ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
साईकल कानुनको अभाव

सर्वोच्चमा रिट दिन देशभर हस्ताक्षर अभियान

नेपाल साईकल सोसाइटी, साईकल सिटि नेटवर्क नेपाल, दिगो विकास संस्था, टुर द लुम्बिनी, साईकल अभियन्ताहरुको मुठिदानबाट अभियान चलेको छ । देशभरीका संस्थाहरुले हस्ताक्षर गरी ऐक्यवद्धता जनाएका छन् ।
१२ कार्तिक २०७९, शनिबार
१२ कार्तिक २०७९, शनिबार

बुटवल, १२ कात्तिक ।

नेपालमा सवारी साधनका रुपमा साईकल प्रयोग गर्नेको संख्या धेरै छ । काठमाडौ उपत्यकामा मात्र कवाडी संकलन गर्ने करिब ५ लाख जना साइकल चलाउँदै आएको तथ्याकबाट पुष्टि भएको छ । यसलाई आधार मान्ने हो भने देशभरमा कवाड संकलनमा २० लाख बढी संलग्न छन । तराईमा साइकल चढ्नेको संख्या अझ बढी छ ।

भारतसंग सीमा जोडिएको अधिकाश तराईको भुभागमा साईकल एउटा संस्कृतिका रुपमा रहेको छ । मधेश प्रदेश सरकारले ‘बेटी पढाओ अभियान’ मा साइकललाई जोडेको पाइन्छ । एउटा ब्यवसायीले आफनो जीविका चलाउनदेखि सम्भ्रान्त परिवारमा स्वस्थ्यलाई जोडेर साईकल चलाउने आफ्नै एउटा संस्कृति यहाँ छ । पछिल्लो समय साईकल कल्चर घट्ने भन्दा पनि यसको मान्यतामा परिवर्तन आएको विज्ञहरुको दाबी छ । पुराना साईकल हट्दै र नया एमटिबि साईकल कल्चर सुरु भएको उनीहरु बताउँछन ।

नेपालमा साईकल कल्चरको विकाससंगै साईकल कानुनको अभाव रहेको साईकल संस्कृति अभियानका संयोजक डा.तारालाल श्रेष्ठ बताउँछन् । सवारी साधन र पैतल यात्रुको विषयमा कानुन बनेपनि साईकलबारे कानुन बनाउने विषयमा राजनीतिक दलहरु पछि परेको उनले बताए । ‘सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ ले साइकल र साईकल प्रयोगकर्ताको विषय सम्बोधन गरेको छैन’– उनले भने । छिमेकी देश भारतमा दुई पटक सन २०१७ र २०२१ मा गरी साईकल तथा रिक्सा ऐन बनेको उनले बताए ।

नेपालमा समेत साईकल कानुनको आवश्यकतालाई महसुस गरेर आफुहरुले अभियान थालेको उनी बताउँछन् । साईकल यात्रु, नियमित साईकल प्रयोगकर्ताहरुको संरक्षण, सुरक्षा र दर्ता अभियानमा लैजाने गरी अभियानलाई समेटेको उनले बताए । करिब ४ महिनाअघि साईकल कल्चर घोषणापत्र सार्वजनिक गरेर अभियान सुरु गरेको उनले बताए । नेपालमा साईकल कानुनको अवस्था र आवश्यकता विषयमा सामाजिक संजालमा राखेर खुल्ला रुपमा सुझाव संकलन गर्ने काम समेत भएको उनले बताए ।

प्राध्यापक पेशामा रहेको उनी साईकल प्रति आकर्षित भए । उनी साईकल वृहत विषय भएको बताउँछन । ‘अन्तर्राष्ट्रिय खेल जगतमा चर्चित साहसिक खेल देखि सामाजिक, अध्ययनको विषय समेत यो हो’–उनी भन्छन । धनसम्पत्ति कमाएर एउटा चरणमा पुगेपछि ब्यक्ति आनन्द लिने, आध्यात्मिकतातिर जाने रुपमा साईकल चढ्ने सोख लिएका पनि भेटेको उनी बताउँछन् । यसैगरी साईकल विजनेशको रुपमा अगाडि बढेको छ । अर्कोतर्फ महगो सवारी साधन चलाउँदा लाग्ने अपरेसन खर्चको तुलनामा महगो साईकल चढ्दाको लागत शुन्य हुने भएकाले पनि साइकलमा लगानी धेरै उपयोगी भएको उनी बताउँछन् । पर्यावरण जोगाउन समेत साइकलको प्रयोग धेरै महत्वपूर्ण रहेको उनी बताउँछन् ।

अभियानलाई सुझाव संकलनसंगै एउटा लुज फोरम बनाएर दबाबका कार्यक्रम अघि बढाएको उनले बताए । यसैगरी प्रथम राष्ट्रिय साईकल सम्मेलन गर्ने तयारी रहेको उनले बताए । पाठ्यक्रमसम्म यो विषयलाई समावेश गरेर तयार गर्नुपर्ने उनी बताउँछन् ।

संघीय, प्रदेश सरकारबाट साईकल ऐन नबन्दा स्थानीय सरकारबाट समेत अगाडि बढ्न नसकेको उनले बताए । देशमा पूर्वाधार निर्माण भएपनि ऐनकै कारण समस्या देखिएको उनले बताए । विमानस्थल क्षेत्रमा सबैभन्दा पहिले ३ किलोमिटर दुरीको साईकल लेन, ललितपुरमा र माईतिघर मण्डलादेखि कोटेश्वरसम्मको साईकल लेन बनेको भएपनि ऐन अभावमा असफल हुने चरणमा पुगेको उनले दुःखेसो गरे । ललितपुर महानगरपालिकाबाट साईकल ऐन बनाउने तयारी अगाडि बढेको भएपनि संघमा नबन्दा यो अधुरै भएको उनी बताउँछन् ।

साईकल कानुनसंग जोडिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार, स्थानीय मन्त्रालय, वातावरण, शहरी यातायात, स्वस्थ्य, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा औपचारीक रुपमा रिट निवेदन दिने तयारी रहेको उनले बताए । देशभरबाट साईकल सरोकारवालाहरुको हस्ताक्षर संकलन अन्तिम चरणमा रहेको उनले बताए । सर्वोच्च अदालतमा प्रमाणिकरण गरेको खण्डमा मन्त्रिपरिषद बैठकले पास गरेमा ऐन बन्ने उनले बताए ।

साईकल कानुनको अवधारणा, साईकल लेनको प्रयोग विधि जस्ता विषय अहिलेको चासो र चर्चाको विषय भएकोले अभियान सफल हुने उनले बताए । यसमा साईकल अभियन्ता रत्न श्रेष्ठ, विश्व साईकलयात्री पुस्कर शाहसंग देशभरका साईकल सरोकारवालाहरु आवद्ध रहेको उनले बताए । पुर्व झापा, धरान, हेटौडा, सप्तरी तथा पश्चिममा धनगढीबाट सुरु गरेर नेपालगंज, चितवन, पोखरा, बुटवलमा सुझाव संकलनमा लागेका उनी साईकलका अभियानहरु बौद्धिक, पोलिसी लेभलमा नपुगेको, संघसंस्थाहरुमा ग्याब देखिएको बताउँछन् । नेपाल साईकल सोसाइटी, साईकल सिटि नेटवर्क नेपाल, दिगो विकास संस्था, टुर द लुम्बिनी, साईकल अभियन्ताहरुको मुठिदानबाट अभियान चलेको छ । देशभरीका संस्थाहरुले हस्ताक्षर गरी ऐक्यवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?