ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

तीज पर्वः मौलिकता जोगाउन ढिलाई नगरौं

२० भाद्र २०८१, बिहीबार
२० भाद्र २०८१, बिहीबार

सदाको बर्ष झै यो वर्ष पनि हिन्दु नेपाली नारीहरूको महान चाड हरितालिका तीज घरघरमै आएको छ । यस पर्वलाई मध्यनजर गर्दै गायक तथा सर्जकहरूले एक महिना पहिलेदेखि नै तीजसँग सम्बन्धित थुप्रै गीतहरू बजारमा ल्याएका छन् । सामान्यतया, लोकगीत र तीज गीत फरक कुरा हुन् । किनभने लोकगीत भनेको मेलापात गर्दा, गाईबस्तु चराउँदा र घाँस दाउरा काट्दा लोक लयमा गाउने मौलिक गीत हुन् भने तीज गीत नितान्त फरक कुरा हो । तीज गीत भनेको छोरी चेलीले कर्म घर अर्थात बिबाह भएर गएको घरमा आफूले भोग्नुपरेको कुण्ठा, चिन्ता, पीर र वेदनाहरूको गीति कथा हो । एउटा चेलीले श्रीमानवाट भोग्नुपरेका पिडा, सासुको कचकच, ससुराको अपमान, देवर तथा जेठाजुले गर्ने व्यवहार र नन्द अमाजुले गर्ने डाह तथा रिसहरूको कथावस्तुलाई मिलाएर गीतको माध्यमवाट अभिव्यक्त गर्ने कलालाई नै तीज गीत भनिन्छ । हिजोआज बजारमा तीज गीतको नाममा विकृति फैलिएको छ । कस्ता गीतहरू तीजगीत हुन् ? र, कस्ता गीतहरू तीज पर्वमा गाउनुपर्छ भन्ने कुराको सामान्य ज्ञान र जानकारी समेत नहुँदा तीज गीतको वास्तविक मौलिकता हराउदै गएको छ । यो निकै दुःखद् पक्ष हो । पहिले पहिले रेडियो नेपालमा मात्र गीत संगीत रेकर्ड हुन्थ्यो । गीत गाउनको लागि स्वर परीक्षा अनिवार्य रूपमा पास गर्नुपर्दथ्यो । तर, अहिले त्यस्तो छैन् । नेपालमा धेरै रेकर्डिङ्ग स्टुडियोहरू छन् । गायक सर्जकहरूको संख्या पनि धेरै नै छ । कसले के गीत ? कहाँ ? के ? कसरी ? सार्वजजिक गर्छ भन्ने कुराको नियमन सम्बन्धित निकाय र सरोकारवाट बेलैमा नहुँदा त्यसको दुष्परिणाम देखापरेको हो । केही तीज विशेष गीतहरू सुन्न र हेर्न लाएक छैनन् । कस्ता टुक्का र शव्द चयन गरेपछि गीत हीट हुन्छ भन्नेमा मात्र ध्यान छ । कस्तो म्युजिक भिडियो बनाएपछि युटुबमा धेरै भ्युज जान्छ र आम दर्शकहरूले हेर्छन् भन्ने सोच मात्रै भयो । तीजको बास्तविक मौलिकताको कदर नगर्ने हो भने तीज गीत कुनै दिन लोप भएर जाने खतरा बढीरहेको छ ।

हिजोआज धेरैजसो मानिसहरू भन्ने गर्दछन् “बिष्णु माझीको तीज गीत बजारमा आएपछि बल्ल तीज आएजस्तो अनुभूति भयो ।” किनभने बिष्णु माझीले गाउने तीज गीतमा नारी चेलीका बेदनाहरू पोखिएका हुन्छन् । यस वर्ष केहि हप्ता पहिले मात्र सार्वजनिक भएको बिष्णुमाझीको स्वरमा रहेको नयाँ तीज गीत पुतलीको भट्ट्टी भाग–२० “आइन आमा यो तीजमा” ले यतिवेला बजार तताएको छ । गीत तथा भिडियो सार्वजनिक भएको २४ घण्टामा नै युटुबमा १५ लाख मानिसहरूले त्यो भिडियो हेरे । युटुवमा लाइक गर्ने, कमेन्ट गर्ने र आफनो फेसवुकमा सेयर गरेर प्रतिकृया दिने मानिसहरूको भीड लाखौं छ । हिडेर पौने घण्टा नलाग्ने माइती देशमा बर्ष दिनको तीजमा पनि घर गृहस्थीको कारणले आमालाई भेट्न नपाउने चेलीले एकै झल्को देख्न मन छ, तिम्रो आँगन टेक्ने मन छ भन्दै गरेको बिलौना निकै कारुणिक र मर्मस्पर्सी छ । धन पैसा कमाउन र अध्धयन गर्नको लागि छिमेकी देश भारत हुँदै खाडी र समुन्द्र पारीको देशमा पुगेका चेलीहरूलाई पनि बर्ष दिनको चाड तीज पर्वमा घर आउने छुट्ट्टी नपाउँदा यो गीतले हजारौ चेलीको दिल रुवाएको छ । आजकल यो मौसम भनेकै तीज पर्वको हो । अहिले रेडियो, टि.भी. र मोबाइलहरूमा प्रायः मानिसहरू तीजका गीतहरू बजाउने र सुन्ने गर्दछन् । बिभिन्न स्थानमा स्थानीय सरकारले राती १०ः०० बजेपछि नाचगान गर्न रोक लगाएतापनि त्यसको बेवास्ता गर्दै गाँउघरमा नाचगान गरेको पाईन्छ । नयाँ नयाँ उमङ्ग र हर्सौल्लासका साथ हामी सबैको घर आँगनमा तीजपर्व प्रवेश भईसकेको छ । सामान्यता तीज हिन्दु नेपाली नारीहरूले मात्र मनाउने एउटा महत्वपूर्ण महान चाड भएकोले यसको आफ्नै किसिमको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइन्छ । अर्थात यो चाड भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको पुजा आराधना गरिनुको साथसाथै नाचगान र मनोरञ्जन समेत हुने गर्दछ । यो पर्व मूख्यरूपमा नेपालभर मनाईन्छ । आज विश्वव्यापीकरणले गर्दा छिमेकी देश भारत लगायत संसारभर छरिएर बसेका नेपाली दिदी बहिनीहरूले पनि आफू रहेको ठाउँहरूमा धुमधामसँग तीज पर्ब मनाएका तस्वीर तथा भिडियोहरू बिभिन्न सञ्चार माध्यमका मिडिया तथा अन्य सामाजिक संजालहरूमा आएको हुन्छन् ।

तीज कसरी सुरु भयो ? तिज किन मनाईन्छ ? तिजको धार्मिक तथा साँस्कृतिक महत्व के छ ? भन्ने कुरामा जिज्ञासा राख्नु यो स्वाभाविक प्रकृया मात्र हैन् । कुनै पनि चाडपर्वको पृष्ठभूमि बुझ्नु र आम नागरिकलाई यो बिषयमा बुझाउनु समयको माग र आबश्यकता भईसकेको छ । यो तीज पर्व मनाउनु पनि यस भित्र एउटा जीवन्त कथा छ । भगवान शिवकी अर्धाङ्खेनी हिमालय पुत्री पार्वती भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिईन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो, त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले छोरी चेलीलाई घरमा बोलाएर मीठा मीठा परिकारहरू बनाएर खुवाउने तथा मनका भावना एवम् दुःख सुःख साटासाट गरी एउटै ठाँउमा खाने बस्ने चलन छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुःख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो पोतेले शान्ति र आनन्द प्रदान गर्दछ भने रातो टिका सौभाग्यको प्रतिक हो । तीजमा प्रयोग हुने बिभिन्न गर–गहनाले महिलाहरूको पहिचान देखाएको छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको ठूलो तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको झण्डै १०० वर्ष पूरा भईसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एकदिन उनले शिवलिङ्गको स्थापना गरि पानी पनि नपिईकन निकै कठोर एवम् निराहार व्रत बसेको देख्दा शिवजी आफै प्रकट भई चिताएको कुरो पुगोस् भनी आशिर्वाद दिएपछि शिव पार्वतीको विवाह भएको हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । सामान्यता असार र श्रावण महिनामा खेतीपाती रोपिसकेपछि केही फुर्सदको समय निकालेर प्रायः नेपाली चेलीबेटीहरू जमघट भई मनाउने पर्वको नाम तिज हो । हुन तः तीज यही बेला र यही मितिदेखि सुरु भएको भन्ने ठ्याक्कै थाहा नभएपनि यो भारत वर्ष बिशेषगरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि मान्दै आएको कुरा प्राचिन इतिहासमा उल्लेख गरिएको छ ।

तीजमा महिलाहरू बिहानै उठेर नजिकैको नदी तथा खोलाहरूमा गई स्नान गरी निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहेको छ । बिबाह गरेका महिलाहरूले आफ्ना जीवनकोे आयु भन्दा पनि श्रीमानको लामो दिर्घायूको कामना गर्दछन् । श्रीमानको लामो दिर्घायु भएमा आफूलाई बिधुवा हुन नपर्ने र श्रीमान् सँग दुःख–सुःख गरेर बाँकी जीवन यापन गर्न सहज हुने धार्मिक मान्यता छ । त्यसैगरि विवाह नभएका महिला दिदी बहिनीहरूले तीजको दिन ब्रत बसेर सुयोग्य बर पाऊँ भनी प्राथना गर्दछन् । हिजो आज तिज नजिकिदै गर्दा मानिसहरूको गाउँ, टोल, बजार रशहरमा तिजको रौनक र चहलपहल बढ्दै गएको छ । केटाकेटीहरू नयाँ कपडा किन्ने, महिला दिदी बहिनीहरू नयाँ साडी, बुलाउज, लेङ्गा, र गर–गहनाहरू किन्ने काम भईरहेको छ । कपडा किन्ने र सिलाउने ठाँउमा घुईचो छ । सुनचाँदी गहना पसलमा अत्यधिक भिडभाड छ । सुन तोलाको डेढ लाख रूपैया भएपनि मानिसलाई कुनै प्रवाह छैन् । जेहोस् महिला दिदी बहिनीहरूमा सम्बन्ध सुधार गर्ने, यसलाई प्रगाढ गर्ने तथा सम्बन्धमा भएका मनमुटावहरूलाई प्रेममा बदल्ने पर्व हो तीज ।
तीजलाई हामीले परम्परागत मुल्य मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दे लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका नारीहरूले तीजलाई व्यवस्थित बनाउदै लानुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र ज्यादै असभ्य बनाउनु हुदैन् । कमसेकम दाजुभाई तथा दिदी बहिनीहरू सँग बसेर मनाउन सक्ने पर्वको रूपमा बिकास गर्नु पर्दछ ।

हुनतः समय अनुसार तीज फरक हुदै गएको छ । पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्वी नभएको हुँदा एकदिन भएपनि मीठो–मसिनो खान माइतीघर जानु पर्दथ्यो । माइती घरमा बा–आमाले पकाएको दर खाएर खुशी भई नाँचगान गर्ने प्रचलन थियो । तर, अहिले दर खाने नाममा धेरै बिकुति पनि भएको छ । तीजमा नाच्ने नाँच पुषमा नाचुला भनेर हुदैन् । तीज पर्वको मौलिकता के हो ? हरेक चेली र आम नागरिकले सकरात्मक पाटोवाट बुझ्न जरुरी छ । अचेल साहृै सस्ता र अपाच्य शब्द समाबेश गरेर गीत लेख्ने र तीज पर्वलाई विकृतितिर उन्मुख गराउने अभ्यास बढिरहेको छ । यस्ता छाडा गितहरूमा राज्यले नियमन गर्न जरुरी छ । कलाकार तथा रचनाकारहरूले युटुवमा भ्युजको लोभले सस्ता रत्यौली दर्शक–श्रोताका सामु फाल्नु अगाडि गम्भिर भएर सोच्न जरुरी छ । तीज पर्वमा बजाइने मादल, मनोरञ्जनको लागि खेलिने रोटे पिङ्ग, लठारे पिङ्ग र चर्के पिङ्ग संरक्षण कसले गर्ने हो ? बुफर र ठूला ठुला साउण्ड सिष्टम बजाएर तीज नाच्नु हाम्रो मौलिक संस्कृति होइन् । सबैले बेलैमा एकपटक सोच्न जरुरी छ । तीज पर्वको सामाजिक सन्देशलाई अहिलेको परिवेशमा महत्वपूर्ण बिषयको रूपमा हेरिएको छ । तिजको दर खाने दिन भनेर क्यालेण्डरमा उल्लेख गर्दागर्दै पनि एक महिना पहिलेदेखि दर खाने कार्यक्रम नेपाली समाजमा उर्लेर आएको छ । होटल, रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा दर खाने र तीज पर्व मनाउने हाम्रो संस्कृति होइन् । खराब र छाडा संस्कृतिमा बाढी आउन दिनु हुदैन् । दर भनेको के हो ? दर कहिले खानुपर्छ ? दरमा के पकाइन्छ भन्ने कुरा बिर्सनु हुदैन् । तपाई हामीलाई रातो टिका र जमरा लगाउन रहर लाग्यो भन्दैमा बैशाख १ गते नयाँ बर्षका दिन लाउन मिल्छ ? जमरा र रातो टिका लगाउन बर्षमा एक पटक आउने बडादशैं नै कुर्नुपर्छ ।

चैतमा देउसी भैलो खेलेर तिहारको महत्व हुदैन् । बिशेष तिथि र मितिमा चाडपर्वको आ–आफ्नै महत्व रहेको छ । वास्तवमा भन्ने हो भने तीजलाई राम्रो साँस्कृतिक पर्वको रूपमा विकास गर्नुपर्ने समय आएको छ । अरूको देखासिकी गरेर, ऋण धन गरेर चाडपर्व मनाउनु हुदैन् । गहना प्रदर्शन गर्ने, महंगा कपडाहरू प्रदर्शन गर्ने, दर खाने नाममा रक्सी तथा मदिरा सेवन गर्ने हो भने चाडपर्वको अस्तित्व रहन सक्दैन् । हाम्रो संस्कृतिलाई बचाई राख्नको लागि हामी सबै नर नारीहरू नै सचेत हुनुपर्दछ । गाउँघरमा तीजको दिन खेलिने चर्खे पिङ्ख, रोटे पिङ्ख र लठारे पिङ्खहरू बिस्तारै लोप हुँदै गएका छन् । युवापुस्ताहरू यसको संरक्षणमा लाग्नुपर्दछ । व्यापक आधुनिकीकरणको नाममा पुराना तीज बिशेष मौलिक गीतहरू बिर्सन हुदैन् । संस्कृतिलाई अस्वाभाविक ढङ्गले अगाडी बढायौ. भने कालान्तरमा दुःख हुन्छ । नयाँ आउने पुस्ताले तीज संस्कृति लोप भयो भने हामीलाई धिक्कार्ने छन् । त्यसैले चाडपर्वलाई बिगार्ने, अपवित्र बनाउने भन्दा पनि राम्रो बनाउदै लानु पर्दछ । नारीहरूको महान चाड र नारी अस्तित्वसँग सम्बन्धित भएकोले पनि यस पर्वको मौलिकता भुल्नु हुदैन् । अन्त्यमा, नारीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?