालयमा देखिने गरेको छ । “यो भीडभाड तिहारसम्म यसरी नै बढ्दै जान्छ, त्यसपछि बिस्तारै बिस्तारै कम हुन्छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा प्रशासनले ध्यान दिनुपर्छ,” नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 100%

admission