ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणबारे सरोकारवालाबिच छलफल

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल ।

प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधारा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलका विभिन्न व्यवसायिक संघ संस्था तथा अस्पतालका विभागीय प्रमुखहरु बीच भएको अन्तरक्रियामा नयाँ बन्ने अस्पतालको भवनमो संरचना तथा इन्टेरियरका बारेमा वृस्तित विवरणसहित छलफल गरिएको थियो ।

उपाध्यक्ष पोख्रेलले स्थनीय जनताको सहयोग र साथबिना कुनै पनि योजना सफल नहुने बताउँदै सबैको सहकार्यमा जोड दिए । लुम्बिनी प्रदेश सरकारले अघि सारेका गौरव आयोजनाहरु मध्ये सबैभन्दा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरे । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले यहाँका जनतलाई पनि अपनत्व महशुस हुनेगरी योजना निर्माणको कामलाई अघि बढाउन प्राधिकरणलाई आग्रह गरे । सम्पूर्ण निर्माणको काम प्राधिकरण मातहत रहने पनि यस विषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ अस्पताल बिकास समितिले दिनु परेको गुनासो गर्दै उनले समितिका प्राप्त गर्नुपर्ने भूमिका बारे पनि प्राधिकणलाई स्पष्ट पार्न आग्रह गरे । आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी लगायतले अस्पतालको भवन निर्माणको विषयमा विभिन्न जिज्ञासाहरु आफूलाई राख्ने तर प्राधिकरणले बिकास समिति तथा अस्पताल प्रशासनलाई कुनै पनि भूमिका नदिने र समन्वय नहुने गरेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले गुणस्तरमा जोड दिँदै सबैको निगरानी, समन्वय र सहकार्यबाट मात्रै योजना सम्पन्न हुने उल्लेख गरे । हाल सीमित श्रोत साधनबाट पनि दैनिक २ हजार बढीलाई सेवा प्रदान गरिरहेको अस्पतालले नयाँ भवन सम्पन्न भएपछि थप सेवा बिस्तार हुने उल्लेख गरे । अस्पताल प्रशासनले सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने गरी काम गरिरहेको बताउँदै ढकालले अस्पताल भवन निर्माणसँगै प्रयाप्त जनशक्तिको व्यवस्थापन पनि अर्को प्रमुख कुरा रहेको स्मरण गराए ।

कार्यक्रममा कन्सल्टेन कम्पनी काठमाडौं युनिभर्सिटी सेन्टरका इ. समीर पन्तले नयाँ बन्ने भवन बारे जानकारी गराएका थिए । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ । भवन निर्माणका लागि जग खन्न कूल ७३९ मध्ये ५७९ वटा पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ ।

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ । हालको संरचनाबाट विस्तार गरि एक हजार दुई सय शैय्यामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । यसै क्रममा पहिलो चरणमा दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैय्या क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?