ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

कर खारेजीको माग गर्दै प्रदर्शन

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

जिल्लाको पाल्हीनन्दन गाउपालिकाले गरेको अध्याधिक कर वृद्धि र भ्रष्टाचार विरुद्ध गाउँपालिकामा स्थानिय किसान सहित गठिन गाउँपालिका समानान्तर स्थानिय सरकारले नाराबाजी र प्रदर्शन गरेका छन् । किसान माथि लगाईएको कर फिर्ता गर्न,अनियमितता छानविनको माग गर्दै नाराबाजी र प्रदर्शन गरेका हुन् । गाउँपालिकामा बढ्दै गएको अनियमितता, भ्रष्टाचार र किसानमा माथि थोपारिएको करको विरोधमा सर्वपक्षिय भेलाले समानान्तर सरकार गठन गरी सुधारका लागि जिप्रका र जिसस मार्फत सचेत गराएको थियो । तर सरोकारवाला निकाय र स्थानिय तहका जनप्रतिनिधिले त्यस प्रति वेवास्ता गर्न थाले पछि समानान्तर सरकारले पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरि आन्दोलनमा उत्रेको छ । गाउपालिका भरिबाट प्रतिनिधिको रूपमा उपस्थित राजनीतिक दल,ब्यवसायी र किसानहरूले कार्यालय अगाडी करिब एक घण्टा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
नाराबाजी र प्रदर्शनका कारण कामकाज ठप्प भएको थियो । प्रदर्शन पछि कार्यालय अगाडी कोणसभा समेत गरि चेतावनी दिएका थिए । कोणसभा सम्बोधन गर्दै स्थानिय कृषक अगुवा तरेन्द्र बर्माले हिन्दी सायरी भन्दै किसान र भुमिकर फिर्ता नभए किसानको भिडले गाउपालिका प्रशासन र जनप्रतिनिधिले तह लगाउने चेतावनी दिए । उनले हिन्दीमा सायरी भने, किसान जल जाता है,खेती लगाने में,अरे ओ वेवफा तुम्हे शर्म नही आई कर लगाने में ।
संसार भर कृषि र किसानलाई अनुदान दिदै कृषकलाई प्रोत्साहन गरिन्छ, उनले भने, यो कस्तो सरकार आयो, किसानको खेत माथि कर लगाउँदै छ । यो कर तत्काल फिर्ता नभए गाँउ गाँउमा गाउपालिका प्रशासन र जनप्रतिनिधिलाई बहिस्कारका कार्यक्रम गर्ने चेतावनी दिए । कोणसभामा स्थानिय राजनीतिकर्मी राजेन्द्र सहानीले किसान माथि कर लगाउने र विलासीताका जिवन जिउने जनप्रतिनिधिलाई अब गाउ गाँउबाट बहिस्कार गर्नु पर्ने बताए । सरकारी बजेटको समेत दुरूपयोग हुने र योजना सचालनमा भ्रष्टाचार गर्ने पाल्हीनन्दन गाउँपालिकाले अग्रता लिएको आरोप लगाए ।
त्यसैक्रममा स्थानिय नेता मुकुरजी गिरीले यो अहिले चेतावनी स्वरूप प्रदर्शन मात्रै भएको बताए । अहिले घर घरबाट जनता उत्रेका छैनन्, उनले भने, सबै जनता उत्रिएमा जनप्रतिनिधि र प्रशासकलाई कार्यालयबा लतारेर बहिर निकाल्न सक्ने चेतावनी दिएका थिए । कोणसभामा बोल्दै समानान्तर सरकारका संयोजक धरेन्द्र यादवले एक दुई साता भित्र यदि किसान माथि लगाईएको कर फिर्ता नगरिए कार्यालयमा अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत लगायतका जिम्मेवार जनप्रतिनिधिको कुर्सी फालेर बाहिर निकालिने चेतावनी दिए । उनले भने– किसान र ब्यवसायि माथि थोपारिएको कर फिर्ता बेला मै गर्नुस,अनियमितता र भ्रष्टाचार रोक्नुस् ।’
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?