ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन
सन्दर्भः विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्या रोकथाममा सबैको सहकार्य जरुरी

२५ भाद्र २०८१, मंगलवार
२५ भाद्र २०८१, मंगलवार

आत्महत्या भनेको व्यक्तिगत कारणहरूका कारण आफ्नो जीवनलाई जानबूझेर समाप्त गर्ने क्रियालाई जनाउने शब्द हो । यसमा व्यक्ति स्वयंलाई जानबूझेर हानी पु¥याउने वा मर्नको लागि क्रियाकलाप गर्ने समावेश हुन्छ। हरेक वर्ष सेप्टेम्वर १० मा ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाइन्छ । यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने नाराका साथ नेपाल लगायत विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । आत्महत्या गम्भीर मानसिक र भावनात्मक संकटको परिणामस्वरूप हुन सक्छ ।
नेपालमा आत्महत्याको दर बढ्दो क्रममा रहेको छ । नेपाल प्रहरीको पछिल्लो १० वर्षको तथ्याङ्कको आधारमा औसतमा प्रति वर्ष ५,७५२ मानिसले आत्महत्या गरेको पाइएको छ । यो नेपाल प्रहरीमा दर्ता भएका सबै मुद्दाको औसत १६ प्रतिशत हो । उक्त संख्यालाई जनगणना २०७८ को तथ्याङ्क अनुसारको जनसंख्याका आधारमा विश्लेषण गर्दा औसतमा वार्षिक रूपमा कुल जनसङ्ख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। आर्थिक वर्ष २०७९।०८० मा पुरुष ३९४२, महिला २२५६, बालक २६६ र बालिका ४५९ जनाले आत्महत्या गरेको पाइएको छ । प्रस्तुत तथ्याङ्कले समग्रमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको र बालकको तुलनामा बालिकाहरूले बढी आत्महत्या गर्ने गरेको देखाएको छ । विश्वमा आत्महत्या कुल मृत्युको पन्ध्रौँ प्रमुख कारण, १५–१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण र महिलाहरूमा तेस्रो प्रमुख कारणको रूपमा रहेको छ । विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । १२ वैशाख २०७२ को महाभूकम्पपछि पनि आत्महत्या दर ४१ प्रतिशतले बढेको थियो। यसले नेपालमा आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवाहरूमा सुधार, जनचेतना अभियान र प्राकृतिक विपत्तिको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखाउँछ ।
कुनै व्यक्तिमा आत्महत्या गर्ने सोच आएको कसरी थाहा पाउने ? यो महत्वपूर्ण पक्ष हो । केहि संकेतहरूमा ख्याल गर्ने व्यक्तिले निराशा, उदासी र एक्लोपनको भावना अनुभव गर्न सक्छ । उनीहरूको मूडमा अचानक परिवर्तन वा चिडचिडापन पनि देखिन सक्छ । जीवनका सामान्य चिजहरूमा चासो घट्नु, जस्तै सामाजिक गतिविधिहरूमा भाग नलिनु वा प्रियजनहरूसँगको सम्बन्धमा दूरी राख्नु । आत्महत्याको विचारमा रहेका व्यक्तिहरूले आत्म–नाशक व्यवहारमा संलग्न हुन सक्छन्, जस्तै मादक पदार्थको अत्यधिक सेवन गर्नु, व्यक्तिले आत्महत्या गर्ने विचारहरू व्यक्त गर्न थाल्न सक्छन्, जस्तै म यहाँबाट जान चाहन्छु वा मैले यो जीवन सहन सक्दिन । व्यक्तिले साथीभाइ र परिवारबाट टाढा हुने प्रयास गर्न सक्छन्, जसले एक्लोपनको भावना बढाउँछ । अनिद्रा, थकान, वा शारीरिक स्वास्थ्यमा गिरावट जस्ता लक्षणहरू पनि देखिन सक्छन्। यदि यस्ता संकेतहरू देखिन्छन् भने, तत्काल मनोवैज्ञानिक परामर्श वा सहयोगको खोजी गर्नु अनिवार्य छ । ’ऋण तिर्न नसक्दा युवाले गरे आत्महत्या’,’दाइजोको कारण विहे भाँडिएपछि युवतीद्वारा आत्महत्या’, ’प्रेममा धोका पाएकी युवतीद्वारा आत्महत्या’, ’संसद भवन अगाडि प्रेम आचार्यले गरे आत्मदाह’ पछिल्ला केही वर्षयता पत्रिकाहरूको शिर्षक बनेर सतहमा आएका यी प्रतिनिधि घटना मात्रै हुन् । सतहमा देखिएको भन्दा कैयौं गुणा बिकराल समाजिक समस्याको रूप लिइसकेको छ आत्महत्याले । माथिका मुख्य शिर्षकहरूबाट सहजै अनुमान गर्न सकिन्छ कि आत्महत्याका पछाडि एक मात्र ठोस कारण छैन । आत्ममूल्य र आत्मसम्मानमा कमी अनुभूति, आफूलाई अपमानित वा असफल अनुभव गर्नु, डिप्रेशन, चिन्ता विकार, मानसिक स्वास्थ्य समस्याहरू, आर्थिक कठिनाइ, प्रेम सम्बन्धमा समस्या, परिवारिक विवाद,व्यस्त जीवनशैली, एक्लोपन, आदि कारण आत्महत्या हुन सक्छन। आत्महत्या समस्याको समाधान होइन; यसलाई रोक्न र मनोवैज्ञानिक सहयोगको माध्यमबाट उपचार गर्नु पर्छ। सही समयमै समर्पित समर्थन र चिकित्सकीय सहायता प्रदान गर्दा आत्महत्या रोक्न सकिन्छ ।
आत्महत्या रोक्नका लागि व्यक्ति, परिवार, समाज र राज्यको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। हरेक व्यक्तिले आत्ममूल्य र आशा बलियो राख्नको लागि मनोबल बनाइराख्नु महत्त्वपूर्ण छ। कुनै अप्ठ्यारो महसुस भएमा आवश्यक सहयोग खोज्नुपर्छ मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्न आवश्यक हुन्छ । तत्काल भौतिक रूपमा मानसिक स्वास्थ्य विशेषज्ञसँग भेट्न सम्भव नभएमा आत्महत्याको सोच भएका व्यक्तिहरूका लागि नेपालमा ११६६ नम्बरको हेल्पलाइन उपलब्ध गराइएको छ। यसमा निःशुल्क मनोपरामर्श सेवा प्रदान गरिन्छ । प्रायः व्यक्ति परिवारसंग अनुबन्धित रहने हुँदा परिवारका सदस्यले मानसिक स्वास्थ्यको समस्या बुझ्न र त्यसमा सहयोग पु¥याउनुपर्छ। सकारात्मक र सुरक्षित पारिवारिक वातावरण सिर्जना गर्नुपर्छ, जसले आत्महत्या र अन्य आत्म–नाशक व्यवहारलाई कम गर्न सहयोग पु¥याउँछ । आत्महत्या रोक्न समाज पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । समाजले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा जागरूकता फैलाउन र शिक्षा प्रदान गर्नु पर्छ। आत्महत्या गर्ने सोच भएका व्यक्तिहरूसँग खुला र संवेदनशील संवाद गर्नु महत्त्वपूर्ण छ। उनीहरूको भावनाहरूलाई सुनिदिनु र समर्थनको भावना प्रदान गर्नुले उनीहरूलाई राहत दिन सक्छ। मिडियाले पनि संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्ने । सामाजिक सञ्जालमा सही सूचना, संवेदनशील र जिम्मेवार भएर साझा गर्नु महत्त्वपूर्ण पक्ष हो । समाजमा रहेका स्वयंसेवी संगठन, हेल्पलाइन सेवाहरू र समर्थन समूहहरू स्थापना गरेर आत्महत्या रोक्न मद्दत गर्न सकिन्छ। परिवार र समाजले मानव जीवन महत्त्वपूर्ण छ भन्ने भावनाको विकास गर्दै आशा र विश्वासको सञ्चार गर्दै प्रेरणादायक उद्धरण र सन्देशहरू सम्बन्धित व्यक्ति सम्म पु¥याउनु पर्छ । यसले मानिसहरूमा सकारात्मक सोच र जीवनप्रति आशा जगाउन मद्दत पु¥याउँछ। मानसिक स्वास्थ्य सम्बन्धी नीतिहरू र कार्यक्रमहरू राज्यले लागू गर्नुपर्छ जसले आत्महत्या रोकथामलाई प्राथमिकता दिन्छ। साथै मानसिक स्वास्थ्य सेवा र परामर्शको पहुँच बढाउनु र यसको सहज उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ, उल्लेखित पक्षहरूको एकीकृत प्रयासले आत्महत्या रोक्न र मानसिक स्वास्थ्य सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
आत्महत्या रोकथाममा सबैको सहकार्य अत्यन्त आवश्यक छ । मानसिक स्वास्थ्य समस्याहरूलाई बुझ्न र स्वीकार्न सक्नु महत्त्वपूर्ण छ, र यसका लागि समाजको समर्थन र जागरूकता आवश्यक छ। मानसिक स्वास्थ्यको महत्वलाई जनसमूह माझ ल्याउन र यसको सम्बन्धमा सहानुभूति मात्रै होइन समानुभूति विकसित गर्न शिक्षात्मक पहल गर्नुपर्छ । स्वास्थ्य सेवा प्रणालीले मानसिक स्वास्थ्य सेवाहरूलाई सहज र पहुँचयोग्य बनाउन आवश्यक छ । यसमा काउन्सेलिङ, चिकित्सा उपचार र आपतकालीन सेवाहरूको समावेश हुनुपर्छ। साथै, पारिवारिक र सामाजिक संरचनाले मनोबल बढाउने, भावनात्मक समर्थन दिने र व्यक्तिको समस्यामा ध्यान दिने भूमिका निर्वाह गर्नुपर्छ। समाजमा आत्महत्या र मानसिक स्वास्थ्यका विषयमा खुल्ला वार्ता गर्न प्रोत्साहित गर्नाले, लाज र कलंकलाई हटाउनमा मद्दत पुग्नेछ। यसप्रकार, समग्रमा, एक समन्वित र सहकारी दृष्टिकोणले आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?