ट्रेंडिंग:

>> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन” >> गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप >> कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई >> महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश >> बर्दघाटको पहाडी भेगका किसानलाई हाते ट्याक्टर >> २४ औ स्थापना दिवसमा बाल संगठनलाई खाद्यान्न सहयोग >> ‘दाइजाे मृत्यु’ प्रकरणमा श्रीमान माथि दुरुत्साहन मुद्दा दर्ता >> संघीय निजामती सेवा विधेयक समितिबाट पारित >> सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस् >> रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकार आफै डार्क मोडमा लान खोजेको हो ?(भिडियोसहित) >> राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ >> राजापुर नगरपालिकामा जिल्लाकै कम बेरुजु >> कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ महिलाको मृत्यु >> एकै पटक ३ हजारले बढ्यो सुनको मूल्य >> जलवायु परिवर्तन, हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीः प्रधानमन्त्री  >> रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्धा न्यायधिशद्वय चुडाँल र श्रेष्ठको इजालासमा >> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय >> प्रदेश सांसदले गरे सरकारको ध्यानाकर्षण >> शिक्षा र राजनीतिः राष्ट्रको भलाइका लागि समान पाटो >> बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना >> नेपालको राजनीति र नागरिक निराशा >> मदन आश्रित स्मृति दिवसमा रक्तदान >> मुलुकको अर्को बेथितीः बेरुजुको छलाङ >> प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु >> दलित र सीमान्तकृत समुदायमा विशेष आयआर्जन कार्यक्रम >> पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ? >> काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा >> कुलमानको दाबीमा महालेखाको आपत्ति : प्राधिकरणको नाफा यथार्थपरक छैन >> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो

भुइँ मान्छेको लागि गणतन्त्र अनुभूतिको कुरा

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

नेपालमा गणतन्त्र आएको २०६१ को जनआन्दोलनबाट हिसाब गर्दा २० वर्ष हुन्छ । २० वर्ष भनेको लामै अवधि हो । हामी कहाँ आएको गणतन्त्र सामान्य गणतन्त्र होइन । अलि विशेष खालको हो । हाम्रो गणतन्त्र लोकतान्त्रिक गणतन्त्र हो । लोकतान्त्रिक मात्र नभएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो ।
यसमा प्रशस्त प्रजातन्त्र छ । सभासम्मेलन, नारा जुलुस बेस्सरी गर्न पाइन्छ । जिन्दाबाद मुर्दाबाद जति पनि गर्न पाइन्छ । लोकतान्त्रिक गणतन्त्र आउनुभन्दा पहिल्यै वर्षमा एकपटक मात्र गाईजात्रा मनाइन्थ्यो । अहिले दिनदिनै गाईजात्रा छ । गाँस बास कपास दे नत्र सत्ता छोडिदे भनेर घोक्रो फुलाएर नारा लगाउन पाइन्छ।गास, बास, कपासको व्यवस्था भने हुन सकेको छैन । गणतन्त्र मजाले आएको छ । यसको अनुभव हुन भने बाँकी छ ।
हो, केही निश्चित वर्ग विशेषले मजाले गणतन्त्रको अनुभव गरेको छ । भुइं मान्छेले यो अनुभव गर्न बाँकी छ । गणतन्त्र आएपछि मुलुकमा दुईटा चुनाव भए । यी दुईटा चुनावबाट चुनिएको जनप्रतिनिधिको विशेष वर्ग बन्यो । यसले चाहिँ गणतन्त्रको अनुभव गरेको छ । जनताले भने अनुभव गर्न सकेका छैनन् । यस अर्थमा अहिले जनप्रतिनिधि र भुइं मान्छेको दुईटा वर्ग छ । गणतन्त्रको अनुभव गर्ने र गर्न नपाउने अर्थमा यी दुईबीच ठूलो अन्तराल छ । यो अन्तराल बढ्दै गयो र साँगुरिने स्थिति आएन भने अवान्छित विस्फोट टाढा नहुन सक्छ ।
दुःखका साथ भन्नुपर्छ हाम्रा जनप्रतिनिधिहरू जनताका सेवक होइन शासक भएछन् सानो अपवाद हुन सक्छ तर त्यो निर्णायक छैन । हाम्रा जनप्रतिनिधि शुद्ध कर्मचारीका रूपमा छन् । कर्मचारी जस्तै तलब भत्ता, ओखती मुलो सबै खालका सुविधा राज्यबाट लिन्छन् । स्थानीय पालिकादेखि प्रदेश, सङ्घ÷ केन्द्रसम्म यही स्थिति छ। जिल्ला, केन्द्रमा रेलादेला विकास बजेटको डाडु पनियो यिनैको हातमा छ । जनताका प्रतिनिधि पालिकाका प्रमुख होलान्, सभासद् होलान्, सांसद होलान्, मन्त्री होलान्, सामान्य अपवाद बाहेक निर्माण विकासको सवालमा प्रत्यक्ष अप्रत्यक्ष ठेकेदार छन् । वडा अध्यक्ष मात्रकै बारेमा भनौँ– एउटा कथा बनेको छ। एउटा दुईटा जीसीबी नहुने वार्ड अध्यक्ष वार्ड अध्यक्ष नै होइन । वार्ड अध्यक्ष भएर एउटा जीसीबी नहुने वार्ड अध्यक्ष नामर्द हो । वार्ड अध्यक्षको बारेमा लोकभाषामा डोजराध्यक्ष भनेर नामाकरण गरिएको छ ।
कर्मचारी तन्त्रमा जनजीब्रोमा एउटा कहावत छ– कर्मचारी भएर जसरी पनि टन्न कमाउने कर्मचारी मर्द हो । कमाउन नसक्ने कर्मचारी हुतिहारा नामर्द हो। यो भयो मुलुकको मौजुदा अवस्थाको दुरुस्त शब्दचित्र । अब गरौँ, भुइं मान्छेलाई पनि गणतन्त्रको अभ्यास गराउने हो भने त्यस सम्बन्धमा न्यूनतम केही कार्यक्रमिक कुरा ।
१– नेपालीहरू आफ्नो देशमा गुजारा नचलेर मुग्लान जान दिनहुँ त्रिभुवन विमानस्थलमा २–२५०० को संख्यामा लामबद्ध छन् । तिनको अनुहार हेरेर पहाड र मधेसका बाझा खेतबारी जोत्ने, अन्न तरकारी तथा फलफूल लगाउने, पशुपालन गर्ने कृषि योजना तुरुन्त बनाऊ सरकार! यसबाट तिनको मन फर्कला र गणतन्त्रको अनुभूति हुन सक्ला । योजना बनेका छन् भन्ने होला। हो, योजना बनेका पनि छन्, अक्कास मान्छेका लागि अनुदान बाँड्न बनेका छन् । भुइँ मान्छेलाई बनेका छैनन् । भुइँ मान्छेका लागि बनाऊ । याद रहोस्, साच्चिकैं अर्थपूर्ण रूपमा यो काम गरिन्छ भने यो काम यति महŒवपूर्ण हुनेछ कि हाम्रा खेतबारीबाट फलफूलमात्र नभएर खदिलो राष्ट्रियता पनि उब्जने छ ।
२–मुलुक भ्रष्टाचारमा चुर्लुम्म छ । अलि पहिलेै भ्रष्टाचारको आरोप कर्मचारी माथि थियो । अहिले जनप्रतिनिधिमाथि पनि थपिएको छ। यसमा जनप्रतिनिधिलाई एक नं. मा राख्न थालियो भनेपछि भ्रष्टाचार कहाली लाग्दो अवस्थामा पुग्यो । यसलाई जबरजस्त नियन्त्रण गर्न सक्ने हो भने भुई मान्छेलाई गणतन्त्रको अनुभूति सहजै हुन सक्नेछ। इच्छाशक्ति हुनुपर्छ, गर्न कत्ति गाह्रो छैन । मौजुदा जाली झेली रकमी कानुनलाई निलम्बन गरेर कर्मचारी, जनप्रतिनिधि र उद्योगी व्यापारीको जायज आएको सम्पत्तिलाई सम्बन्धित व्यक्तिको हुने र अरू राज्यको हुने जंगे कानुन बनाऊ । एक रातमा भ्रष्टाचार नियन्त्रण हुन्छ । गणतन्त्रको राम्रो अनुभूति हुन थाल्छ ।
३–राष्ट्रको आवश्यकता अनुसार शिक्षा दीक्षाको व्यवस्था गर। प्राविधिक शिक्षामा जोड देऊ । कृषि शिक्षा देऊ, कृषिमा रोजगारी देऊ।औद्योगिक शिक्षा देऊ, उद्योगमा काम देऊ । म्यानेजमेन्टको शिक्षा देऊ, व्यवस्थापनमा काम देऊ । कम्प्युटर शिक्षा देऊ, कम्प्युटरमा काम देऊ । क्षमता अनुसार विद्यार्थी छान । कमजोर विद्यार्थीलाई समयमै सिप सिकाउ । सीप अनुसार दैनिक जीवनमा बिजुली, पलम्बिङ, डकर्मी, सिकर्मीका काम देऊ । प्रशस्त रोजगारी हुन्छ। अनावश्यक डिग्रीधारी बनाएर बेरोजगारीको डम्पिङ नबनाऊ । यसो गर्न सकेमा विद्यार्थीहरूको विदेश पलायन स्वतः बन्द हुनेछ र गणतन्त्रको अनुभूति हुन थाल्नेछ । यी तीन व्यवस्था गणतन्त्रको अनुभूति दिने मुख्य अनि ठोस व्यवस्था हुन सक्छन् । तपसिलका सानातिना तमाम व्यवस्था पनि हुनसक्छन् । तिनले पनि गणतन्त्रको अनुभूतिलाई सहज गर्न सक्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?