ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

जतनले जन्मिन्छ, लोभलाग्दो आइटी करियर !

२४ भाद्र २०८१, सोमबार
२४ भाद्र २०८१, सोमबार

हामी कल्पना गरौं नेपालले अहिलेसम्म हाइड्रो पावरमा कति लगानी भए होला, क्यालकुलेटरमा जेनतेन अट्ने आँकडा देखिने छ, अनि कृषिमा त्यहाँ पनि उस्तै आँकडा भेटिने छ, यस्तै पर्यटनमा भेटिने छ, अनि शिक्षामा गरेको लगानी ? हामी कल्पना गरौं माथि उल्लिखित सरकारको प्राथमिकता भन्दा थोरै लगानीमा त्योभन्दा राम्रो प्रतिफल दिने पनि केही क्षेत्र छ कि ? अवश्य पनि नेपाल प्राचिन कालदेखि नै ऋषिमुनीहरुले तपस्या गर्ने, ज्ञान उत्पादन गर्ने, योग उत्पादन गर्ने, थलो हो, यहाँको प्राकृतिक अवस्थिति हावा पानी सवै ज्ञान आर्जन र उत्पादन गर्न अनुकुल छन् । नेपालीहरु लडाइमा होस् या काममा विश्वमै ख्याती प्राप्त छौंै अर्थात मेहनती छौं, मात्र राम्रो वातावरण र उचित दिशानिर्देशको वा भनौं सरकारको लगावको खाँचो छ, विगतमा ऋषिमुनीहरु तपस्या गरेर सनातन संस्कृति, पौराणिक ज्ञान, योग, आयुर्वेद, जस्ता बौद्धिक तत्व विश्वमा निर्यात गरेजस्तै अहिलेको समयमा हामीसंग दक्ष जनशक्ति निर्माण गरी आइटी आउट सोर्सिङ गरेर वार्षिक खरवौं भित्र्याउन सक्दछौं, यो भनेको हाइड्रो पावरको लगानी, कृषिमा भएको लगानी, पर्यटनमा भएको लगानी भन्दा कम लगानीमै आउने आउटपुट हो, मानवीय विज्ञता वा भनौं आफ्नै नागरिकको टाउको भित्रको मगज चलाएर विना लगानी हिरा टिपेजस्तै, सरकारको तहबाट व्यावहारिक शिक्षा र स्नातक वा स्नातकोत्तर दिक्षित भएपछि नेपालमा अडिने वातावरण मात्र बनाइदिए पुग्ने विषय हुन्, नेपाल सरकारले हाइड्रोमा गर्ने लगानीको १० प्रतिशत मात्रै युवाहरुको ग्रुमिङमा लगाउन सके १०–१५ बर्षमै दीगो रुपमा वार्षिक खरवौंको आइटी रिलेटेड आउटसोर्सिंङ निर्यात गरी खरवौं जीडीपीमा योगदान प्राप्त हुनसक्छ अझैं यो अनुपात हरेक वर्ष १० प्रतिशत भन्दा माथिले बढ्दै जाने आंकलन छ । हामीले भारत लगायत विभिन्न देशका परियोजना उनीहरुको सफलताको रेटलाई मात्र हेर्दा पनि नेपालको न्यून ज्यालादर, नेपालीहरुको काममा लगाव, अनुकुल वातावरण, दुइ ठूला जनसंख्या र औद्योगिक मुलुकको बिचको अवस्थिति, नेपालीहरुको काममा अनुशासन, लगाव र दिमागी सवलता लगायतका इण्डिकेटरले नेपाल आइटी उद्योगमा अत्यन्तै ठूलो सम्भावना बोकेको देश हो भन्ने देखाउँछ, त्यसैले सरकारले त्यसै अनुरुप नीति बनाइ लागु गर्न सके यसबाट देशकै जीडीपी र व्यापार घाटामा केही वर्षमै उथलपुथल आउन सक्छ ।

हाल नेपालको जीडीपीको प्रमुख श्रोत कृषि हो, कृषि क्षेत्रले कुल जीडीपीको ३१.७ प्रतिशत ओगटेको छ, त्यसमा झण्डै कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागी छ, त्यस्तै विदेशबाट आउने रेमिट्यान्सको योगदान २३.२३ प्रतिशत छ, यसमा संलग्न जनसंख्या युवा उमेर समूहको छ, धेरैजसो श्रम बेच्न खाडी लगायतका मुलुकमा पसिना वगाइरहेका छन्, बाँकी सेवा क्षेत्र, व्यापार क्षेत्र इत्यादिको भूमिका छ, तर नेपालमा अहिलेको आइटी उद्योग र आइटी स्पेशमा खेल्न सक्ने जनशक्ति निर्माण भयो भने, कृषिमा आश्रित जनशक्ति र खाडीमा श्रम बेच्ने जनशक्तिको माइग्रेट भएर यो क्षेत्रमा आउँछ र त्यसले दिने प्रतिफल गुणात्मकरुपमा भरपर्दो र राम्रो हुन्छ, किनकी खाडीमा काम गरिरहेको जनशक्ति केही वर्षमा प्रौढ हुन्छ तर उसका वच्चाहरु युवा अवस्थामा प्रवेश गरिसकेका हुन्छन्, उनीहरु त्यही कमाइको भरमै पनि राम्रो शिक्षा लिन तल्लीन भए र आइटी शिक्षाबाट जीवनस्तरमा परिवर्तन सम्भव छ भन्ने बुझे भने वा जानी नजानी कृषिमा आश्रितहरुका सन्तानहरुमा पनि व्यावहारिक शिक्षाले जीवन उत्थान सम्भव छ भन्ने विश्वास दिलाउन सकियो भने, त्यो समूहबाट निकालेर प्रोडक्टिभ क्षेत्रमा ल्याउन सकिन्छ, त्यसको लागि ग्रास रुटबाटै सुधारको आवश्यकता छ । नीति निर्माणको तहमा सरकारको भूमिका त रहन्छ नै यो अवसरलाई सदुपयोग गरी विश्वस्तरको पहिचान देखाउन हामी आफैपनि धेरै गर्न सकिन्छ । यो लेखको आशय पनि विश्वस्तरमै प्रतिष्पर्धात्मक दक्ष आइटी जनशक्ति उत्पादन गर्न विभिन्न तहका शैक्षिक संस्थाहरु र त्यससंग प्रत्यक्ष जोडिएर आउने अवयवहरुको भूमिका के हुनसक्छ भनी आधारभूत रुपमा प्रस्तुत गर्नु हो ।

स्कुलको भूमिका

वच्चाले औपचारिक ज्ञान सिक्ने पहिलो खुट्कीला स्कुल हो, त्यहाँको सिकाई, त्यहाँबाट पाउने संस्कार र आनीवानी नै वच्चाको सुन्दर करियररुपी घरको भविष्यको हो, किनकी बच्चाले जाग्रीत भएको समयमा सवैभन्दा धेरै समय व्यतित गर्ने ठाउँ हो त्यो, त्यो ठाउं बच्चाको लागि मनमोहक बगैचा जस्तो हुनु पर्दछ, बच्चा निर्धक्क भै फुल्न, प्रस्फुटन हुन र फल्न पाउनुपर्दछ । विद्यालयको वातावरण र शिक्षकहरु उसका सहयोगीजस्तो हुनुपर्दछ लेखको उद्देश्य आइटीमा बच्चालाई कसरी दक्ष बनाउने भएकोले त्यसैअनुसारले लेख तैयार गरिएको छ ।

१ विद्यार्थीहरुलाई अभिभावकले भन्दा बढी स्कुलका शिक्षक शिक्षिकाहरुले चिन्ने गर्दछन् कुनै पनि बच्चाको दिमाग लजिकली राम्रो छ, गणितका समस्याहरु सजिलै समाधान गर्नसक्ने क्षमता राख्छ, विज्ञानका कुराहरुमा रुचि राख्छ, एडभेन्चरमा रुचि राख्छ भने उसलाई रटाइमा भन्दा उसको रुचि अनुसारको समस्या समाधान र अध्ययनमा लगाउनु पर्दछ, विस्तारै उसलाई गणित र प्रोग्रामिङको अन्तरसम्वन्ध बारे बुझाउनु पर्दछ, प्रोगामिङबाट के के मात्रै गर्न सकिन्छ भन्ने भोक पैदा गरिदिनु पर्दछ, शिक्षकले राम्रो डाक्टरको उदाहरणसंगै राम्रो इन्टरप्रेनरको पनि उदाहरण दिनु पर्दछ । स्टेथेस्कोप बोक्ने डाक्टर, फिता लिएर बाटो नाप्ने इन्जिनियरको भन्दा राम्रो र उत्पादनमूलक जीवन डेभलपर्सहरुको पनि हुन्छ भनेर सिकाउनु पर्दछ ।

२ कम्प्युटर ल्याव स्थापना गर्दा सामान्य ल्याव र प्रोग्रामिङ ल्याव अलग अलग स्थापना गर्नुपर्दछ, सो बाट विद्यार्थीले सानैबाट कम्प्युटरमा बिताउने समय अनुशासित भएर विताउन सिकोस्, स्क्रीनको अगाडि विताउने समय ज्यादा प्रोडक्टिभ बनाउन सकोस्, नेटवर्क गर्दा उच्च क्षमताको सर्भर खडागरी डोमेनवेश नेटवर्किङ गर्ने, प्रत्येक विद्यार्थीलाई उनीहरुको युजर दिने ता की उक्त युजर सो विद्यालयमा रहँदासम्म उसले गरेका एसाइनमेण्टहरु सुरक्षित रहुन् ।

३ कम्प्युटर विषयका शिक्षक नियुक्ती गर्दा उसले युनिभर्सिटीमा ल्याएको मार्क भन्दा पनि शिक्षासंगै उसले बिताएको समयको अध्ययन गर्ने, व्यावहारिक जीवनमा उसले के कति अनुभव हासिल ग¥यो, अतिरिक्त समय कति प्रोडक्टिभ बितायो भन्ने कुरालाई ध्यानमा राख्ने । सम्भव भए हप्तामा एकपटक नभए महिनामा एक पटक रियलटाइम प्रोजेक्टमा काम गरिरहेका कम्पनी एक्सपर्टहरुसंग विद्यार्थीको अन्तरकृया गराउने ।

कलेजहरुको भूमिका

नेपालमा रहेका अधिकांश आइटी कलेजहरु परम्परागत रुपमै चलेका छन् वा भनौं दशकौं पहिला शिक्षा र मानविकी पढाइ हुने क्याम्पस भन्दा सोचाइमा, संरचनागत रुपमा वा कुनै रुपमा पनि फरक पाउन सकिदैन वा भनौं आइटी कलेजहरु र भाषा पढाउने कलेजहरुमा फरक केही पनि देखिन्न, विद्यार्थीले महंगो शुल्क किन बुझाउँछन् र त्यो शुल्क कलेजले लिने के को लागि हो ? त्यसको सदुपयोग भएको छ की कलेजले नाफामात्रै आर्जन गरेको छ कुनै अनुगमन गर्ने निकाय पनि छैन विद्यार्थीले आफु ठगिएको क्याम्पस जीवन पार गरेपछि मात्र थाहा पाउने अवस्था छ ।

१ स्थायी शिक्षक नियुक्त गर्दा उ कति सृजनशिल र एक्टीभ छ भन्ने कुरामा ध्यान दिनु पर्दछ, प्रयाप्त भौतिक पूर्वाधार बनाउनु पर्दछ, डेमोन्सट्रेसन गर्नको लागि प्रयाप्त टुल्स र सामानहरुको व्यवस्था गर्नु पर्दछ, शिक्षकले दिने प्रिजेन्टेशनको लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सामग्रीहरु उपलव्ध गराउनु पर्दछ, जस्तो प्रिजेन्टेशनमा स्याउलाई काटेर टुक्रा गरेको फोटो प्रयोग गरेको भए, शिक्षकले आवश्यक ठाने भौतिक रुपमै स्याउ र काट्ने चक्कु पनि उपलव्ध हुनुपर्दछ कण्टेन्टले मागेका प्रप्सहरु शिक्षकले प्रयोग गर्न पाउनु पर्दछ, शिक्षक नृतज्ञना हैनन् सवैकुरा हाउभाउले बुझाउने ।

२ एक विद्यार्थी एक कम्प्युटर क्याम्पसले नै उपलव्ध गराउने, आवश्यक क्लाउड स्टोरेज विद्यार्थीलाई दिने जवकी विद्यार्थीले एसाइनमेण्टहरु लाइभमै सही तरिकाले गर्न, वुझाउन, करेक्सन गर्न र त्यसको आउटपुट थाहा पाउन सकुन् ।

३ कक्षा हाइपोथेटिकल तरिकाले दिने हैन, सिस्टममै इम्प्लीमेण्ट गरेर दिने हो, प्रयाप्त प्रयोगात्मक विधि अपनाउने, भलिवल यसरी खेलिन्छ भनेर थेसिस लेख्न हैन मैदानमै लगेर वल हान्न सिकाए जस्तो यसरी गरिन्छ भनेर देखाउने लाइभमै विद्यार्थीलाई गर्न लगाउने ।

४ विद्यार्थीलाई स्वअध्ययनशील वनाउन शिक्षकले क्वालिटी एसर्सको काम गर्ने वा शिक्षकलाई त्यसको कम ज्ञान भए रियलटाइम प्रोफेशनलको व्यवस्था मिलाउने ।

५ रियलटाइम एक्सपर्टहरुसंग टु वे कम्युनिकेशन गराउने, विद्यार्थीहरुलाई इन्टर्नसिपको व्यवस्था क्याम्पसले नै उपलव्ध गराउने ।

अभिभावकको भूमिका

बालवच्चाले सिक्ने संस्कार, रहनसहन लगायत यावत कुराहरुको पहिलो शिक्षक उसका अभिभावक नै हुन् । बच्चा वा बच्चा युवामा परिणत भइसक्दासम्म उसलाई कति मानसिक रुपमा सक्षम बनाउने कति सामाजिक मूल्य मान्यतामा निर्धक्क अडिग बनाउन सक्ने वा उसलाई कस्तो परिवेशमा रहन दिंदा भविष्य राम्रो बन्छ भन्ने कुरा अभिभावकले पनि ख्याल गर्नुपर्ने हुन्छ ।

१ बच्चासंग परम्परागत बाबु छोरा वा आमाछोराको भूमिकाबाट माथि उठ्नु पर्दछ, अभिभावकले सन्तानमा डिक्टेटरसिप थोपर्ने परम्परा छ त्यो तोड्नु पर्दछ, बच्चाको खुसीमा आफ्नो पनि खुसी देख्नु पर्दछ आफु बच्चाले के गर्दा खुसी भइन्छ त्यो मात्र उसले गरिदिए हुन्थ्यो भन्ने बानी हटाउनु पर्दछ ।

२ बच्चालाई सानातिना समस्याहरु आफै सुल्झाउन सक्ने गरी मानसिक रुपमा तैयार गर्नु पर्दछ, साना साना उल्झनहरुलाई अर्को बाटोबाट सुल्झाउन सकिन्छ भनेर सिकाउनु पर्दछ, कडा अनुशासन सिकाउनु पर्दछ, मेहनत नगरी केही प्राप्त हुँदैन भन्नेकुरा साना साना कामबाट सिकाउनु पर्दछ । समयलाई कसरी प्रोडक्टीभ बनाउने दिमाग कसरी शान्त राख्ने भनेर सिकाउनु पर्दछ ।

३ स्कुलमा ल्याउने जीपीए केही हैन वास्तविक जीपीए अनुशासनमा, समाजसंगको घुलमिलमा, आफ्नो समयको सदुपयोगमा र आफुले गरेको कामको मूल्यांकनमा हुन्छ भनेर सिकाउने । घरमा अभिभावक बिचमा भएका मतभेदहरु निश्चित उमेर समूहको नहुँदासम्म बच्चाका अगाडि प्रकट गर्नु हुँदैन ।

४ पौष्टिक र हाइजेनिक खानाप्रति आकर्षित गर्ने खाना जिव्रोको लागि हैन हाम्रो जीवनको लागि हो भनेर सानैबाट सिकाउने जंकफुडको प्रयोग बर्जीत गर्ने, पार्टी कल्चरबाट सकेसम्म टाढै राख्ने ।

५ घरमा शान्त वातावरण बनाउने, पढ्ने र स्वअध्ययन गर्ने आफ्नै प्रयोगहरु गर्ने वातावरण मिलाइदिने । सामानहरु प्रोपर अर्डरमा राख्न, प्रयोग गरेपछि पुनः सम्हाल्न सिकाउने, साथीभाइहरुको जमघट बनाइदिने विदाको दिन स्कुलका साथीभाई भेटाइदिने, ग्रुपमा काम डिभाइड गरी गर्न सिकाउने ।

६ हामी नेपाली अभिभावकको प्रमुख समस्या एउटा प्रोजेक्टमा सफलता हात लागेन भने उसको लाइफ नै सकियो जसरी व्यवहार गर्ने गरिन्छ तर आइटी यस्तो फिल्ड हो जहाँ एउटा प्रोजेक्टबाट अनुभव लिएर अर्को प्रोजेक्ट वा अर्को प्लानमा राम्रो रिजल्ट दिन सकिन्छ सामान्यतया स्नातक सकाइसकेपछि अभिभावकको यो वुझेन भने दुर्घटना हुन्छ वा विद्यार्थीको भविष्य कैयन वर्ष पछाडी धकेलिन्छ, त्यसैले परिवारले विशेषरुपमा सपोर्ट गर्नुपर्ने हुन्छ ।

विद्यार्थीले के गर्नु पर्दछ

अभिभावकले पैसा तिरेकै छ, शिक्षकले पढाएकै छन्, परीक्षा पास गरिएकै छ भनेर वस्नु हुँदैन, स्व अध्ययनशील हुने, नयाँ प्रयोगहरु गर्ने, प्लान बनाउने र टिमवर्क गरी साना तिना प्रोजक्टहरु गर्ने ।

व्यवस्थित इन्टरनेट खोजी गर्ने आइडियाहरु अर्काइभ गरी राख्ने, चाहिएको बखत खोलेर हेर्न सजिलो होस् । विभिन्न कलेजहरुका गतिविधिहरु र कोर्षहरुमा अपडेट भइरहने ।

विश्वस्तरका कोर्षहरुमा आफुलाई अपडेट गराइरहने, मार्केटको स्टडी, समाजको आवश्यकता, मान्छेहरुको रुची चाहना बुझ्नको लागि सामाजिक बन्ने, विभिन्न फोरमहरु बनेका हुन्छन् ती फोरमहरुमा आफ्नो सक्रिय सहभागिता बढाउने ।

योजना बनाउने, भनिन्छ, १०० योजना बनाएर २० वटामा काम गर्दा बल्ल एउटामा सफलता मिल्छ, असफलतामा हरेस नखाने अल्टरनेट प्लानहरु राखिरहने ।

राज्यको भूमिका

कलेजहरुले उत्पादन गरिदिएका जनशक्तिलाई राज्यले अहिलेसम्म लोकसेवाका कोरा प्रश्नउत्तरबाट कारिन्दा छनौट गर्नेमात्र काम गरिरहेको छ, युवा पलायन हुनुमा रोजगारी र सरकारको परम्परागत पोलिसीहरु जिम्मेवार छन्, सरकारले पहिलो त शिक्षा सुधारमै विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ भने अर्को दिक्षित भैसकेका जनशक्तिलाई नेपालमै बस्ने वातावरण बनाउन नव प्रवर्तनमैत्री पोलिसी बनाउनु वर्तमानको आवश्यकता हो, यसको लागि विज्ञहरुको टिम बनाइ अधिकतम युवाहरुलाई समावेश गरी अन्तरकृयात्मक विधिबाट राय सल्लाह लिदै सफल राष्ट्रहरुका अनुभवबाट सिकेर पोलिसी बनाउनु पर्ने देखिन्छ ।

कम्तीमा आइटीमा स्नातक गरिसकेकाहरुलाई टार्गेट गरेर विभिन्न संरक्षण प्याकेजहरु जस्तो नव प्रवर्तनमा लाग्न र त्यसलाई सञ्चालन गर्नको लागि अहिलेको जस्तो गञ्जागोल हैन स्पष्ट परिभाषित र सजिलो प्रणाली बनाइदिनु पर्दछ, भुक्तानी समस्यालाई सुल्झाउनु पर्दछ, युवापुस्तालाई अहिलेको विश्वस्तरमा आफ्नो उमेरसमूहसंगका मानिससंग प्रतिष्पर्धात्मक बन्नको लागि चाहिने त्यही अनुपातको शिक्षा, प्रशिक्षण, सेमिनार गोष्ठीमा सहभागिता जनाउनुपर्ने हुन्छ, नेपालको बैंकिङ प्रणाली धेरै नै परम्परागत भयो भन्ने युवाहरुको गुनासोको सुनुवाई गर्नु पर्दछ, सरल बैंकिङ प्रणाली अहिलेको समयमा विद्यार्थीहरुमाझ आर्थिक लेनदेनसंग भन्दा पनि सिकाईको प्रणालीसंग जोडिएको हुन्छ भन्ने बुझ्नु पर्दछ, युवाहरुलाई उपयुक्त पाठ्यक्रम अनुसारका कक्षाहरु बाहिरबाट किनेर पढ्ने, नयाँ अपडेट भएका टेक्नोलोजीहरुको अध्ययन तत्काल अनलाईनबाट गर्ने वा त्यस्ता कार्यक्रमहरुमा भागलिनको लागि लाग्ने खर्च अनलाइनबाट बुझाउने, विभिन्न रिसर्चहरुमा सहभागिता जनाउनेहरुबाट अहिलेको प्रणालीले सिधै बञ्चीत गरिरहेको छ, विश्वस्तरको आधारभूत शिक्षा लिनबाटै बञ्चित गराएपछि नेपालका कलेजबाट लिएको शिक्षा लोकसेवाको लागि मात्रै प्रयाप्त छ, त्यसैले हामी जनशक्ति कस्तो उत्पादन गरिरहेका छौं मात्र हैन कतै भविष्य हाँक्ने पुस्तालाई जेलमै थुनेका त छैनौं आफै अनुमान गर्न सक्छौं, त्यसैले, भुक्तानी र असुली प्रणाली सजिलो बनाइदिनुपर्दछ, विद्यार्थी, सर्वसाधारण र व्यवसाय गर्नेलाई डलरको सिलिङ एउटै बनाउनु हँुदैन ।

ट्याक्सको पुनरावलोकन गर्नु पर्दछ, नेपालमा कानुनतः मिटरव्याज लिन पाइँदैन तर सरकारले राजश्व बुझाउन १–२ महिना ढिला भयो भने मिटरव्याज भन्दा बढीमा व्याज र हर्जना लिने गरेको छ, त्यसले गर्दा नव प्रवर्तकहरुलाई विजनेश बुझ्नै १–२ वर्ष लाग्छ त्यसैमा भ्याट, ट्याक्सको चक्करमा पर्यो भने घर खेत वेचेर सरकारलाई बुझाउनुपर्ने र समग्र व्यावसायिक गतिविधिबाटै पलायन हुनुपर्ने अवस्था आउंछ, किनकी डेभलपमेण्टको फिल्ड यस्तो फिल्ड हो जहाँ खरिद हँुदैन, वौद्धिक काममा लिएका कन्ट्रयाक्टहहरुमा जारी गरेका बिलको पेमेण्ट आउन बर्षौं लाग्न पनि सक्छ, त्यसले फाइदा धेरै देखिएर ट्याक्स बढी बुझाउनुपर्ने र पेमेण्टको ढिलाइले लेखामा अद्यावधिक गर्ने मात्र समस्या आउने नभै सरकारी व्याज र हर्जनाले थिचेर समग्र व्यवसायको चेन नै भत्किने हुन्छ । नेपालमा कम्पनी दर्ता गरेर काम गरेका ८० प्रतिशत जनशक्ति देश छाडेर हिड्नुको प्रमुख कारण मध्ये यो पनि एक हो ।

विश्वस्तरमा परिचय बनाएका जायण्ट कम्पनीहरुलाई नेपालमा दर्ता गर्ने व्यवस्था र नियमन गर्ने कानुनहरु बनाउदा वा पुनरावलोकन गर्दा उनीहरुलाई सामाजिकरुपमा सहभागी वनाउने व्यवस्था गर्नुपर्दछ नेपाली दक्ष कामदारहरुलाई उनीहरुको कम्पनीमा हायर गर्ने, ज्ञान आदनप्रदानको लागि विभिन्न शैक्षिक संस्थाहरुसंग टाइअप गरेर काम गर्नुपर्ने जस्ता रचनात्मक कामहरुमा उनीहरुलाई इंगेज गराउनु पर्दछ ।

सरकारले समग्र आइटीलाई जस्तो डिभाइसहरु खरिद विक्री गर्ने, सफ्टवेयर नै खरिद विक्री गर्ने, डेभलपमेण्ट गरी वजारमा लैजाने, आउटसोर्सिङ गर्ने, कन्सल्टेण्टको काम गर्ने सवैलाई एउटै डालोमा हालेर व्यवहार गरेको पाइन्छ, यो गर्नु हुँदैन, सृजनात्मक कामगर्ने वा वौद्धिक काम गर्ने जस्तो नयाँ उत्पादन गर्ने वा आउटसोर्सिङ गर्ने डेभलपर्सहरु, डिजाइनर्सहरु, कन्सल्टेण्टहरुको क्याट्गोरी छुट्टाएर ट्याक्स पोलिसी, कानुनी अवधारणा नै बनाउनु पर्दछ, जसले उनीहरुको काम र पेशालाइ स्पष्ट परिभाषित गरोस् सरकारले जारी गरेका सव्सिडीहरु सही ठाउंमा परोस ता की लक्षित वर्गलाई प्रवर्तन गर्न सजिलो होस् ।

यसरी एउटा व्यक्ति सक्षम बन्न राज्यको, अभिभावकको, स्कुल कलेजहरुको संयुक्त मेहनत र प्रयासले मात्र सम्भव हुन्छ, मार्क जुकवर्ग आफै बनेका हैनन्, विल गेट्स र स्टीभजव्सहरु पनि निश्चित वातावरणको प्रभावले नै त्यहाँसम्म पुगेका हुन्, आइटी स्नातक गर्दैमा र गराउँदैमा कोही एलन मस्क बन्दैनन, ज्याकमा बन्दैनन त्यसको लागि उचित वातावरण दिने, त्यस अनुसारको वातावरण प्रदान गर्ने मानसिक रुपमा वलियो बनाउन सवैको उत्तिकै महत्व हुन्छ अझ स्वयं विद्यार्थीको लक्ष्य स्पष्ट हुनु अनिवार्य हुन्छ, यसरी बलियो अनुशासन, बलिया संरचना र बलियो साथ सहयोगबाट मात्रै योग्य नागरिक उत्पादन गर्न सकिन्छ, त्यसरी उत्पादन भएका नागरिकहरुले देशको आर्थिक ढुकुटी, बौद्धिक ढुकुटी, नेपाली नागरिकताको स्तर, नेपाली पासपोर्टको स्तर, नेपालीहरुको इज्जतको मापनमा नै उलटफेर हुन धेरै समय लाग्दैन त्यसको लागि राज्यका नीति नियमहरु सरल र कोमल भए भने यही ठाउंमै उन्नत हिरा फलाउन सकिन्छ नभए रुखो माटोमा जतिसुकै उन्नत बिउ रोपे पनि फल लाग्दैन अस्तुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?