© २०२३
म त बर्बाद भएँं । कतिदिन देखि डिप्रेसनको दबाई खाइरहेकी छु । मलाई कति पीडित बनायो । छोराछोरीको संरक्षण गर्ने बेलामा आफनै बाउ मात्तिएपछि के गर्ने ? न त म मर्न र्नै सक्छु न त बांँचेर सुख शान्ति छ । के भएको हो ? नसोचेको कुरापनि बिश्वास गर्नु नै प¥यो । बिहे भएको तिन दशक नाघ्यो, दुइ छोरा एक छोरी भए, छोराछोरीलाई दुःखम सुखम हुर्काइयो, थोरै धेरै पढाइयो, मिलेर घर ब्यबहार चलाइयो । बैंक तथा सहकारीमा कारोबार छ । धितो राखेको जग्गा मेरो नामको छ । न त उसले ब्याज तिर्छ न त सांँवा नै । असार मसान्तर क्लोजिङको बेला बैंक र सहकारीका कर्मचारी पैसा माग्न घरमा धाको धाईछन । उसलाई खोज्यो भेटिंँदैन । घरमा कहिलेकांँही मैना दुई मैनामा आउँंछ । बैंकवाला अब जग्गा लिलाममा चढ्छ भन्छन मत बहुलाईरहेछु ।
पछिल्लोसमय समाजमा बिश्वास गर्न नसकिने यस्ता घटनाहरू देखिने र सुनिने गरेका छन । सुन्दा अचम्म लाग्छ । उनी भन्दै गइन– कहांँ जान्छ, कहांँ बस्छ, उसको पिछा पनि गर्न थालँें । पाइलै पिच्छे झुट बोल्दै गयो, घरमा कहिलेकाहीँ भेट्दा ब्यवहार के गर्ने हो तिमी भागीरहन्छौ, भन्यो भने म तिर्न सक्दिन तँं बेच्न मन्जुर भए बेचेर ब्यवहार मिलाउने हो, मेरो उपाय छैन, कारोवार सबै ठप्पै छ बाहेक अरू भनेन । बसेको बासनै बेचेर म लगायत दुई जवान छोरालाई कहांँ लिएर जाउंँ, कति संकट बनायो । एक दिन कान्छो छोराले बाबा घरमा नआउने कारण पत्ता लगाउनेतिर लाग्यो र भन्यो बाबाले त दिदी भन्दा कान्छी केटी स्यारेर बच्चा पाएर राखेका छन रे भन्यो । त्यो सुन्दा म त अर्ध बेहोस भएंँछु । अनुसन्धान गर्दै जांँदा थाहा लाग्यो– छोरीको बिबाह गर्दिएको दुईचार दिनमै पहिलेदेखि डुलाउने केटी स्यारेर बच्चा पाएर बसेको रहेछ । दुई छोरालाई बुहारी भित्राउनुको साटो बाउले यो गरेको देख्दा म के गर्ने, मर्ने कि बाँंच्ने भएको छु । उनी रुँंदै यो सबै सुनाउँछिन ।
बा आमाले मारे पाप पाले पुन्य भनेर आँगन पोलेर बिबाह मण्डपमा कन्यादान गरी जसको जिम्मा लगाए उनैसंँग अर्काको घरमा आई दुःख सुख जीवन बिताउने भनेर बसियो । जीवन संघर्षमय रहेछ, कति दुःख गरियो गरियो, बाल बच्चा हुर्केपछि कुन कतिमा कुन कतिमा पढदै थिए र छन पनि । सानो तिनो बिजनेस कारोवार चलिराथ्यो, कोरोनाको महामारीमा सबैलाई तहसनहस पार्यो । कतिलाई लिएर नै गयो यो सबैले बुझेकै कुरा हो । जे थियो सबैले भोगेकै कुरा हो । मलाई भने नसोचेको कुरा आइपर्यो । चलिराको बिजनेस पनि नहेर्ने अनि हामी बसेको घर ठुलै कारोवार गर्छु भनि पत्याउनै पर्यो, मेरै नामको धितो पास गरी करिब करोडको आसपासमा पैसा झिकियो । पाटनर पनि राम्रै मान्छे देखाएपछि हुन्छ भनियो । मेरो नामको धितो फाइल हेरेर ब्याज आएन किस्ता आएन भनि फोन आउन थाल्यो । के भएको होे र भन्यो भने कारोवार घाटामा छ यसैले भन्ने उत्तर संधै । पछि पाइन्छ होला भनेर पत्याउँदै गएंँ । मैले समालेको छुटटै बिजनेसबाट बास जाने डरले थोरै थोरै ब्याज तिर्न थाले ।
नयाँ बिजनेसको सुरुवातबाटै रक्सीको गन्धसंँगै घर छिर्ने उनी केही महिना पछि बेहोसीमा आउन थाले । हुर्केका छोरी सामु फोहर शब्द बोल्न थाले । यो सबै के भएको होला भनि अनुसन्धानमा लागेंँ, पाटनरसंँग सोध्दा वहाँंले कारोवार केही हेर्नु हुन्न, कहिलेकाँंही मात्रै देखिनुहुन्छ भने । घरमा पनि हुंँदैनन, कहाँ जान्छन त भनि पिछा गर्दै जाँंदा परस्त्रीसँंगको लसपसमा भेटिए, जसका दुई नाबालक सन्तान छन, उनका श्रीमान आर्मीमा छन । त्यो ठाउंँमा उनको लसपस भएको थाहा भयो । कति पटक प्रत्यक्ष भेटाएँं । लाजको मर्नु दुई ज्वाईं ल्याउने बेलामा यो लाजमर्दो गतिबिधी देखेर कैयौँं पटक सम्झाएँं । माया प्रेम गहिरो भएर छुट्टिन गाह्रो परेको भए सँंगै बस तर यस्तो तमासा नदेखाओ भनेर पटक पटक सम्झाएंँ तर केही लागेन । दुबैलाई सँंगै राखेर गर्न खोजेको केहो भनेर निक्कै दवाव दिंँदा महिलाले हाम्रो केही होइन कारोवारको लेनदेन हो भनि । ल कति लिन छ कतिदिन छ हिसाब गर जोडिएर बस्न किन पर्यो, यो सबै भनेर साढे तिन लाख नकटोले दिन छ भनेपछि मैले ऋण खोजेर तिर्ने भएंँ त्यो पनि भएन । उनी भन्छिन । मलाई त्यो महिलाको श्रीमानले फोन गरेर अहिले तपाईं मेरो घरमा जानुस तपाईंको श्रीमान भेटाउनु हुन्छ, भनेर फोन गरेर कैयौँंपटक त्यसरी पनि उस्लाई भेटेँ तर मैले छुटाउन सकिन । कारोवार डामाडोल । घर बैंकले लाने टेन्सनले हामी आमा छोराछोरी निदाउन छोडयौंँ । नजिकका आफन्तलाई यो सबै सुनायौं । थोरै धेरै आफ्नो अवस्था अनुसार बैंकको ऋण घटाउन केही मद्दत मिल्यो । उ त बिहान देखि साँंझसम्म नशामा झुम्ने कहिलेकाहीँ घरमा भएको बेलामा खान नपाए काप्ने ढल्ने यस्तो अवस्था आयो । यो सबैको शिकार हामी छोरी र छोराहरू भयौं । उमेर अवस्था अनुसार जवानी आउँंछ । छोरी, छोरालाई ज्वाईं र बुहारी खोज्ने बेलामा यो के भएको हो । आखिर छोराछोरी हामी दुई मिलेरै जन्माएको हो । सन्तानको चिन्ता र जिम्मेवारी महिलाको मात्र हो र ? उनी अहिलेपनि टेन्सनमै देखिन्छिन । तर पनि संघर्ष गरिरहेकै छु भन्दै रुंँदै पिडा सुनाउँंछिन ।
माथिको यथार्थ घटनाले महिला मात्र हिंसामा छन भन्न खोजिएको होइन । पछिल्लो समय महिला भन्दा पुरुष हिंसामा भएको चर्चा चलिरहेकै छ । त्यसैमा बैदेशिक रोजगारमा गएका पुरुषहरू अरू अन्यायमा परेको देख्न सकिन्छ । तर यहांँ उठाउन खोजेको बिषय अलि फरक छ । यहांँ उठाउन खोजेको के मात्र हो भने घरमा श्रीमती छोराछोरी छन तर बाहिर जवान परस्त्री खोज्ने, घरका परिवारलाई अलपत्र पार्ने र विभिन्न बहानाबाजीमा पैसा बाहिरै खर्च गर्ने जसका कारण परिवार तहसनहस पार्ने प्रवृतिको बिरोध गर्न खोजिएको हो । साँच्चीकै भन्नुपर्दा माथिका घटनामा महिलाबाट महिला नै पीडित भएको देख्न सकिन्छ । जे भए पनि जहान परिवार बिर्सेर बिकृतीतिर लाग्ने दोषी पुरुष नै देखिएको छ । आर्थिक प्रलोभनमा परेर महिलाहरू दाम कौडी बलियो भएको र खर्च गर्न सक्ने पुरुष हेरेर केही महिलाहरू नजिकिन खोजिरहेका हुन्छन । समाज, आफन्त, परिवार र बालबच्चाको भविष्य सम्झेर पनि यस्तो बाटो अपनाउनु राम्रो देखिदैन । अर्को इज्जत भनेको महिला पुरुष दुबै तर्फकाले सोंच्नुपर्ने हुन्छ ।