ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

पर्यटक, शान्ति र पर्यटन

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

लुम्बिनी बर्थिंग सेन्टर
नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट बक्तब्यको बुँदा नम्बर ७१ मा उल्लेख गरिएको छ– लुम्बिनीलाई बर्थिंङ हवको रूपमा प्रवर्द्धन गरिनेछ । लुम्बिनी आउने सरकारका मुख्य जिम्मेवार व्यक्तिहरूले यसलाई निकै ठुलो उपलब्धिको रूपमा प्रस्तुत गरिरहेका छन् । हुन त लुम्बिनीलाई बच्चा जन्माउने थलोको रूपमा विकास गर्नुपर्छ भनेर केहि पर्यटन विज्ञ र बौद्ध विज्ञ भनिएका प्रोफेसर डाक्टरहरूले बेलाबेलामा यो कुरा उठाउने गरेका छन् । अहिले सरकारी कार्यक्रमले नै लुम्बिनीलाई ‘बच्चा जन्माउने थलो’को रूपमा प्रवद्र्धन गर्ने कुरा अघि सारेपछि आजभन्दा २२ सय वर्ष अघि शान्तिको खोजीमा लुम्बिनी आईपुगेका सम्राट अशोक अनि लुम्बिनी आएका लाखौ बौद्ध धर्मावालाम्बिहरू लुम्बिनीमा के का लागि गईएछ भनेर ‘कन्फ्युज’ भए होलान् । श्रीलंकाले त लुम्बिनीमा बर्थिंङ सेन्टर बनाईदिने प्रस्ताब नै गरिसकेको छ रे ! सरकारको कार्यक्रम र विज्ञहरूको परामर्श अनुसार भयो भने ‘विश्व शान्तिको मुहान लुम्बिनीमा’ बौद्ध गुम्बा चैत्यहरू भन्दा धेरै बर्थिंङ सेन्टरहरू भएछन भने भविस्यमा अचम्म मानिदैन होला ।

शान्तिका लागि पर्यटन
मनोरन्जन, ब्यापार, सम्बन्ध विस्तार, शिक्षा आर्जन, अनुसन्धान, समय व्यतित लगायत पर्यटनका अनेकौं उद्देस्यहरू हुन्छन् । तर यी उद्देस्यहरू मध्ये शान्तिको खोजि पर्यटनको मुख्य उद्देस्य हो । जुन समयमा आफू घुमेको कुरा अरूलाई सुनाउनुपर्ने, अरूलाई पढाउनुपर्ने अवस्था थिएन, जुन समयमा फोटो खिचेर आफु घुमेको प्रमाण अरूलाई देखाउनुपर्ने थिएन’ त्यो बेलामा मानिसहरू घुमफिर गर्दै टाढा टाढा पुग्नुको उद्देश्य मानसिक शान्ति र ज्ञानको खोजि नै थियो । हिमालको चिसो भूगोलदेखि पहाड र नदीका कुना कन्दरामा घुम्दै पुग्नु, त्यहाँ पुगेर तपस्या गर्नु, ज्ञान आर्जन गर्नु बैदिक कालदेखिकै अभ्यास थियो । ज्ञानको खोजीमा गौतमबुद्ध भारतका विभिन्न ठाउँमा पुग्नु, सम्राट अशोक र रिपू मल्ल लुम्बिनीमा आउनु शान्तिकै खोजि थियो । अहिले पनि धेरै मानिसहरू टाढा टाढाका एकान्त र शान्त स्थानमा पुग्ने, मठ मन्दिर र गुम्बा चैत्य दर्शन गर्न पुग्नुमा शान्तिको चाहनाले काम गरिरहेको हुन्छ । घुमफिरले शरीरमा स्फूर्ति र मानसिक शान्ति मात्र दिदैन, मानिसलाई समाज र सभ्यता चिन्न समेत सघाउछ । फरक सस्कृति, फरक सम्पदा र फरक समाजसंग परिचित भएपछी एक अर्काका कुराहरू सुन्न, बुझ्न र समर्थन गर्न सकिने बनिन्छ । घुमफिर गर्दा मानिसलाई समस्याहरू बुझ्न र त्यो समस्या समाधानको लागि प्रयत्न गर्न खोज्ने बनाउछ । यस्ता गतिविधिले समाजमा आपसी सदभाव, विस्वास , सहकार्य र शान्ति स्थापना गर्नमा मद्दत पुग्छ ।

पर्यटनका लागि शान्ति
पर्यटनको लागि शान्ति र राजनैतिक स्थिरता प्रमुख आवस्यक तत्वहरू हुन् । पर्यटकहरू जहिलेपनि निस्फिक्री भएर घुम्न चाहन्छन् । जहाँ शान्ति छैन, त्यहाँ पर्यटकहरू जानै चाहदैनन् । देशहरू विचमा हुने युद्ध, गृहयुद्ध, देशभित्रका विभिन्न समुहहरू विचमा हुने संघर्ष अनि विधिको शासन नभएको ठाउँमा पर्यटक पुग्ने र घुमफिर गर्ने हिम्मत गर्दैनन् । द्वन्दरत पक्षले पर्यटकलाई दुख दिने, लुट्ने र समस्यामा परेको समयमा राज्यबाट गुहार नपाउने अवस्थामा पर्यटन गर्न कोहि रुचाउदैनन् । नेपालमा माओबादी द्वन्द हुँदा पर्यटन क्षेत्रले ठुलो नोक्सानी बेहोर्नुपरेको थियो । सन् १९९८ सम्म उकालो लागेको पर्यटक संख्या माओबादी जनयुद्ध उत्कर्षमा पुगेको समयमा २३ प्रतिशत सम्मले ओरालो लागेको थियो । आन्तरिक पर्यटन त त्यो बेलामा लगभग ठप्प जस्तै थियो । माओबादी संघर्षको अन्त्य भएपछि देशमा बिदेशी पर्यटकहरूको संख्या उकालो लागिरहेको समयमा २०७२ सालमा मधेश आन्दोलन र नाकाबन्दी भएको कारण विदेशी पर्यटक आगमन सन् २०१५ मा अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले घटेको थियो । बिदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटक पनि निकै सुरक्षा संबेदनशील हुन्छन् । आन्दोलन, विरोध, युद्ध भएका क्षेत्रहरूमा एक दुईजना पर्यटकहरू जोखिम मोलेर पुगेपनि समुहमा पर्यटकहरू देशभित्रै जान समेत हिम्मत गर्दैनन् भन्ने कुरा मधेश आन्दोलन, थरुहट आन्दोलन र हालको लिम्बुवान आन्दोलन भएको क्षेत्रमा आन्तरिक पर्यटनको अभ्यासलाई हेरे पुग्छ ।
देशभित्र युद्ध र द्वन्द नहुनु मात्र पर्यटकीय शान्तिका आधार हुदैनन् । पर्यटनको लागि शान्ति भित्र पर्यटकलाई सरकारी संयन्त्र र समुदायले गर्ने व्यवहार समेत पर्छन् । एउटा विदेशी पर्यटक नेपाल आउनासाथ विमानस्थल भित्र उसलाई लुट्न लाईन लागेर बसेका हुन्छन्, ट्याक्सी, एअरलाईन्स, होटेल, निकुन्ज, पार्क सबैले विदेशी पर्यटकबाट कसरि धेरै रकम झार्ने भन्ने साेंच बोकेर मानिसहरू बसेको अवस्थामा पर्यटकले कदापि शान्तिको महसुस गर्न सक्दैन । स्थानीय समुहबाट संस्थागत रूपमा हुने ठगि, होटेल र ट्राभलवालाको तानातान, पैसा झार्ने दाउमा बस्ने कर्मचारीले गर्दा पर्यटकलाई अवस्यपनि मानसिक शान्तिको महसुस गर्न दिदैनन् । भत्किएका सडक, मर्मत नगरिएका पदमार्ग, यात्रा गर्दा खाना र बासको चिन्ता, सुचनाको कमि जस्ता तत्व पनि पर्यटनमा शान्ति ल्याउन नदिने कारण हुन् । देशकै एक भूगोल र समुदायको व्यक्ति अर्को भूगोल र समुदायमा पर्यटक बनेर जाँदा भूगोल र जातीय कारणले हेप्ने, सेवा र सुविधामा बन्देज लगाउने, पर्यटकको इच्छा विपरितका कार्यहरू गर्न बाध्य पार्ने जस्ता समस्याहरू आन्तरिक पर्यटकले भोग्नु परिरहन्छ । यी सबै पर्यटन क्षेत्रमा शान्ति हुन नदिने तत्वहरू हुन् । यी तत्वहरू जवसम्म विद्यमान रहन्छन, तवसम्म पर्यटकलाई बोलाउने, ल्याउने, भुलाउने र लाभ लिने काम गर्न सम्भव छैन ।
के गर्नुपर्ला?
पर्यटनको मुख्य उद्देश्य शान्ति र आनन्द हो र यसको लागि गरिने पर्यटन नै दिगो पर्यटन बन्न सक्छ । त्यसैले पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्दा मानसिक शान्ति कसरि प्राप्त हुन सक्छ भन्ने कुरालाई ध्यान दिएर गर्नुपर्छ । शान्तिको लागि पर्यटन गर्नको लागि पर्यटकीय क्षेत्रमा शान्ति आवस्यक पर्छ । यो काम ‘पर्यटन क्षेत्र, शान्ति क्षेत्र’ भनेर सरकारले घोषणा गरेर मात्र हुदैन । पर्यटन क्षेत्रमा शान्तिको लागि पर्यटक आगमन विन्दुबाट नै सरकारी र व्यवसायिक वातावरण पर्यटक मैत्री बनाउनु आवस्यक हुन्छ । राज्यका नीतिहरू पर्यटक दोहन गर्ने नभई प्रवद्र्धन गरेर लाभ लिनका केन्द्रित हुनुपर्छ । पर्यटन क्षेत्रबाट लाभ लिन पाउने मुख्य लाभग्राही नागरिक हुने भएकोले नागरिकहरूले नै आन्तरिक विमति जे सुकै भएपनि पर्यटकलाई दुख दिनु हुदैन र उनिहरूलाई सन्तुष्ट बनाएर लाभ लिनुपर्छ भन्ने कुरालाई मूल मन्त्र बनाउनुपर्छ । सामुदायिक पर्यटन प्रहरी, द्रुत गुनासो सुनुवाई गर्ने निकाय, विपतमा उद्दार गर्ने संयन्त्र राज्यले तयार गर्नुपर्छ । पर्यटकले शान्ति महसुस गरेर मात्र पर्यटन विकास हुन सक्दैन । पर्यटकलाई सेवा सुविधा प्रदान गर्ने पर्यटन उद्योगलाई पनि सबै किसिमका आतंक, असुरक्षाबाट मुक्त राख्न सक्नुपर्छ । पर्यटन व्यवसायको भौतिक सुरक्षा, लगानीको सुरक्षा जस्ता कुराहरूमा राज्य नै गम्भीर भएर लाग्नुपर्छ । यी कार्यहरू गर्न सकियो भने मात्र पर्यटन क्षेत्रले शान्ति महसुस गर्न सक्छ र शान्ति तथा आनन्द प्राप्तिको लागि पर्यटकहरू आउन र निस्फिक्री भएर डुल्न, खर्च गर्न सक्छन् ।
फेरी लुम्बिनि तर्फ नै,
मनोरम हरियाली र सुन्दर फूलहरूको विचमा सुन्दर बौद्ध मन्दिर, गुम्बा र चैत्यहरू भएको, मानिसहरूले शान्त भएर ध्यान गरिरहेको, चराहरूको चिर्विराहट, घण्टिको मधुर स्वर, बुद्धवाणि वाचनको मधुर आवाज , सफा भवन र सडकहरू, टाढा टाढासम्म बौद्ध वातावरण भएको लुम्बिनी होला– लुम्बिनी नटेकेका मेरा धेरै विदेशी बौद्ध मित्रहरूले लुम्बिनीको बारेमा यस्तै कल्पना गरेको मलाई सुनाउछन् । भारतका बोधगया, सारनाथ, कुशीनगर गएका नेपालीहरूले पनि त्यहाँ मेरा बिदेशी मित्रहरूले कल्पना गरेको जस्तै वातावरण धेरै हदसम्म भएको बताउछन् । तर लुम्बिनीको अवस्था भने बेग्लै छ । लुम्बिनी कंक्रिटको शहरमा परिणत भैसकेको छ । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र अध्यात्मिक वातावरण नै छैन भन्दा अन्याय हुदैन । २÷४ दिन लुम्बिनीमा बगैचामा, गुम्बामा बसेर शान्ति साधना गर्छु भनेर कल्पना पनि नगर्दा हुन्छ । मायादेवी मन्दिर परिसरमा पनि ध्यान गर्ने वातावरण नै हुदैन । आध्यात्मिकता कसरी विकास गर्ने भन्दा पनि लुम्बिनीलाई क्रिडास्थल बनाएर धेरै पर्यटकलाई कसरि ल्याई पु¥याउने भन्ने कुरामा मात्र सरकार र लुम्बिनी विकास कोष लागेको छ । लुम्बिनी बाहिरको समाजमा लुम्बिनी र बौद्ध दर्शनको बारेमा चेतना छैन । मुख्य गेटबाट लुम्बिनीको पर्खाल बाहिर निस्कने हो भने आधुनिक बजार घुम्न गए जस्तो लाग्छ । जति विश्व शान्तिको मुहान भनेर प्रचार गरेपनि लुम्बिनी भित्र आध्यात्मिक, मानसिक शान्तिको अवसर पाउने वातावरण बनेको छैन । बेलाबेलामा लुम्बिनी सरोकारको नाममा विभिन्न समुहले लुम्बिनीमा वितन्डा मच्याएर बाहिरि मानिसको मनमा लुम्बिनी असुरक्षित छ भन्ने पारिदिन्छन् । यो अवस्था रहिरहने हो भने लुम्बिनीमा शान्तिको लागि आउने हैन कि– सरकारले भने जस्तै गरि बच्चा जन्माउन आउने काम हुन सक्छ । यसले केहि समय होटेल र अस्पताल चलाउन मद्दत पुग्ला, दिगो पर्यटन अनि शान्तिस्थल लुम्बिनी बनाउन कदापि सक्ने छैन ।
[email protected]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?