ट्रेंडिंग:

>> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक >> प्रहरीकै मौन स्वीकृती >> पटका तस्करी दिनका दिन >> घरघरमा बिषादी, नियन्त्रणमा चुनौति >> पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै ! >> ‘खेतमा आगो लगाउँदा उर्वरा शक्तिमा ह्रास’ >> संघीयता खारेज गरे हुन्छः सभापति पुन >> ‘ढाका सभ्यता’ का साक्षी >> स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भूभागको मौसम बदली >> लुम्बिनी इनोभेटर्स बुटक्याम्प  सम्पन्न >> राईनो संरक्षण गोल्डकप फुटबल : फाईनलमा नेपाल एपिएफ र नमोबुद्ध भिड्ने >> नारायणगढ–बुटवल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने

लुम्बिनी प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

२१ आश्विन २०८१, सोमबार
२१ आश्विन २०८१, सोमबार

बुटवल टुडे सम्वाददाता, २१ असोज ।
लुम्बिनी प्रदेशमा आयोजित डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रमले यहाँका नागरिकलाई डिजिटल सीप र प्रविधिमा सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रमले इन्टरनेटको प्रभावकारी प्रयोग, सुरक्षित सामाजिक सञ्जाल प्रयोग, अनलाइन सुरक्षा, पासवर्ड व्यवस्थापन, र साइबर अपराधबारे सजगता बढाउने उद्देश्य राखेको थियो। सहभागीहरूले ईमेल, मेसेजिङ, भिडियो कलजस्ता डिजिटल माध्यमहरूको प्रभावकारी प्रयोगमा तालिम लिएका थिए।
सूचना प्रविधिको छाता संगठन क्यान महासंघको वुमेन इन आईसीटी कमिटी र लायन्स क्लब अफ बुटवल सयपत्रीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई एनसेल फाउण्डेशनको विशेष सहयोग रहेको थियो। कार्यक्रमले विशेष गरी महिलाहरूलाई प्रविधिमा सशक्त बनाउन मद्दत पुर्‍याएको थियो।

कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो। उद्घाटन समारोह लायन्स क्लब अफ बुटवल सयपत्रीका अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा तथा क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। विशेष अतिथिका रूपमा लायन्स डिस्ट्रिक्ट ३२५ पी का उपाध्यक्ष सन्दीप सौधन, क्यान महासंघका पूर्व अध्यक्ष तथा सूचना प्रविधिको अन्तर्राष्ट्रिय महासंघका उपाध्यक्ष नवराज कुँवर, पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रिय सचिव नारायण प्रसाद श्रेष्ठ, एनसेलका प्रतिनिधि अनिश शाह, वुमेन इन आईटी कमिटीकी संयोजक रिना श्रेष्ठ, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, लायन्स डिस्ट्रिक्ट एफडब्ल्यूसी कोर्डिनेटर लायन सुलोचना श्रेष्ठ, लायन्स सयपत्रीका गाइडलाईन ज्ञानेन्द्र सिमांगगैडा, एरिया चिफ दीपक श्रेष्ठ, रिजन चेयरपर्सन विष्णु उपाध्याय, जोन चेयरपर्सन महेश श्रेष्ठ, एरिया ट्रेजरर सुनिता न्यौपाने, एरिया कोचिफ प्रविना घिमिरे लगायत लायन्स क्लब सयपत्रीका पूर्व अध्यक्षहरू, क्यान महासंघ रुपन्देहीका पदाधिकारी, विभिन्न क्लब, टोल विकास संस्था र सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु सहित १२५ जना सहभागी थिए।

अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो उद्घाटन मन्तव्यमा डिजिटल साक्षरता कार्यक्रमले नागरिकहरूलाई आधुनिक प्रविधिमा सशक्त बनाउने उद्देश्य रहेको बताइन्। उनले विशेष गरी महिलाहरूलाई डिजिटल उपकरणहरूको सही प्रयोग, इन्टरनेटको पहुँच, र सूचना प्रविधिको आधारभूत ज्ञान दिन कार्यक्रम महत्त्वपूर्ण रहेको बताउँदै यसले रोजगारीका अवसरहरू बढाउने र व्यापार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरिन्।

क्यान महासंघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रणजित कुमार पोदारले सूचना प्रविधिमा भइरहेको तीव्र विकासलाई ध्यानमा राख्दै डिजिटल साक्षरताको कमीले ग्रामीण भेगका नागरिकहरू प्रविधिबाट पछि परेको उल्लेख गरे। उनले यस्तो कार्यक्रमले डिजिटल विभाजनलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
लायन्स डिस्ट्रिक्ट ३२५ पी का उपाध्यक्ष सन्दीप सौधनले लायन्स क्लबको मोटो समाजसेवा भएको बताउँदै प्रविधिमा जनचेतना फैलाउनु आवश्यक भएको बताए। उनले कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरे। एनसेलका प्रतिनिधि अनिश शाहले एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतको योगदानबारे चर्चा गरे। कार्यक्रमको औचित्यमा रिना श्रेष्ठले प्रकाश पारेकी थिइन् भने क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रमको दोस्रो चरणमा डिजिटल साक्षरतासम्बन्धी प्रस्तुति पदमराज पन्तले गरे। उनले डिजिटल उपकरणहरूको सही प्रयोग, सूचना प्रविधिको महत्त्व, र यसको प्रभावबारे जानकारी दिए। एनसेलकी प्रतिनिधि यासिमा भट्टराईले साइबर सुरक्षा र अनलाइन गोपनीयताबारे विस्तृत जानकारी गराइन्।
सन्वे कलेजकी विभागीय प्रमुख सिमोली गौतम देसाईले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को दैनिक जीवनमा प्रयोग, उद्योग, व्यापार, र शिक्षा क्षेत्रमा यसको भूमिकाबारे प्रस्तुति दिइन्।
कार्यक्रमको तेस्रो चरणमा प्यानल छलफल सम्पन्न भयो। छलफलमा सहभागी एनसेलकी यासिमा भट्टराई, शिक्षा क्षेत्रबाट सिमोली गौतम देशाई, पदमराज पन्त, उद्योग क्षेत्रबाट सृष्टि गुरुङ, र विद्यार्थीहरू सहभागी थिए। छलफलमा नेपथ्य कलेजका प्रिन्सिपल सञ्जीव भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गरे।

समापन सत्रमा लायन्स क्लब अफ बुटवल सयपत्रीका उपाध्यक्ष एली क्षेत्रीले कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै सहभागी अतिथि, वक्ता, र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिन्। लायन्स क्लबका पूर्व अध्यक्ष पार्वती श्रेष्ठको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा यस्ता तालिमहरूलाई भविष्यमा पनि निरन्तरता दिने जानकारी दिइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?