© २०२३
राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८१ साल कार्तिक २ र ३ गते देशैभरी एकै साथ सन्चालन हुने भएको हुँदा आफ्ना बालबालिकाहरूलाई तोकिए अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूसंग सम्पर्क गरी अनिवार्य रूपमा सेबन गराऔं । सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए संगै जुकाको औषधि सन् २००१ देखि सुरु गरेको यस कार्यक्रममा आफ्ना बालबालिकाहरूलाई अभियानमा नछुटाऔं । हरेक बर्ष कार्तिक २ र ३ गते खुवाईने भिटामिन ए र जुकाको औषधी यसपाली पनि नेपालीहरूको महान चाड बिजयादशमीको अन्तिम दिन पूर्णिमाको भोलिपल्ट परेको हुँदा पर्व मनाउदैं गर्दा अभियानमा कोही बालबालिका नछुटुन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशैभरी एकैसाथ खुाउन परिपत्र गरेको हुनाले सबैले आ– आफ्नो स्थानबाट अभियान सफल वनाउन लागिपर्नु आवश्यक छ । आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं । यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोगसंग लड्ने क्षमतापनि बढाउँदछ । र, रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निशुल्करूपमा उपलब्ध भएको यो औषधी सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागी हरेक सुचिकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिकाहरूद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा ६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन ए को क्याप्सुल खुबाईन्छ । जसमा ६ देखि ११ महिनाका लागि एकलाख आई.यु.र १२ महिनादेपख ५९ महिनासम्मका लापग दुईलाख आई.यु.खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ ।
त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट एक क्याप्सुल दुईलाख आई.यु.भिटामिन ए खुवाईन्छ । साथसाथै परजीबी नियन्त्रण कार्यक्रम अन्तरगत जन्मदेखि १ बर्ष उमेर सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाईदैन भने १२ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरूलाई सामुदायीक महिला स्वास्थ्य स्वयंसेबिकामार्फत अर्धबार्षीक रूपमा कार्तिक र बैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल चारसय मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिनादेखि २३ महिना सम्मका बालबालिकाका लागि दुईसय मिलिग्राम र २४ महिनादेखि ५९ महिना सम्मका बालबालिकाका लागि चारसय मिलिग्राम खुवाईन्छ भने बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत बिद्यालय जाने बालबालिकाहरूलाई अर्धबार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल चारसय मिलिग्राम एकमात्रा खुवाउने चलन छ । सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा संचालनमा ल्याईएको पाईन्छ ।
के हो त भिटामिन ए:
ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने शुक्ष्मपोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन ए भनिन्छ । भिटामिन ए ले शरीरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि बिकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरियो सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अण्डा, पहेँला फलफूल तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथतयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबद्र्धक पोषक तत्वको रूपमा मानिएको छ ।
यसरी नेपाल सरकारबाट निशुल्क रूपमा वितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरूलाई आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अवधिका आधारमा अनिबार्य रूपमा गएर आ– आफ्ना बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनको लागि औषधि सेवन गराउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । साथसाथै यही मिति २०८१ कार्तिक २ र ३ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकारवालाहरू, शिक्षक शिक्षिकाहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्नेमा कुनै दुईमत पाईदैन । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ– आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं । भिटामिन ए र जुकाको औषधि निशल्क पाईन्छ । यी दुबै सुरक्षित छन् । यी दुवै औषधिले जीवन रक्षा गर्दछन् ।