ट्रेंडिंग:

>> साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित >> दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ? >> छबिलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति >> कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित >> सुत्केरीको मृत्युपछि प्रदेश अस्पतालमा प्रर्दशन >> कार्यदलले बुझायो प्रदेश सरकारलाई प्रतिवेदनः समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न सुझाव (पूर्ण पाठसहित) >> नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार >> दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु- नेप्से >> हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने >> अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ >> दुर्गा प्रसाई अस्पताल भर्ना >> भारतबाट ‘लापत्ता लेडिज’ ओस्कारमा >> जिल्लास्तरीय चित्रकलामा पामिरका राजन थापा प्रथम >> प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान >> फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने सात जना पक्राउ >> काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत >> स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म >> सुनको मुल्यमा नयाँ किर्तिमान >> श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ >> श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई >> दुर्गा प्रसाईका समर्थकले झापामा जलाए तीन वटा ट्रक >> विरोधको डरले प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित >> गोरखापत्रका कार्यकारी अध्यक्ष सुवेदीलाई राष्ट्रपतिबाट अग्रज पत्रकार सम्मान >> भैरहवामा आठौ मेयर कप जिल्लास्तरीय स्नुकर प्रतियोगिता सुरु >> भेरी अस्पतालमा लाईभ शल्यक्रिया >> कुमाख गाउँपालिकामा युवाहरूले लगाए ताला, कर्मचारीमाथि अभद्र व्यवहार गरेको गाउँपालिकाको आरोप >> लसुन काण्डले राजस्वका प्रमुख अधिकृतको सरुवा >> युवा देशप्रति निराशा किन ? >> प्युठान दुर्घटना पाँच वर्षमा १ सय ५ को मृत्यु >> प्रकृति जोगाउन आन्दोलन >> धान बालीमा ‘सेतो पुतली प्रकोप’ >> तुरियाखोला पुलः डिजाइन फेल हुँदा पुल अलपत्र >> सक्रिय बन्दै मनसुन : आज राति यी प्रदेशमा धेरै पानी पर्ने >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता >> आईसीसी विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पराजित >> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?

कार्यदलले बुझायो प्रदेश सरकारलाई प्रतिवेदनः समानुपातिक विज्ञापन नीति अवलम्वन गर्न सुझाव (पूर्ण पाठसहित)

७ आश्विन २०८१, सोमबार
७ आश्विन २०८१, सोमबार

बुटवल, ७ असोज ।

लुम्बिनी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई समानु्पातिक ढंगले वितरणको व्यवस्था मिलाउनुपर्ने सुझावसहितको प्रतिवेदन कार्यदलले प्रदेश सरकारलाई बुझाएको छ ।

सञ्चार क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई बुझाइएको हो ।

प्रतिवेदनमा जनता, राष्ट्र, राष्ट्रियताका पक्षमा संवेदनशील पत्रपत्रिकालाई जोगाउन र जगाउनु प्रदेश सरकारको कर्तव्य भएको भनिएको छ ।

प्रदेश सरकारले छापा माध्यममा रोजगारी संख्या, राज्यलाई बुझाउने राजश्व, न्यूनतम पारिश्रमिक कार्यान्वयन, प्रदेश भित्रको वितरण क्षेत्र आदि लगायतका आधारमा विशेष सहुलियत, सुविधा र आर्थिक अनुदानको व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वितरण हुने लोककल्याणकारी विज्ञापनको रकम समयानुकूल नभएको तथा लोककल्याणकारी विज्ञापनको न्यायोचित व्यवस्था हुन नसकेको भन्दै प्रतिवेदनमा प्रदेशमा सूचिकरण भएका छापा माध्यमहरुको संख्याको आधारमा कम्तिमा रु. ५ करोड बजेट बिनियोजन गरी लोककल्याणकारी विज्ञापन बापत प्रेस काउन्सिल नेपालबाट भएको वर्गिकरणको आधारमा वर्ष भरी नै उपलब्ध हुने व्यवस्था गर्न माग गरिएको छ

प्रदेश सरकारका मन्त्रालयगत रुपमा सन्देशमूलक विज्ञापनका लागि बिनियोजित बजेटलाई अनिवार्य प्रदेश भित्रका छापा माधयमबाट प्रकाशित हुने व्यवस्था मिलाई एकद्वार प्रणालीबाट समानुपातिक विज्ञापन प्रणाली लागु गर्न, प्रदेश स्तर तथा स्थानीय तहका सरकारी कार्यालयका विज्ञापन÷सूचना प्रकाशनका लागि सार्वजिक खरीद ऐन २०६३ ले व्यवस्था गरे अनुरुप प्रदेश भित्र प्रकाशित पत्रपत्रिकालाई प्राथमिकताका साथ समानुपातिक वितरण प्रणालीका आधारमा अनिवार्य प्रकाशित प्रसारित हुने नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न माग गरिएको छ ।

नेपाल सरकार विज्ञापन बोर्डले सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण र रकम भुक्तानीका लागि गरेको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वय गराउन, छापामाध्यमलाई अन्य उद्योगसरह दर्ता गरी सञ्चालन गर्न र छापा माध्यमको संस्थागत विकास गर्न, पत्रपत्रिका व्यवसायलाई सेवा उद्योगको रूपमा मान्यता दिन पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

राज्यबाट मिडियाका लागि काम र सेवाको प्रकृतिका आधारमा विद्युत महशुल, कर लगायतमा विशेष छुटको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ ।

त्यस्तै सरकार तथा त्यसका निकायहरुले प्रदान गर्ने लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्ययमहरुले पाउन नसकेको भन्दै प्रतिवेदनमा विज्ञापन बोर्ड होस् या प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कसैले पनि लोककल्याणकारी विज्ञापनलाई समानुपातिक प्रणालीबाट अनलाइन सञ्चार माध्ययमलाई उपलब्ध नगराएको उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले विधिवत रुपमा दर्ता तथा नविकरण भई व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्ययमलाई अन्य सञ्चार माध्यम सरह लोक कल्याणकारी विज्ञापन नियमित रुपमा प्रदान गर्नु पर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

साथै संचार माध्यमहरुलाई समायानुकुल सशक्त बनाउन आवश्यक प्राविधिक उपकरणहरु खरिदका लागि मापदण्ड बनाई अनुदान व्यवस्थाको प्रबन्ध समेत गर्न माग गरिएको छ ।

आर्थिक मन्दी, विज्ञापन बजारको संकुचन, दक्ष जनशक्तिको अभाव जस्ता कारण तथा अनलाइन संचारमाध्यमलाई राज्यले गरेको विभेदका कारण अनलाइन सञ्चारमाध्यम धरासायी हुन लागेको भन्दै प्रतिवेदनमा यसको पुनर्उत्थानका लागि सरकारले सुविधा उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ ।

अनलाइन मिडियामा पनि अन्य मिडियामा सरह लोक कल्याणकारी विज्ञापन समानुपातिक रुपमा उपलब्ध गराउनु पर्ने, सरकार तथा त्यसका निकायले छाप्ने बोलपत्र आव्हान (टेण्डर) का सूचना पनि समानुपातिक रुपमा अनलाइन सञ्चार माध्ययमबाट पनि प्रकाशन गराउने व्यवस्था गरिनु पर्ने, अनलाइन सञ्चार माध्यमलाई थप परिस्कृत तथा समयानुकुल प्रतिस्पर्धी बनाउनका लागि प्राविधिक उपकरण खरिदका लागि अनुदानको व्यवस्था गर्नु पर्ने माग पनि गरिएको छ ।

मापदण्ड बनाएर अनिवार्य रुपमा अनलाइन मिडियाको वर्गिकरण तथा नियमित नियमन गरिनु पर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

प्रदेश सरकारले दिदै आएको पुरस्कार तथा सम्मानलाई व्यवस्थित र नियमित गरिनुपर्ने, पत्रकार कल्यार्णकारी कोषलाई व्यवस्थित गर्न आवश्यक नीति बनाएर कार्यान्वय गर्नुपर्ने, लुम्बिनी प्रदेशमा प्रदेश स्तरको संचार संग्राहलय तथा अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने, पत्रकार महासंघको संस्थागत विकासका लागि १२ वटै जिल्ला शाखाहरुमा भवनको स्तरउन्नती एवं पुस्तकालयको व्यवस्था गर्नुपर्ने ुझाव पनि कार्यदलले दिएको छ ।

दीर्घ तथा गम्भीर प्रकृतिका रोग लागेका पत्रकारहरुको उपचारको लागि प्रदेश सरकारबाट व्यवस्था हुनुपर्ने, ३० वर्ष पत्रकारिता गरेका र ६० बर्ष उमेर पुगेका अग्रज पत्रकारहरुलाई प्रदेश सरकारले पेन्सनको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रतिवेदन बुझाउने क्रममा लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेल पनि उपस्थित थिए ।

यस्तो छ प्रतिवेदनको पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?